डुंगा:(भाग एक )

भित्तामा झुण्डिरहेको घडिले साँझको पाँच बजाउदै थियो। आकाश धमिलिदै थियो। आशन्तोश मानिसहरु को मन जस्तै।
घरमा एक्लै थिए। कोठाको झ्यालबाट बहिरतिर चिहाए। स्वाभाबिक समय भन्दा छिट्टै साँझ परेको प्रतित भइरहेको थियो।
पानी पर्ने सम्भावना माथि बिचार गर्दै थिए म।
साँच्ची!!!काला बादल हरु जुध्न थाले अनी आकाश चिच्याउन थाल्यो। म सोच्दै थिए। काला बादल हरुको जुधाइ;देशमा बिद्धमान द्वन्द ;आकश को क्रन्दन,मनिषहरुको अन्तर्नाद।
उफ्फ!बिहान देखी कर्फिउ लागेको छ। यो निस्ससिदो एक्लोपन। म चित्त बुझाउन थाल्छु। समय नै यस्तै छ। हरेक मानिस हरु कैदी छन घरको चार दिवार भित्र। म जस्तै।

झरी पर्न थाल्यो,हुरी बतास शाहीत। भान्छा म गएर एक कप कफी बनाइ म पुन्: त्यही झ्याल नेर आए। झारिसङगै चिसो बतास बहिरहेको थियो।
सडक छेउका ढलहरुमा भेल बग्दै थियो।
एक हुल केटाकेटीहरु कागजको डुंगा बनाइ खेल्न थाले। झरीमा रुझ्दै उनिहरु ढलमा उर्लिरहेको भेलमा डुंगा बगाउदै थिए। पानीको बहावले बग्दैगरेको डुंगाको पछी पछी कुददै थिए ति झरिले रुझेका केटाकेटिहरु।
डुंगाले सन्तुलन नगुमाइ छल्हरु सँगै भिड्दै अघी बढ्दा सबै रमाउथे। डुंगा मालिक खुशीले मख्ख पर्दथ्यो। तर जब डुंगा सन्तुलन गुमाएर डुंगा डुब्दथ्यो,सबै निराश हुन्थे। डुंगा मालिक संसारै डुबे झै निराश हुन्थ्यो। आँखा भरी आसुँ लिएर अर्को डुंगा बनाउन नारायण बाजेको पटाहा तिर कुद्धथ्यो।
मेरा बाल्यकालका स्मृतिहरु मगजग्रन्थीमा सल्बलाउन थाले।
एस्तो लाग्दैथियो कि स्व्यम म त्यो कुलोमा कागजको डुंगा बगाउदै,त्यसको पछी कुददैछु।
अनी मेरी आमा झ्याल बाट गाली गर्दै हुनुहुन्छ फोहोर नखेल भनेर।मेरी बाल्सखा उषा मलाई डुंगा बनाइदिन आग्रह गर्थी। म उस्लाई घुर्कौउथे।
"मिठाइ दिन्छु नि !"ऊ मलाई मिठाइ को लोभ देखाएर प्रस्ताव राख्थी।
उस्को बाबाको किनारा पसलबाट एउटा पिपलगेडी चोर्नु उस्लाई शायद त्यती गार्हो नाहुदो हो।ऊ छुच्ची थी। एउटा भन्दा धेरै पिपल गेडी ऊस्ले कहिल्यै ल्याइन।म डुंगा बनाउन राजी भए पछी ऊस्ले आफुले लगाएको जामा को फेरो मा पिपल गेडी राखेर कुटुक्क टोक्थी। मलाई आधा दिन्थी अनी आफु आध खान्थी।
म पिपल गेडी चापेर डुंगा बनाउथे। पिपल गेडी भुलेर पनि चपाउन हुँदैनथियो ऊस्को आगाढी। धेरै बेर राख भन्थी।
अनी हामी त्यही कुलोमा डुंगा बगाइ खेल्थ्यौ।
झरी थामिएपछी नारायण बाजेको पटाहमा उ जामा निचोर्थी। जामा निचोर्दा उ देख्थी मिठाइ टोक्दा उस्का तिखा दातले काटिएको जामाको एक छेउ।
आमाले थाहापाउनेडर ले उ डराउथी। उस्का ठुला ठुला आँखाहरुको गाजल बगाउदै आशु झर्थ्यो गाला हुँदै चेपुको डिलसम्म।
उ रोएको देखेर मलाई पनि रुन मन लाग्दथ्यो। म अर्को पल्ट मिठाइ नलिएरै डुंगा बनाइदिने आश्वासनदिन्थे। उ आशु पुछेर मुस्कुराउथी।
