डुंगा .(भाग-२)

उषा को हत्या गरिएको १ महिना बिती सक्यो ।र मैले जागिर छोडेको पनि ।तर उषा लाइ गुमाउनु को पिडा ले प्रताडित मनको घाउ अझै भरिएको छैन ।उषा त गइ तर उसले मलाइ यस्तो प्रश्न तेर्साएर गएकी छे जसको जवाफ सबै संग त छ तर भन्ने हिम्मत गर्न सकिने समय छैन ।उसका शब्द शब्द मा वास्तविकता छ तर त्यो वास्तविकता आगो जस्तै छ,क्रुर छ अनि ज्यान लिने खालको छ । खै म के भानु उसलाई ....उसले जो जीवन गुमाई यो उसको त्याग हो या पागल पन?यति चै छर्लंग छ उसले जति प्रश्न हरु गरि तिनै प्रश्न को समाधान खोज्दा खोज्दै उस्ले जीवन गुमाई ।
म कलम उठाउने हिम्मत गर्न सकिरहेको छैन
मेरो पेशागत प्रतिबद्धता संग कुनै सम्झौता गर्न चाहन्न। घरकै किराना पसल म खुद्रा समान बेचेर पनि मा कति बसु ?म सबै चिज हरु देखि वाक्क बन्दै गइ रहेको थिए ।
आमा मेरो चाला हेरेर रिसाउनु हुन्थ्यो । अनि डराउनु पनि हुन्थ्यो कतै म पनि जंगल पस्ने त हैन भनेर
दिनहु सम्पादक विकल मलाइ काम मा बोलाउनछन् ।
म बहाना बनाउछु ।कहिले बिरामी छु भनेर त कहिले आफ्नै काम छ भनेर ।
आज भने म कार्यालय जाने मुड बनाइ रहेको थिए ।
सम्पादक को कोठा बाहिर एकछिन उभेपाची मैले ढक ढक गरे ....भित्र बाट आउनुस भन्ने आवाज सुनियो । “नमस्कार विकल सर !”मैले आफ्नो उपस्थिति र अभिवादन एकै पल्ट टक्राए ।



“ओहो आयुध जी !” सम्पादक विकल ले चस्मा उतार्दै उभिए र म संग हात मिलाउन आइपुगे ।
म फिस्स हासिदिए ।
“ल ठिक छ । सहि समयमा आउनु भो ।तपाईलाई फोन गर्ने बिचार गर्दै थिए । “
म कुर्ची मा बस्दै काम को बारेमा जिज्ञाशा राखे ।
“बिहुको अमरसिंह मा वि को बार्षिक उत्सब छ भोलि,रिम बहादुर खड्का ले उद्घाटन गर्ने रे ... रिपोर्टिंग को लागि तपाईलाई पठाउने बिचार गर्दै थिए म ।“
म सुनी रहेको थिए । रिम बहादुर खड्का जिल्लाकै सबै भन्दा चर्चित अनि शक्तिशाली नेतामा गनिन्थे ।उनको राष्ट्रिय राजनीतिसम्म बलियो पहुच थियो । माओबादीको पतन मा उनि आफ्नो जित देख्दथे जसकारण उनि माओबादीको निशाना मा धेरै पहिला देखि थिए ।
मैले बिकल को प्रस्तावलाई स्विकारे । बिकल ले मलाइ केहि मोबाइल नम्बर र अलि कति खर्च दिए । भोलि बिहानै म बिहु तिर लाग्ने योजना बनाउदै घर तिर लागे ।
राति राम्रो संग निद्रा परेन । किन किन मलाइ युद्धक्षेत्रमै गएर वास्तविक युद्ध को चित्र संसारलाई देखाउने बिचार पलाई रहेको थियो अनि यो बिचार बाट मा विमुख हुन सकिरहेको थिइन ।यो काम जति जटिल थियो त्यति नै खतरा पनि..युद्ध ग्रस्त क्षेत्रबाट रिपोर्टिंग गर्नका लागि कुनै पूर्वाधार थिएन,मैले संकलन गरेका समाचार प्रकाशन गर्ने हिम्मत पनि कुनै मिडियाको थिएन ।
र यसको बारेमा म कसैसंग सल्लाह पनि लिन सक्दिनथे । किनकि म कसैलाई बिस्वाश गर्न सक्ने अवस्थामा पनि थिइन,मेरो सोच र योजना को पोल खुल्ने हो भने म मारिन सक्थे ।
बिहान !घाम झुल्किन भन्दा पहिला ब्युझिसकेको थिए । एक जोर लुगा,डायरी कलम क्यामेराको ब्याट्री ,रिल लगयात सबै आवस्यक सामानहरु प्याकिंग गरेर म निस्किए ।
=======================================================================
देउराली चोक निर आइपुग्दा घाम झुल्किसकेको थियो । घामका कलिला किरण हरु संगे बजार मा दुध पुर्याउने स्कुले केटाकेटी हरु को बथान हरु पनि भेटिन थाले ।उनीहरुका पिठ्युमा किताब का झोला अनि हातमा दुध भरिएका अलुमुनियम का ठेकी हुन्थे । उनीहरुको महिना वारी दुध दिने ठेक्का हुन्थ्यो ..अनि दुध पातलो भयो भनेर सुनिने कच् कच् सुन्ने ठेक्का पनि ।
