क्यानभास .


दिन बिस्तारै ढल्दै थियो। घुम्टे डाँडाको सिरानी हालेर,दिन भारी को यात्राले थाकेको घाम सुउस्ताउने तर्खर गर्दै थियो।आफु अस्ताउनु  भन्दा पहीला उसले साँझको धमिलो प्रकाशमा सुन्तला रङ्ग मिसाइदियो। यस्तो लाग्दै थियो कुनै चित्रकारले रङ चोभेको तुलिका भरिएको काच को ग्लासमा चोबलेको होस्। बिभिन्न आक्रितिका काला सेत बादलहरु उक्त रंगमा रंगीन  थाले। रंगमा पोतिएका बादलहरुले सारा क्षितिजलाई बेहुली जस्तै स्रिङ्गरिदिये। कतै टाढा एकलाश ठाउँ बाट हेर्दा उक्त द्रिश्य कुनै कुशल चित्रकारले क्यान्वासमा उतारेको सुन्दर चित्र जस्तो लाग्थ्यो।
तर प्रकृति आफैमा एउटा सर्बोत्क्रिस्ट चित्रकार हो। उसको स्रिजनात्मक्ताको तुलनमा एउटा चित्रकर आउनै सक्दैन। किनकि चित्रकार स्व्यम प्रकृति को एक चित्र हो। मुर्त,चल्ने अनी बोल्ने चित्र।
सोही रङ्मा रङियेकी आफ्नी प्रियसी अन्नपुर्ण लाई अबिराम हेर्दै थियो धवलागिरी हिमाल। उसको हेराइले सर्माएर नजर झुकायेको जस्तो लाग्दथ्यो अन्नपुर्ण हिमालले। युगौ देखि चल्दै छ। यो प्रेम को शिलशिला। प्यासी छ मन तर आँखा हरु त्रिप्त। साँझ को झिस्मिसे अन्ध्यारोले उक्त द्रिश्यमाथी बिस्तारै धावा बोल्न थल्यो।

बादल का अनेकौ आक्रितीका मनै लोभ्याउने द्रिश्य देखाएर आमा हरु रोइरहेका आफ्ना शिशु लाई फकाउदै थिए। ती सारा आमाहरु अफ्ठ्यारोमा पारेर घाम अस्तायो। बच्चा हरु फेरी कोल्हाल मच्याउदै रुन थाले।

...............................................................................................................................


साँझको यो गोधुलीमा थकेका बटुवाहरुलाई चिया चमेना खुवाउदा खुवाउदा म थाकेर  थिलो थिलो बनेको  थिए। म दिनभरीको हिसाब किताब गर्दै थिए। सानो बच्चा को करुणामय रुवाइले मेरो एकाग्रता भङ्ग भयो। एउटी आईमाई मान्छे मेरो पसल को बाहिर आफ्नो नानी सँग शरण लिएर बसेकी रहिछ।
खास्टो ले वक्ष्यस्थल छोपेर उ आफ्नो शिसु लाई दुध खुवाउन थाली। कोल्हाल मच्याएर रोइरहेको शिसु बिस्तारै शान्त भयो।ग्रीस्म ऋतुको यो मध्य महिना भएकोले होला साँझ  भएपनि त्यती सितल बतास बहिरहेको थिएन। भनु गर्मी नै थियो।
कम्मरमा  बाधेको पटुकी खोलेर उस्ले हम्कन थालि। उस्को निधारमा पसिनाका थोपाहरु असारे महिनामा खेतका कान्लामा मुल रसाए झै रसाइरहेका थिए। ती थोपाहरु सुरुमा कनिकाका गेडा भन्दा ठुला लाग्दैनथीए एकर्का सँग मिसिएर बग्दै जाँदा चेपुको ढिकनिर आएर झर्ना झै हाम्फाल्थे। त्यो पसिनाको झरना उनको घाटी हुँदै दुई स्तनबिचको खोल्सो मा बिलिन हुन्थे ।
म उनको देह को भुगोलमा प्रकृतिका अनुपम छटा हरु देखिरहेको थिए। बर्षा याम, मुल रसाएका खेतका गरा,जङ्गल ,कन्दरा,छहरा,खोल्सा अनी हिलम्य खेत्मा छेउ कुना खन्दै गरेका बाउसे र छिल्लिदै जुहारी गाउदै गरेका रोपहार अनी खेतलाहरु।
उन्का ओठ हरु सुकेर कक्रक्क परेका थिए। उनको अनुहारमा आभा थिएन। सम्भार नगरिएको थोत्रो लाल्टिनको धैसिएको शिसा भित्र धिप धिप गरिरहेको अग्निशिखा जस्तो ,गोबरले छोपिएको पारसमणी जस्तो। उनको मुहारमा खुशी कतै भूमिगत थियो।
उमेरमा उ त्यती प्रौढ लाग्दिन तर यस्तो लाग्छ नियती का क्रुर बज्रहरु उस्को भग्यमा धेरैपल्त बज्रेको हुनु पर्छ। सौन्दर्य प्रति उस्को कुनै आसक्ती देखिदैन शायद उ आवस्यक नै ठान्दिन। उस्का फुटेका ओठहरुले उस्को अन्तिम मुस्कान को ईतिहास फलाक्छ। मुस्कुराउन छोडेको बर्सोउ भएको हुनुपर्छ उस्ले म किरिया खाना सक्छु।
उस्का हत्केलामा नजर पुर्याए,चुरा थिएनन। सिउदोमाहेरे सिन्दूर थिएन,गलामा हेरे तिलहरु,पोते,मङ्गलसुत्र केही थिएन। तर शिसु छ काखमा।
नसुल्झिने रहस्य बनेर रही उ मेरो मानस्पटलमा।
साँझ ढल्दै गयो अनी सितल बतास बहन थाल्यो।उस्को नकोरिएको लथालिङ्ग कपालको बिच्मा निसासिदै बतास पनि बाटो बिराउदो हो। म अड्कल काट्छु।
आनन्दबिभोर देखिन्थी उ। लट्ठीएका उस्का आँखा हरु निदको बोझ्ले भारी भएका हुँदा हुन अनी निदको भारी बिसाउन परेला हरु ले हार्दिक अनुरोध गरिरहेको अनुमान गर्दै थिए म।
ती आमा छोरा त्यही निदाए ।
.........................................................................................................................