उ रोएको देखेर मलाई पनि रुन मन लाग्दथ्यो। म अर्को पल्ट मिठाइ नलिएरै डुंगा बनाइदिने आश्वासनदिन्थे। उ आशु पुछेर मुस्कुराउथी।
घरमा आउँदा आमा कराउनु हुन्थ्यो । "लुतो आएर एक्लै सुत्नुपर्दा थाहापाउलास।"
एक्लै सुत्दा बुइगल बाट ढाडे बिरालो आएको घटना सम्झेर मेरा घुडा काम्दथे।
"मलाई मात्र किन गाली गर्णु हुन्छ होला ?"
"के तपाईं कहिल्यै डुंगा बणाइ खेल्नु भएन ?"
मेरो बिद्रोही मनले मौन प्रश्न गर्दथ्यो। तर मैले आमा लाई कहिल्यै सोधिन।
जस्ताले छाएका घरका छाना हरु कोल्हाल मच्याउदै चिच्याउदै थिए। आँखा फ्याकेर पानी बग्न मिल्ने बनाइएका बासका डुडहरु बाट,यामनको धाराहरु एकोहोरो खसिरहेका थिए। ति धारा मुनी बनस्पती घ्युका निला,पहेला ड्रमहरु भरिएर पानी बहिर बग्दै थियो।
पाली बाट झरेको बलेसी को बाच्छिटा ले रुझाउदा म फेरी अवतरित भएछु बर्तमानमा। कफी को चुस्की लिदै म झरी को संगीत सुन्न थाले।सम्बादहिनता आँफैमा एक कठोर सजाये हो। भित्ता हरु सँगको मौन प्रतिस्प्रधा। आँफैलाई पिरोल्ने सजिलो बहना।
मेरो मौनता स्मृतिको उश्णताले उम्लिरहेको छ। लावा जस्तै.
मेरी बाल सखा उषा मलाई याद अैरहेकिछे। बारम्बार उस्को बारेमा सोच्ने बनाउछे उ मलाई। किन सताउछे उ मलाई।दिन र बर्षहरु धेरै बिती सके।बालयकाल ले बिदा लिएको धेरै भईसक्यो।मलाई पत्रकारीताको अनी फोटोग्राफी को सौख थियो।
त्यसैले यही सौख लाई पेशा को रुप दिए।
यस्तै एकदिन उषा हराइ।
कहाँ गाई? केही थाहा भएन। आफन्त ,नाता ,कुटुम्ब,साथी हरु सबै सँग सोध्पुछ भयो तर उषाको खबर कही बाट आएन।
तरुनी केटी पोल गाई सम्म पनि भने कसैले। तर केही पत्ता लगेन कि उ कहाँ हराइ कहाँ?
२ दिन पछी उस्ले घर म फोन गरिछ।
"माओवादीमा लागिछ बाबु।अन्याय अत्याचार सहेर बस्नु भन्दा देश देशको लागि केही गर्नु पर्छ भन्दै..... "
बुढि आमा आँखाभरी आशु लिएर भनिन।
केही दिन पछी उस्ले मलाई फोन गरी। निकै खुशी लाग्यो मलाई।
मैले उस्लाई फर्की भनेर भन्न सकिन तर उस्को यो निर्णयले मलाई पनि निकै चोट लगेको थियो।
उषा भन्दै थि।
"मेरो पत्रकार साथी!मशी भन्दा रगत सस्तो भएको बेला तिमी के समाचार लेख्छौ?"
म सुन्दै थिए।
"आज तिमीले लेख्ने भनेको सत्ताले बनाएको साँचोमा ढालेर लेख्ने न हो,के आज तिम्रो लेखाइमा तिम्रो स्वमुल्याङ्कन,र शाही गलत को कसी स्वतन्त्र रूपमा आउन सक्छ। तिमी हुनु को स्वभिमान,आफ्नो अस्तित्वको बोध तिमी कस्री गर्न सक्छौ जब तिमी कसैको ईशारामा श्वास लिना वाध्य छौ। ??"के चेतनसील मानब हुनुको सार्थक्ता ,चार दिवार भित्र थुनिएर बस्नु हो? मलाई माफ गर्नु म मेरै आँखा अगाडी यो सब भाईरहेको देख्न सकिन। मैले मेरो आत्मालाई मनाउन सकिन देशप्रती हाम्रो केही अभिभारा छ। "
साच्चै म सँग जवाफ थिएन उस्का प्रश्न हरु को ।तर सबैले बन्दुक बोकेर पनि त भएन। यो मेरो निजी बिचार थियो।