छहरा धारा नेर आइपुग्दा पधेरनी हरुको भिड र घाट हिडेका मलामी हरु भेटिए । लास बोकेर उनीहरु राम नाम जप्दै थिए । उनीहरु बाटो मा धान चामल र अबिर अनि ५ पैसाको को ढ्याक छर्दै जान्थे ।
गहते निर आइपुग्दा एउटा जीप भेटे जुन अक्षते तिरै जादै रहेछ । जुन मेरो पनि बाटो पर्दथ्यो ।
कोचाकोच मान्छे हरुको बिचमा म आफुलाई ठाउ बनाएर यात्रा तय गर्न थाले ।
कच्ची बाटोको १ घन्टे कष्टकर समय पश्चात मा अक्षते बजार आइपुगे ।
यो सानो बजार वरी परी का गाउ हरुको नुन तेल किन्ने सबैभन्दा नजिकको ठाउँ बनिसकेको थियो ।त्येसैले पनि मान्छे हरु को अलि जमघट नै हुदो रहेछ ।हुलका हुल खच्चड हरु यामनका घन्टी घाटी मा झुण्डाएर, माल बोकेर आउथे जान्थे ।मलाइ लागिरहेको थियो यो घन्टी खच्चडका I-pod हो । र यसैको धुनमा उ हिड्ने गर्छ खच्चडका सिरमा रंगिन सिउर पनि सज्जिएका हुन्थे र ति सबै बगाल पिच्छे फरक रंग का हुन्थे । खच्चड क हुल को पछाडी एउटा मान्छे सिटि बजाउदै कराउदै नियन्त्रण गरिरहेको हुन्थ्यो ।
बेला बेला मा आर्मी पुलिसका गस्तीहरू पनि आउथे अनि जान्थे । गस्ती आउदा सारा बजार सुनसान हुन्थ्यो । खच्चडका घन्टी बाहेक खासै केहि सुनिदैनथ्यो ।
=============================================================================
अछेते बजारमा हल्का चिया नास्ता गरे ।
चिया पसलकी साहुनी लाइ मैले भीमसेन मा वि पुग्ने सजिलो अनि छोटो बाटो सोधे ।
“उ त्यहि त हो नि स्कुल ..जता बाट गएनी हुन्छ !!!” हास्दै भनिन उनले ।
मैले धन्यबाद दिएर निस्के ।
बिहानी पखको अल्छि अनि पत्यार लाग्दो घाम,अनि उकालो बाटो एक्लै हिड्नु पर्दा दिक्क लागि रहेको थियो ।
म भन्दा केहि खुड्किला माथि एउटी किशोरी पनि यो उकालो संग भिड्दै थिइन ।आकाशे निलो कमेज र गाढा निलो जामा लगाकी अन्दाजी १८ /१९ बर्षकी हुदि हो उ ।
उसले छड्के झोला भिरेकी थी जो हातले बुनिएको थियो र त्यसमा ‘माया नमारे’ लेखिएको थियो
केहि खुड्किला बालाई गरेर चढेर उनलाई भेट्टाउन पुगे म ।
मैले कुरा गर्ने बहाना खोज्दै उनलाई सोधे ,”बैनी यो भीमसेन मा वि कति घण्टा मा पुगिएला??”
म तिर नफर्केरै उसले जवाफ फर्काइ ,”एक घण्टा ।“
“ऐ ऐ !! बैनी चै कहाँ सम्म पुग्ने नि “मैले फेरी सोधे ।
“किन चाइयो र जा पुग्ने भएनी ?”यसपाली उ अलि च्याठीइ ।
सायद यो उकालो अनि यो पट्यारलाग्दो घामले उसको पनि दिमाख तातेको हुदो हो ।
मैले अनुमान लगाए ।
“नरिसाउ बैनी यो उकालो मा कुरा गर्दा बाटो काटेको पत्तो हुदैन त्येही भएर मात्र सोधेको हो ।मेरो बिचारमा तिमि पनि स्कुल नै हिडेकी हौली हैन त ?”मैले फेरी कुरा अघि बढाउने कोशिस गरे ।
उसले हैन भनि ,
“के कामले हिड्नु भो र भीमसेन मा वि ?”यसपाली जिज्ञासा राखें पालो उसको थियो ।
“किन चाइयो र तिमीलाई चै ?”मैले उसकै पारामा जवाफ फर्काए ।
म तिर फर्केर उ खिस्स हासी ।म पनि स्कुल सम्मै जाने हो ।
मेरो पहिलो प्रश्न को जवाफ अहिले फर्काइ उसले सायद उसलाई उसको प्रश्न को जवाफ चाहिएको हुदो हो ।“म पत्रकार हु ,आज को कार्यक्रमको रिपोर्टिंग गर्न जान लागेको हु ।“
मैले यति भने पछि उ अलि कुरा गर्न थालि ।
“बैनी को नाम के नि ?”
कस्तुरी ।
अनि कस्तुरीको घर चै ???