जब तिनी  ब्युझीन साझ् झमक्क परिसकेको थियो। मैले चिया खाने
 भनेर सोधे उन्ले टाउको  तल माथि हल्लाएर हुन्छ भन्ने स्विकारोक्ति दीइन।कुडे मा हेरे दुध् कम्ति रहेछ। ज तिथियो त्यति पुरै  कित्लि मा हाले अनि  चिनि चियपत्ति र पानी थपेर  भुलुक्क उमलिदिये। गिलास् मा खनाउदा  चिया कालो चिया र दुध् चिया  छुट्टाउन मुस्किल पर्थ्यो।
जे  होस् उन्ले हर्दिक्तापुर्बक  चिया पिउन  थलिन्।
कहाँ सम्म जना हिड्नु भयो कौतुहुल्ता को कालो बादल् हटाउने अभिप्रायले मैले सोधे उन्लाइ।
तर उनि चिया पिउन  ब्यस्त थीइन्। उनको  शिसु  आमाको  केस तानेर  खेली  रहेको  थियो । चिया को सुर्पी को किर्किराउदो आवाज बाहेक केही सुन्निएन
म मौन रहे एक छिन्। उनि बेला बेलामा झस्की रहन्थीन र यता उती नजर कुदाइरहन्थीन र बेला बेला मा लगतार खोक्थीन। उनि खोक्दा उनको छातीकोदुखाइ मा महसुस गर्न सक्थे।
फेरि सोधे  "घर  कहाँ  नी  बैनी  को ?"
"मेरो घर छैन अनी यो संसारमा मेरो कोहि छैन दाजु।  म कहाँ  जाँदै छु   त्यो पनी मलाई थाहा छैन ।"
उनको भारी आवाज मेरो कानमा गुन्जियो। उन्का आँखा रसाइरहेक थीए।
खोक्न रोकिएपछी उन्ले भनिन
"के आज मा यहाँ बास बस्न सक्छु?" उन्ले आग्रहपुर्ण प्रश्न गरिन्।
चिन्दै नचिनेको आईमाई मान्छे लाई कसरी बास दिनु?म दुबिधा मा परे। आखिर म पनी एउटा बिबाहित मान्छे। भोली समाजले मलाइ प्रश्न गर्न सक्छ। मेरी श्रीमती अथवा घरमा कोहि अरु भएको भए यो समस्या को सिकार हुनु पर्ने थिएन। तर उनि हरु गाउ कै मुलघरमा भएकोले मलाइ अफ्ट्यारो पर्‍यो।
अन्तमा मैले उनलाई अबला सम्झेर बास दिने निधो गरे।.
उनले पहिल्यै  भनेकी थिइन्  मलाइ दिने  उनि  सँग  पैसा  को  नाममा  केही  छैन भनेर। त्यो सँग  मलाई  केही  आपत्ति  थिएन। एक  छाक  खान दिएर  र  एक  रात  को  बास  दिएर  मेरो  केही  नोक्सान  हुनेवाला   थिएन। अन्त  म  राजी  भए । पसल  बन्द  गरेर  मा  खाना  बनाउन  कस्सिए। उन्ले  तरकारी  काटिन।  हाम्रो बीच  त्यति   खास  केही  कुराकानी  भएन  किनकी  मलाइ  लाग्यो  उनि  आफ्नो  बारेमा  कुरगर्न  रुचाउदैनिन  मेरो बारेमा उनलाई केही जान्नु थिएन। जे होस् उनिप्रती  मेरो  धेरै  सहनुभुती  थियो।किनकि मलाइ लागिरहेको थियो उनि जो भेनी जे भएनी निकै जटिल समयबाट गुज्रिदै छिन  ।
राती  को  खाना  खाएपछी   उन्ले  भाडा  हरु  माझिन्।  बढी  भएको  खाना  प्लस्टिक मा  बाधेर झोलमा  कोचिन्। बढार  कुढार  गरिन्। अनी  मैले  उनिहरु  सुत्नको  लागि  ब्यबस्था   गरिदिए र  म  पशल  मै  सुते।
उनि  एक  तमासले  खोकी  रहेकी  थीइन उनि  खोक्दा  उनको शिसु रुन्थ्यो ।.
रात छिप्पिदै गयो।  म  कती खेर  निदएछु पत्तै भएन ।मध्य रातमा मैले ढोका खोलेको अस्पष्ट आवाज सुने। घरको  पछील्लो  ढोका  खोलेर  उनी रात्को निरबता को वास्ता नगरि  बहिर  निस्किन।