छापामा मुठभेड ,भिडन्त ,वीरगती बाहेक केही हुँदैन आजभोलि।
उषाले भने जस्तै मसी भन्दा रगत सस्तो भएको जस्तो लाग्छ।पत्रीका पढ्दा लाशहरु को गन्ती गरेको लाग्छ। युध्दको क्रममा जो ढले पनि एउटा नेपाली शरीर ढल्ने न हो। आज समाचार बनाउने मुड छैन। पेशा देखी नै घिन लगेर अैरहेको छ।
बिस्तारै साँझ रातमा रुपन्तरित हुन थाल्यो। संकटकाल को एउटा डर्लाग्दो साँझ मेरो आँखा अघी धमिलिनथल्यो।
खाना खाने ,मन भएन। बिस्तर मा पल्तेर चुरोत सल्काए।
कतै पर गल्ली मा कुकुर हरु भुक्दै थिए।
छाउनीबाट सैनिक हरु फाइरिङ्ग गर्दै थिए। त्यो चाँही बिद्रोही तर्साउन होल शायद। उल्तो पनि हुन सक्छ।
जसो तसो रातकट्यो।
बिहान सबेरै उठेर तरोताजा भयेपछी म पेट पूजा गर्ने उपक्रममा लागे।हिजो खाना नखाएकोले पेत भित्र मुसा कुद्दै थिए।
आजकल tea table मा अखबार राखेको मन पराउदिन म किनकी अखबार आजकल मानब बधसालाको बहिखाता बनेको छ।
रगतको आहालमा चुलिएका लाशको थुप्रो, वरिपरी चुरा फोडी रहेका नारिहरु,भुइमा रोइरहेका शिशु हरु, छाती पिट्दै रोइरहेका आमा,बाबा हरु;
ओफ्फ!!
कफी को चुस्की सँगै म यो सब कसरी पढु? के अब हामीमा समबेदना भन्ने चिजनै बाँकी रहेन?
राश्ट्रिय दैनिकको प्रथम पृष्ठ को सानो कोठा भित्रको समाचारले मेरो माथिङगलमा भुइचालो ल्यायो।
उषा पक्राउ परिछ। समाचार अनुसार,आतंककरी दस्ताकी कमान्डर उषा पक्राउ, साथम हाते बम,राइफल, र दस्ताबेज बारामाद।
जामा को फेरोमा मिठाइटोकेर मलाई दिएर डुंगा मग्ने त्यो फुच्ची केटी आतंककारी दस्ताकी कमान्डर बनिछे।
मनमा अन्तर्द्वन्दको सुनामीले मेरो मानबिय मर्यादा ,मुल्य ,मन्याता ,अनी मेरो अन्तर्मनको धरतालमा झद्का दिन थालयो।
म थिलो थिलो भए।
के सही ?के गलत?यै प्रश्नहरु को मदानीमा नेरो दिमाग मोही बन्न थाल्यो। दिमाग को मोही।
अन्तत: म निस्कर्शमा पुगे।
उषा आतंककारी होइन,उ त जुनकिरी हो। अनन्त कालरात्रीमा पनि उज्यालो को पक्षमा आभा को मसाल उचाल्ने।

अर्कोदिन डराउदै पत्रीका हेर्न थाले,कोही आफ्न्त त समाचार मा छैनन भन्ने त्रास ले सताउथ्यो।
समाचार सन्छेप को कोलोमको एक समाचार ले मलाई स्तब्द बनायो। "हिरासत बाट फरार हुने प्रयाशमा मा आक्रमण गर्ने आतंककारी को जवाफी कार्वाहीमा मृत्यु। "
उस्को मृत्युको समाचार ले पुरै संसार अध्यरो भयो।बहिर झरी पारीरहेको धमिलो याद छ। म बिछिप्त बने। म रुन पनि सकिन। छातीभित्र आगो बलिरह्यो। दिमाग ले काम गर्न छोडेको जस्तो लाग्न थालयो। आफ्नो नजिकको कोही लाई गुमाउनु को पिडा आज महसुस गर्दै थिए म।
बल्लतल्ल सम्हलिएछु म।
त्यही अखबारको डुंगाबनाएर बहिर निस्के म। एस्तो लाग्दै थियो,उ पनि म सँगैझरी म रुझ्दैछे। रमाउदै छे। मैले कमेजको खल्ती बाट कलम झिकेर डुंगा मा राखे अनी बगाइदिये कुलोमा । अझै यस्तो लाग्दैथियो कि उ कुददै छे डुंगाको पछी पछी।।मलाई बोलाँउदै ..........
अस्तु!
19.09.2009
आबु धाबी

3 comments:

  1. लेख्ने सैली येग्दमै राम्रो लाग्यो येसरिनै अरु पनि यहाँ को लेख हरु पढ्न पाऊँ है त शिसिर

    ReplyDelete