धम्जा देउराली ।
कुरा हरु हुदै गयो बाटो काटिदै गयो ।
=============================================================================
मैले धम्जा देउराली मा मेरो साथिको घर भएको कुरा सुनाए जसलाई उ चिन्दि रहिछ ।
मैले उति बेलै योजना बनाए कार्यक्रम सकेर धम्जा तिर लाग्ने ।
कस्तुरीको घर धम्जा देउराली भएनी अछेते बजारमा सानो पसल रहेछ, आमा बा र भाइ अछेते मै बस्दा रहेछन अनि धम्जाको घरमा बाजे र बज्यै बस्दा रहेछन ।
बेला बेलामा खर्च पर्च बोकेर उ गाउ उक्लदी रहिछ ।
आज पनि यसै कामले उ स्कुल बाटै गाउ तिर उक्लने ताक मा रहिछ ।
भीमसेन मा वि मा कार्यक्रम सुर भयो ।
गाउले हरु जम्मा हुदै थिए ।
आर्मी पुलिस ले कार्यक्रम स्थल देखि वोरी परि का नाका देखि सबै ठाउमा मजबुत सुरक्ष्या घेरा बनाए ।
रिम बहादुर संग एकछिन कुरा कानी चल्यो ।
पत्रकार साथि हरुले आतंककारीको मनोबल बढाउने काम गर्नु भएन ।
उसको भनाइ यति थियो ।
उद्घाटन सत्र देखि सांस्कृतिक कार्यक्रम हरु भए ।
रिम बहादुर खड्काले भाषण गरे ।भाषण स्कुल को बार्षिक उत्सब र स्कुल को इतिहास र आफ्नो अनुभंव भन्दा माओबादीको खोइरो खन्ने काम मा सिमित थियो ।
अप्रिय घटना केहि घटेन ,कार्यक्रम सकियो रिपोर्टिंग को लागि बिशेस केहि थिएन तै पनि नोट गरे । फोटो खिचे ।र आफ्नो काम सक्काए ।
अर्को पत्रिकाको एक जना चिनेजानेको रिपोर्टर साथीलाई मैले कार्यक्रममै भेटेको थिए।उसलाई रिपोर्टिंग का नोट हरु लेखेको पाना एउटा खाम मा हालेर दिए र त्येही खाम भित्र मेमोरी कार्ड पनि राखी दिए जसमा कार्यक्रमका फोटा हरु थिए ।उसले मलाइ बिस्वास दिलायो कि यो खाम बिकल कै हातमा आजै पर्ने छ मेमोरी कार्ड दिए जसमा कार्यक्रमका फोटा हरु थिए ।र म ढुक्क भए ।
=============================================================================
कार्यक्रम सकिना साथ म कस्तुरि संग बाटो लागे, धम्जा तिर ।दिन बिस्तारै ढल्किदै थियो अनि घाम डुब्न थालेको थियो ।म र कस्तुरी धेरै कुरा हरु गर्दै थियौ ।
मैले रमेश को बारेमा सोधेको थिए ।उनीहरुको गाउ एउटै रहेछ र मैले उसको घरमा जाने सोच बनाएको थिए ।
रमेश मेरो घरमा डेरामा बसेको थियो २ बर्ष जति बाग्लुंग मा । त्यति बेला उ महेन्द्र बहुमुखी क्याम्पसमा आइ. ऐ दोश्रो बर्षमा अध्यनरत थियो ।हाम्रो सम्बन्ध घनिष्ठ नै थियो ।
कस्तुरीलाई मैले उषाको बारेमा पनि बताएको थिए।यसले गर्दा हामी बिच भावना को दुरी कम भैइरहेको थियो।एक घण्टा को उकालो बाटो पश्चात चौतारो मा बिसेक फेर्दै कुरा गर्दै थियौ,एक हुल झोला बोकेका केटा हरु माइकिंग गर्दै हिडी रहेका थिए ।उनीहरु फापरबारि मा जनसरकार घोसणा गर्ने कार्यक्रम को जानकारी गराउदै थिए ।
मैले कस्तुरीलाई सोधे ,”फापर बारी यहाँ बाट कति घण्टामा पुगीन्छ?”कस्तुरिले छोटो जवाफ दिई।
“३ घण्टा।“
मैले कस्तुरी संग बाटो को बारेमा सोधे ।भोलि मलाइ फापर बारी पुग्नु थियो।
मलाइ कस्तुरीले रमेश को घर देखाई दीइ ।म पुरानो साथि भेट्ने आशाले रमाएको थिए तर ढोका मा झुन्डिएको ताल्चाले मेरो आशा माथि कुठाराघात गर्यो ।
घरमा कोहि थिएन । अन्तत मैले कस्तुरिकै घरमा शरण लिन पर्ने भो ।त्यो प्रस्ताव उसले नै राखी र मलाइ अझ सजिलो भयो । हामी कस्तुरिकै घर तिर लाग्यौ ।
============================================================================
कस्तुरी को घर पुग्दा साँझ परि सकेको थियो ।झ्यौकिरी हरु एकोहोरो किर र र र र र र गर्दै थिए अनि घाम डुबी सकेको थियो ।
मकै बारी छिचोल्दै हामी कस्तुरी को आगनमा टेक्यौ ,हजुर बा ले रेडियो को आवाज कम गर्दै सोधे “हैन को हो
कस्तुरी का हजुर बा पिढी मा बसेर रेडियो सुन्दै थिए ,अनि हजुर आमा जुठेल्नो मा भाँडा माज्दै थिइन ।
त्यहा ?”सायद बाजे ले राम्री नदेख्दा रहेछन ।
घर पुगे पछि कस्तुरी को थकान कतै गायब भइ सकेको थियो ।
“बाजे म हुम का ।“कस्तुरी बाजे भएको ठाउमा पुगेर झोला बिसाई ।
मैले बाजे लाइ नमस्कार गरे ।
“अनि बाबु लाइ त मैले चिनीन नि “मेरो अनुहार मा टक लगाउदै उनले सोधे । कस्तुरीले मेरो परिचय दिई ।
“ह्वा आयुध सर ।“यति भनेर उ जुठेल्नो मा भन्दा माजना बज्यै लाइ सघाउन थालि ।
बज्यै ले भनिन ,”थाकेर आकी होलिस जा बाजे संग बस ।“
तर उ कहाँ मान्थी र बज्यै बरु उठेर भान्सा तिर छिरिन ।
मैले बज्यै लाइ पनि नमस्कार गरे ।मेरो अनुहार मा पुलुक्क हेरेर भित्र छिरिन ।
म बाजे संग कुरा गर्न थाले । उनि मेरो बारेमा जान्न उत्सुक हुनुहुन्थ्यो ।मैले मेरो बारेमा वहा को रुची अनुसार जानकारी गराए ।
बाजे निकै मजको मान्छे हुनुहुदो रहेछ ।
केहि समय पछि हामीले खाना खायौ ।अनि चुलो को वारी परि भएर आगो ताप्दै कुरा गरि रहेका थियौ ।
===========================================================================
ढक ढक .....