अली पर्तिर बाट एक  पल्ट  पछाडि  फर्केर  हेरिन  अनी  खर्सुङका  रुखहरु को  छाया  मा  बिलिन  भइन। म हतार  हतार  उठे  र  बहिर  निस्के।फेरी भित्र  पसेर  पैसा  र  समान  हरु भए  नभएको खबर गरे।  केही  चोरेर  भागेको   हो कि  भनेर शङ्का गरेको थिए मैले।  तर  मेरो  शङ्का  गलत साबित  भयो।  म  फेरी  बहिर  निस्के  र  उनी  गएको  दिशा  तिर  नजर  दौडाए।
उनी  हरएको  केही पल  पछी  एक  हुल  मान्छेहरु  मशाल  बलेर  मेरो  घरतिर  आउँदै  थिए।
म  आतिएर  घरभित्र  पसेर  ढोका  थुने  । म धेरै  डराएको   थिए  किनकी  ति  मान्छे  हरु चर्को  चर्को  आवाज  म  कराउदै  थिए।
एक  क्षण पनि  नबित्दै  मेरो  पसल  को  ढोका  जोड  जोड  ले  ढक्ढाकाइयो।   म  दोधारमा परे ढोका खोलु  कि  नखोलु।    मैले केही  बुझ्नै  सकी  रहेको  थिइन। "घरमा  को  छ  ढोका  खोल्नु  पर्‍यो ।"
एउटा  उत्तेजित  आवाज  को  प्रकम्पन  ।
"ढोका फोड्नु  पर्‍यो कि  के  हो?"अर्को  रिसले दाँत  किट्दै  बम्कियो।
"हल्ला नगर तिमीहरु,किन बौलाएको बज्याहरु?"
एउटा  भलदिमी मान्छे को आवाजले  मेरो  त्रसित  मुटु  को  स्पन्दन  मा  लगाम  लगायो।
मैले बिस्तारै  ढोका  खोले  निद्रा   बाट  भर्खर  ब्युझिएको  जस्तै  आँखा  मिचेर।
मसालको कालो धुवा मेरो नाक बाट पस्यो र छातीनै भारी भयो।
"भन्नुस्  के  खोज्नु  भयो  यो  राती? सबै ठीक त  छ? मैले उनिहरु  को  आसय  बुझ्न खोजे।
त्यो  भलादमी  जस्तो  लाग्ने  मान्छे  अरु  भन्दा  पाको  उमेर्को  थियो   र  उस्ले  हातमा  बास्को लट्ठी  थियो।
तपाईंले  एउटी  आईमाई  लाई  देख्नु  भो  ?उस्ले  बच्चा  बोकेकी  छ  अनी  सानो  झोल  पनि।
उस्ले   त्यही  आईमाई  को  बारेमा  सोधी  रहेको  थ्यो  जो  एक  क्षण  पहिला मेरो   घर  मा बास बसेकी थिइन।
मलाई  लाग्यो  यि   मान्छे हरु  त्यो  अबला  को  पछी  कुनै  हानी  गर्ने  नियत  ले   लागेका हुँदाहुन।
ट्एसैले  मैले  देखिन  भनी  दिए।
अनी  किन  खोज्नु  भएको यती राती ? केही  नराम्रो  पो भयो  कि?  मैले जान्न चाहे।
उनी  हरु  नबोली   सुरुसुरु  मुलबाटो  तिर  लम्के।
एउटा  मान्छे   चुरोट  किन्न भनेर  फर्कियो।  एक  बट्टा  बिजुली  चुरोट   लिएर  पैसा  मेरो  हात्मा  थमाउदै  त्यो  मान्छेले  भन्यो।
४  दिन  अघी  त्यो राक्षस्नीले    आफ्नो  लोग्ने  लाई  आगो  लगाएर  हत्या  गरि अनी भागी  छोरो  च्यापेर  । चुरोट  सल्काउदै  उस्ले  भन्यो  . धुवा  मतिर  फ्याकेर  उ आफ्नो  हुल  भेट्टाउन  कुद्यो ।
एकैक्षणमा  उनी  हरु  मेरो  नजर  बाट  बिलुप्त  भए।
मेरो मनको क्यान्भासमा एउटा चित्र घुमिरह्यो । अबोध बालक बोकेकी एक कमजोर  आईमाई,वरी पारी मसाल र उत्तेजित भिड,रक्तमुछेल लास अनी ठुलो प्रश्नचिन्ह।
अस्तु।

No comments:

Post a Comment