ढक ढक ....
कसिले बाहिर बाट ढोका ढक ढकाउदै थियो ।
“को हो हो ह ??”बाजे ले उचो आवाज मा सोधे ।
“बाजे म रमेश । “ बाहिर बाट आवाज आयो ।
“ए.... अ!! जा कान्छी ढोका खोलिदे ।“
कस्तुरी ले ढोका खोलि दिई ।
अन्दाजी २८ वर्ष को,मझौलो कद,गोरो बर्ण को त्यो युबक ले सबै लाइ नमस्कार टक्राउदै भित्र प्रबिस्ट भयो ।
म खुसि ले झन्डै उफ्रिए ।उ उही मेरो पुरानो साथि रमेश थियो र उ संग २ जना अरु पनि थिए ।
उसले पनि आत्मियता देखायो ।बाग्लुंग छाडेपछिको कहानी सुनायो उसले । धेरै घाम पानि सहेछ बिचरो ले।पढाई पनि राजनीतिकै कारण ले छोड्न परेको कुरा बतायो उसले,त्यति बेला अखिल क्रान्तिकारीको जिल्ला अधक्ष्य थियो उ ।एक पल्ट त जेल पनि परेछ ।जेल बाट निस्केपछि उ भूमिगत भएको रहेछ ।आमा पनि दिदि को घरमा बस्दि रहिछिन ।त्यसकारणले घरमा ताला लागेको कुरा बतायो उसले ।
केहि बेर कुरा कानी पश्चात बाजे बजे सुत्न गए ।
म,कस्तुरी र रमेश कुरा गर्न थाल्यौ ।
रमेश ले सुरु मा म माथि केर कार गरि रहेको थियो । उसले मलाइ कुनै सरकारी गुप्तचर भएको शक गरेको रहेछ ।तर कुरा गर्दै जादा त्यो निवारण भयो याधापी मा उसको निगाह्रानी भित्रै थिए ।
“मेरो स्वार्थ र उद्देश्य भनेको ,यो युद्ध को सहि चित्र दुनिया को बिच मा लैजानु हो ।त्यो भन्दा बढी मेरो केहि स्वार्थ छैन । यदि तपाइँ हरु लाइ लाग्छ कि तपाइँ हरु सहि गर्दै हुनुहुन्छ भने सहि कुरा दुनिया को बिच मा पुग्दा तपाइँ हरुलाई कुनै हानि नोक्सानी हुने देख्दिन म ।“
रमेश केहि बेर घोरिदै मलाइ भन्यो ,”तपाइँ लाइ थाहा छ तपाई अत्यन्तै समबेदनशिल समय को बिच बाट गुज्रिदै हुनुहुनछ,तपाई कुनै बेला मारिना सक्नु हुन्छ । के त्यसको कुनै फिकर छैन तपाईलाई ?”
उसका आखा हरु आगोको ज्वाला मा टिकी रहेका थिए ।
=============================================================================
मैले हास्दै जवाफ फर्काए ,”मृत्यु को अनिश्चितताको बारेमा मलाइ भन्दा तपाइँ लाइ राम्रो ज्ञान छ रमेश जी !मृत्यु अबस्यभावी हो ,झन हामी बाची रहेको समय त झन ......मैले कुरो अधुरै छाडे । यो अधुरो बाक्य हामी बाची रहे को समय को बिम्ब हो ।
रमेश लामो हासो हास्यो ...यो हासो मा व्यंग्य मिसिएको थियो ।
“भन्न सजिलो छ आयुध जी! तर जब मृत्यु आखा अगाडी नाच्न थाल्छ ...त्यति बेला मै हु भन्ने हरु को पाइन्ट भिज्ने गर्छ । जे होस् तपाइँ को बिचार र उद्देश्य पबित्र छ यसमा कुनै सक छैन तपाइले आवस्यक सहयोग पाउनुहुनेछ,तर एउटा सर्तमा ।“
उ मेरो आखा मा आखा मिलाएर टक्क रोकियो ।
मैले भने “भन्नुस कस्तो सर्त ??”
“तपाइले संकलन गरेको सामग्री हरु हाम्रो प्रकाशन बिभाग बाट मात्र प्रकाशित गरिनेछ,र आवस्यक परिमार्जन माथि तपाइको हस्तछेप स्वीकार्य हुने छैन ।“
आगो सज्दै अफ्नो सर्त सुनाएर उ मेरो जवाफ को प्रतिक्ष्या गर्दै थियो ।
“पहिलो सर्त मलाइ स्वीकार्य छ,तर दोश्रो सर्त मा म सहमत हुन सक्दिन रमेश जी ।“मैले मेरो निर्णय सुनाए ।
उसले कारण जान्न चाह्यो ।
मैले भने ।“सेन्सरसिप त सरकार ले नै लगाई रहेको छ नि ,निस्पक्ष्य सुचना को हकको त तपाइँ हरु निकै ठुलो ठुलो भाषण गर्नु हुन्छ फेरी यो परिमार्जन को कुरो फेरी किन नि ?”
मैले अझ थपे ,”के नेपाली जनताले हमेसा कसैको स्वार्थ अनुकुल परिमार्जित सुचना हरु मात्र सुन्न र बुझन पाउने हो ?खै यो देश मा कहिले कलम स्वतन्त्र हुने हो ?”
रमेश मुसु मुसु हासी रहेको थियो ।
===========================================================================
“युद्ध निकै क्रुर हुन्छ आयुध जी,रणनीति र कार्यनीति बिचका विरोधहरु धेरै हुन्छन ।तर यसको अर्थ यो हैन कि हामी स्वतन्त्र पत्रकारिता को बिरोध गर्छौ ,हामी पनि चाहनछौ कि यो न्याय पूर्ण युद्धको सहि अर्थ मा चित्रण होस् ,सहि स्वरूप र गुण अनि अन्तिम उद्देश्य को बारेमा दुनिया लाइ थाहा होस् ,तर त्यो अलि भइ रहेको छैन ।हामी लाइ बद्नाम गर्ने काम भइरहेको छ ।हामीले चाहेको बस थप बदनामी नहोस भन्ने हो,हाम्रो बारेमा गलत संदेश नजाओस भन्ने हो ।हाम्रो बलिदानी को गलत अर्थ नलागोस भन्ने हो ।यदि त्यो हुदैन भने हामी हामी लाइ कुनै आपत्ति हुने छैन ।“
रमेश को कुरो सुने पछि मैले बस यति भने,”मलाइ तपाइँ हरुको राम्रो कामको बारेमा लेखना थप मजा आउने छ,सन्तुस्टी मिल्ने छ तर तपाइले भने झैँ कार्यनैतिक त्रुटी कुनै excuse हुने छैन ।“
उ लामो हासो हास्यो,”तपाइँ को खबरदारी मलाइ मन पर्यो ।हामी यसलाई प्रेरणा को रुप मा लिन सक्छौ ।लक्ष्य मा पुग्नु महत्वपुर्ण कुरा हो ,कम क्षति र कम त्रुटी भन्ने कार्यनैतिक कुरा हुन् ।“
मैले मन मनै भने “कुकुर को पुच्छर १२ वर्ष...........”
उसले मलाइ पार्टी सदस्य बन्न आग्रह गर्यो ,उसको तर्क थियो यसो गर्दा मलाइ काम गर्न सजिलो हुनेछ ।तर मैले मानिन किनकि मलाई राजनीति हैन केवल पत्रकारिता गर्नु थियो,त्यो पनि निस्पक्ष्य अनि सफा ।
उसले मलाइ जोड गरेन ,”कुनै दिन तपाइले आफै पार्टी सदस्यताको निबेदन हाल्नु हुनेछ ,हामी त्यस समयको प्रतिक्ष्या गर्ने छौ ।“
मैले धन्यबाद भने ।अनि भोलि को योजना बनाएर हामी सुत्ने सुरसार गर्न थाल्यौ ।

कस्तुरीले हामीलाई सुत्न को लागि बन्दोबस्त गरिदिई र अफ्नो कोठा मा गई ।उनि हरुपालैपालो बाहिर जान्थे अनि घण्टा १.३० घण्टा मा आएर अर्को लाइ उठेर सुत्दथे ।
म निकै थाकेको रहेछु । कति बेला निदाए पत्तै पाइन ।





केहि समय पहिला गाउँ को सुन्यता ..........
उमेर ढल्केका दम ले ग्रस्त बुढा बुढी को जर्जर खोकी, कुकुर को भुकाइ बाहेक केहि सुनिदैन।भालेको पहिलो डाको संगै उनीहरु बुढा बुढीको गन गन सुरु हुन्छ।बुहारी हरु छिटै उठे तातो चियाको सुर्पी लिन पाइदो हो भन्ने उनीहरुको मनासय हुन्छ।सिरक को न्यानो घुरभित्रै बाट उनीहरु राम राम जपछन् ,हरि को नाम लिन्छन् भने कोहि रेडियो मा भजन बजाउछन।
अघिल्लो दिनको कामले थकित ज्यान लिएर निदाएका छोरि बुहारी निद को प्यारो आलिंगन बाट मुक्त भएर बिहानी को चिसो सिरेटो संग सिगौरी खेल्दै नयाँ दिन को सुरुवात गर्छन । रातले बिदा मागे पछि उज्यालो धर्ति सम्म आइपुग्न भन्दा पहिला गाउँका छोरि बुहारीहरु पधेरो मा जम्मा भइ सक्छन।
कस्तुरी पनि घाम झुल्किन भन्दा पहिला बिउझिसकेकी रहिछ ।गाग्री च्यापेर उ पधेरो तिर लाग्छे ।हुस्सु लागेको झिसमिसे बिहानीमा पधेरनी हरु गफमा मस्त हुदै पानी भर्दै छन् ,कोहि नुहाउदै छन्,कोहि पुजाका थालिहरु धुदै छन् ।गाउँको यो पधेरो महिला हरुको पूर्ण अधिकार क्षेत्र हो ।यहाँ उनीहरु कुनै पनि बिसयमा कुरा गर्न सक्छन,कसैको बारेमा पनि कुरा गर्न सक्छन ,चित्त नबुझेका कुरा ,मन दुखेका कुरा अनि हासो ठट्टा सबै चल्छ पधेरोमा।
कस्तुरी पानि बोकेर घर फर्किदा बाजे भैसी को लागि कुडो पकाउदै थिए ,अनि बज्यै पिढी बढार्दै थिइन ।
रमेश का साथि हरु आगन को एक कुनामा दाउरा चिर्दै थिए ।
कस्तुरीले हामी हामीलाई चिया पिलाई ।चिया पिएर बाजे बजे संग बिदा भएर हामी फापर बारी तिर लाग्यौ ।
बिदा हुनुभन्दा पहिला मैले कस्तुरी लाइ धन्यबाद भने उसले मलाइ शुभकामना दिई ।“अब चै हामीले साचो साँचो खबर सुन्न पाइयोस है!!!!’ बिदाइ को हात हल्लाउदै उसले कराएर भनि ।म हास्दै रमेश को पछि पछि लागे ।
==========================================================================
यात्रा रोमान्चक बन्दै गइ रहेको थियो अनि मलाइ केहि राहत अनि उर्जा मिलेको थियो । अब मलाइ यहि बाट कुनै यस्तो सम्पर्क बनाउनु थियो जसले मलाइ बाहिरि दुनिया संग जोड्न सकोस ,जुन काम त्यति सजिलो थिएन किनकि यहाँ म इन्टरनेट को प्रयोग एकदम कम र संजोगले मात्र गर्न सक्थे र टेलीफोन मोबाइल को प्रयोग पनि प्रभावकारी थिएन ।
त्येसैले अहिले मेरो अधिकतम प्रयाश भनेको सुचना संकलन गर्ने र तस्विर हरु उतार्ने थियो ।
मैले सोचेको थिए मेरो कुनै अन्तरास्ट्रिय स्तर को समाचार संस्था संग सम्बाद र सम्बन्ध स्थाफित नभएसम्म यी तस्विर र समाचार हरु म अफ्नो ब्लग बाट प्रकाशित गर्नेछु ।
माओबादी को प्रकाशन बिभाग को पहुच पनि मेरो लागि फाइदा नै थियो। माओबादी ले आफ्नै web site र क्षेत्रीय स्तर मा रेडियो र पत्रिकाहरु प्रकाशन गरि रहेका थिए । तर यी प्रशारण हरु अति सिमित क्षेत्र भित्र पर्दथे ।जसलाई सुन्न र पढ्न अति कम मान्छे हरुले पाउदथे।
एउटै देश भित्र २ ओटा साशन ब्यबस्था चली रहेका थिए,अनि आम जनता यसको मार मा थिए ।कसको समाचार साँचो र कसको झुटो भन्नेमा ठुलो भ्रम थियो । किनकि दुवै पक्ष्यका समाचार हरु आफ्नो स्तुतिगान अनि आफ्नै बिजय को राग अलापदथे ।
।फापर बारी पुग्नु भन्दा अगाडी नै माओबादी सेना को एक टुकुडी ले हामी लाइ रोकेर सोध पुछ गर्यो । हामी लाइ केरकार गर्ने केटा हरुमा २० नाघेका कोहि थिएनन ।सुरक्षा घेरा काटे पछि रमेश संग आएका २ जना अलगिए । हामी फापर बारी गाउँ को सिरान तिर लाग्यौ । गाउको प्रा.वि प्रांगणमा मान्छे हरु जम्मा भइ रहेका थिए,मंच बनाइएको जस्तो लाग्ने अग्रभागमा केहि बेंची हरु राखिएका थिए र दर्शक दिर्घातर्फ पनि बेंची हरु थिए ।
गाउ जन सरकार घोषणा गर्ने कार्यक्रम बिस्तारै सुरु हुन थाल्यो । केहि स्थानीय नेता अनि कार्यकर्ता को बिचमा मलाइ पनि पत्रकार को आसन मा बस्ने ब्यबस्था भएको थियो ।
चुनाबी प्रक्रिया बाट गा. ज. स प्रमुख छान्ने काम भयो । कलाकार हरु ले सांस्कृतिक कार्यक्रम देखाए ।ग.ज स प्रमुखले सपथ खाए क्रान्ति सम्पन्न नभएसम्म पार्टी देश जनताको लागि प्राण आहुति पनि गर्न पछी नपर्ने , जनता हरुले तालि बजाए ।
=============================================================================
म फोटो खिच्न र नोट हरु लेखन ब्यस्त थिए । त्यतिकैमा कतै टाढा हेलिकप्टर को अवाज धमिलो सुनियो । त्यो धमिलो आवाज बिस्तारै टड्कारो सुनियो ।अब चै हेलिकप्टर हाम्रो सिर माथि बाट फन्का लगाउदै थियो ।
मान्छे हरु भागा भाग गर्न थाले,जनसेना को टुकुडी हेलिकप्टर ताकेर फाइरिंग गर्न थाले । कार्यक्रम उद्घोषक कार्यक्रम लाइ निरन्तरता दिने हेतु ले जनता लाइ ढाडस दिदै थिए “तपाइँ हरु जना सेना को मजबुत सुरक्षा घेरा भित्र हुनुहुनछ कृपया आउनु होस् ,फर्किनु होस् “
तर जनता गण लाइ जीउ ज्यान भन्दा प्यारो जना सरकार कुनै हालतमा पनि थिएन ।जना सेना को सुरक्षा घेरा ले उनि हरु को बिस्वास जित्न सकेको थिएन ।
गा. ज. सका नीति कार्यक्रम हरु अर्को कार्यक्रम मा सम्बोधन गर्ने भनेर केहि नेता कार्यकर्ता र शुभचिन्तक बिचमा कार्यक्रम समापन गरियो ।
तर खतरा टरेको थिएन ।
फेरी हेलिकप्टर फर्कियो यसपाली हेलिकप्टर हवाई फायर गर्दै थियो ।बातावरण अत्यन्त तनाव ग्रस्त थियो । पार्टीका नेता र कार्यकर्ता हरु जंगल छिरे जनसेना को टुकुडी को सुरक्षा घेरासहित । हेलिकप्टर जनता हरु माथि गोलि बर्सौदै थियो अनि म जति सक्दो धेरै फोटो हरु उतार्दै थिए ।
कार्यक्रम स्थल मा २ जना ढली रहेका थिए ,एक जना जिबन रक्षा को लागि कराउदै थिए अर्को आकाश हेर्दै थियो अनवरत ..हेलिकप्टर बाट फेरी गोलि बर्षा भयो अनि त्यो घाइते मान्छे को चित्कार बन्द भयो । हेलिकप्टर त्येही बिद्यालय को प्रांगण मा अबतरण गरियो र त्यसबाट शाही सेना का जवान हरु फाइरिंग गर्दै निस्कन थाले । अब चै म पनि जिउ हत्केला मा राखेर जना सेना को हुल मा मिसिदै जंगल तिरै कुदे ।
बिस्तारै गोलि का कर्कश आवाज हरु मलिन हुन थाले,गाउ तिर बाट धुवा का मुस्ला हरु निस्कन थाले । साही सेना ले ३ ओटा घरमा आगजनी गरेको रहेछ ।
============================================================================
धुवा का मुस्ला हरु पनि अब हाम्रा नजर बाट हराए ।हामी जंगलको बाटो छिचोल्दै कहिँ जादै थियौ जो मलाइ पनि थाहा थिएन ।
रमेश र म संगै थियौ ।
उ अत्यन्त गम्भीर थियो,उसको नजर हरु लत्रिएका थिए ।मलाइ लाग्दै थियो उ फापरबारी घटना ले बिक्षिप्त छ ।
जनता ले नया सत्ता को उपहार पाए ,तातो गोलि ,बम को धमाका ,जलेको घर र घोर यातना।
भलै माओबादीले ले यी सबै कर्तुत गरेका थिएन तै पनि यसको कारण को पछाडी उनीहरु नै थिए, यसको दोष बाट माओबादी मुक्त थिएन ।
तर ठिक यसको उल्टो रमेश भन्दै थियो “हाम्रो जना सत्ता को बिजारोपण बलिदानी बाट भएको छ यहा ,फापरबारी हाम्रो प्यारो घर ..यसको धुरीमा सधै लाल झण्डा फहराउने छ,फापर बारी का सहिद हरु को बलिदानी खेर जाने छैन थोपा थोपा रगत को हिसाब बुझाउन पर्नेछ जल्लाद हरु .......।“
रमेश रिस र आवेग ले कुर्लियो ।
=============================================================================

साँझ को ८ बाजी सकेछ,मैले रेडियो खोले ,रेडियो नेपाल ले आज अपरान्ह २ बजे फापरबारी को भिडन्तमा २ जना आतंककारी को मृत्यु भएको कुरा फुक्यो। म धित मरुन्जेल हासे....उनीहरु सबै मलाइ पागल लाइ झैँ हेर्दै थिए।
अध्यारो ले बिस्तारै घाम लाइ निल्न थाल्यो अनि मधुरो सूर्यका किरण हरु बादल भित्र छोपिन थाले,साँझ संगै चिसो पनि अलि अलि बढी रहेको थियो ,अनि मा एक दम भोकाएको थिए ।
मैले झोला भित्र छामे,वाई वाई चाउचाउ र चिउरा रहेछ,प्लास्टिक झोलामा मिसाए ।ओरि परि हेरेको सबै जना मलाइ हेरिरहेका थिए वा भनौ चिउरा र चाउचाउ मिसाइएको प्लास्टिक मा हेरिरहेका थिए । मैले सबै जना लाइ चिउरा भोज को निम्तो गरे ।सबै ले बाँडी चुडी खायौ तर यो बस भोक जिस्कौना लाइ मात्र काफी थियो ।

रमेश ले मेरो बारेमा जिल्ला हेडक्वाटर मा पत्र पठाएको कुरो बतायो,मेरो बारेमा अन्तिम निर्णय पनि हेडक्वाटरले गर्ने कुरा बतायो,त्यतिन्जेल सम्म मा उनीहरुको निम्ति एक अघोषित बन्दि थिए ।जुन मैले पनि राम्रै बुजेको थिए किनकि म माथि उनीहरुले बिस्वास गर्ने त्यति भरपर्दो कुनै कारण थिएन।त्यसकारण पनि म मेरो पक्ष्यमा केहि सफाई दिन जरुरी ठानी रहेको थिइन।
रमेशले २ दिन मा जिल्ला हेडक्वाटर संग भेट हुने कुरा भन्यो।
यो २ दिन मेरो लागि निकै कस्टकर हुने कुरा को अनुमान लगाउदै थिए म। किनकि एकजना मेरो हरेक क्रियाकलाप माथि नजर लागाई रहेको थियो बिना अनुमति मलाइ कतै जान बन्देज थियो ।
रात को अन्दाजी १०.३० बजे हामी उनीहरुको सेल्टरमा पुग्यौ ।
=============================================================================

जंगल को पुछारमा ४ वटा गोठ छन्, गोठ को नजिकै सानो चौर छ । अनि चौर को छेउ बताई सानो कुलो खोलो बगी रहेको छ । अनि त्येही खोलोको छेउको चुलो मा खाना पाक्दैछ ।त्यसको लागि ४ जना जति खटी रहेका छन् ।त्यहा को माहोल निकै रमाइलो थियो। ति गोठ हरु मा म्याट बिछ्याएर मान्छे हरु पढी रहे का छन् भने कोहि रेडियो सुनी रहेका छन्। सबै का छेउ मा बन्दुक हरु छन् मैले सजिलै अनुमान लगाउन सक्थे यो कुनै जनसेना को पल्टन हुन पर्छ। मा आएको टोलिका सबै जना एकअर्का संग हात मिलाउदै अभि वादन गरि रहेका थिए । म पनि सबै जना संग हात मिलाउदै अगी बढे ।
हामीलाइ बस्न को लागि एउटा गोठ को माथ्लो कोठा तयार पारिएको थियो । म रमेश लगायत अरु २ जना कार्यकर्ता हरु त्यहि बिसायौ ।
मैले यहि आएर थाहा पाए रमेश त्यस पल्टनको कमान्डर रहेछ। र यो पल्टन लाइ ४८ नम्बर प्लाटुन भनिदो रहेछ ।यस प्लाटुन मा चार ओटा सेक्सन रहेछन र प्रत्यक सेक्सन मा १५ जना जना सेना हुदा रहेछन। यो सब को बारेमा मलाइ रमेस ले नै बताएको थियो । सबै सेक्सन मा कमान्डर र सहायक कमान्डर हुदा रहेछन ।
सन्या संरचना को बारेमा मैले यहि आएर थाहा पाएको थिए । मलाइ यी सबै जान्न जरुरि पनि थियो किनकि अब म युद्ध सम्बाददाता जो बनि रहेको थिए । र जान अनि बुझ्न अझ धेरै कुरा रा काम हरु थिए जो युद्धको क्रम मा अति जरुरि थिए । ति मध्ये आफुलाई कसरि खतरा हरुमा सुरक्षित हुने भन्ने कुरा सबै भन्दा महत्वपुर्ण थियो ।
=============================================================================
मैले दिन भरि का कुरा हरु डायरी मा उतार्न थाले । म आफ्नै तन्द्रा मा डुब्दै लेख्दै थिए । रमेश सैन्य बिज्ञान सम्बन्धि पुस्तक मा घोतली रहेको थियो । अरु २ जना रेडियोमा संगीत सुन्दै थिए ।
यतिकैमा खाना पाकेको खबर आयो अनि हामी मेष तिर लाग्यौ ।
सबै जना आफ्ना प्लेट र मग बोकेर लाइन मा उभिएका थिए । म संग चै केहि थिएन । मलाइ मेष मै उपलब्ध भयो ।
खाना मा रातो दाल ,भात आलु केरौ को तरकारी र तेल मा तरेको रतो खुर्सानी थियो ।
मेष का ४ जना निकै ब्यस्त थिए । उनि हरु सबै आ आफ्नो काम मा खति रहेका थिए ,
उनीहरु पलाई पालो दाल भात र तरकारी प्लेट मा हाली दिन्थे ।
भात गिलो थियो ,दाल मा नुन कम थियो तै पनि भोक लागेको त्यो समय मा त्यो कुनै चौरासी ब्यन्जन भन्दा कम थिएन तरकारी र खुर्सानी ले बल गर्दै मैले खाना टन्न खाए। खाना खाने बेला मा निकै रमाइलो भएको थियो सबै जना हास्दै कुरा गरि रहेका थिए । जंगल को त्यो पुछारमा ,त्यो सानो खोलाको बगरमा यस्तो लाग्दै थियो कुनै रात्री भोज चलिरहेकोछ ।
खाना खाएपछि हामी यथा स्थान मा फर्कियौ ।
टुकी बत्ति निभाइयो ।
मेरो युद्ध रिपोर्टिंग को पहिलो दिन । उषा हुदि हो त म यो दिन को कुरा उ संग कति गर्दो हु । म उषा लाइ सम्झी रहेको थिए । मलाइ लाग्दै थियो उ मलाइ हेरेर मुस्कुराउदै छे मैले चालेको कदम प्रति एक्यबद्धता प्रकट गर्दै छे ।

Comments