झ्याल को सिट

"साहुजी! एक बोतल पानी ,एक बट्टा सुर्य चुरोट अनि एक पाकेट चुइंगम दिनुस त !"
यसो भन्दा आयुधको  मुख बाट तातो बाफ निक्लिदै थियो  ।बाक्लो स्विटर अनि गलबन्दी ले मुख छोपेर बकुल्ला झैँ निदाई रहेका साहुजी ,ग्राहक को आवाज ले अल्छि गर्दै उठे  ।
भनेबमोजिम काम समान हरु पोलिथिन ब्याग मा हालेर उसको हातमा थमाइदिए ।
पैसा बुझाएर उ हतार हतार बसहरु छुट्ने ठाउँ तिर लाग्यो ।
साहुजी गलबन्दीले मुख छोपेर फेरी बकुल्ला ध्यानम तिरै लागे  ।
वरी परि हुस्सु लागेको थियो ,त्यसैले नजर साफ थिएन  ।हिउँद  महिनाको यो बिहानी अरु दिन भन्दा केहि फरक थिएन  ।सहर अझै निदाई रहेको थियो  ।
बसपार्कमा यात्रु हरुको भिड भाडलाइ यो चिसो मौसम ले खासै बितोलेको जस्तो लाग्दैनथ्यो  ।
"कहाँ जाने हो दाइ ? कहाँ जाने ? काठमाण्डौ जाने बस छुट्न लाग्यो ।आउनुस,आउनुस  ,अघिकै सिट मिलाइ दिन्छु अनि भाँडा मा पनि हेरी दिउला ।"बसका स्टाफ हरु अफ्नो बस का खालि सिट भर्ने होड मा थिए ।यात्री हरु टिकट हेर्दै बसको प्लेट नम्बर जाच गर्दै थिए कोहि चढ्दै थिए ,कोहि सामान हरु हुटमा चढाउदै थिए,कोहि डिकीमा कोच्दै  थिए ।
आयुध  पनि गोजी बाट  टिकट निकालेर गाडी नम्बर जांच गर्यो अनि बस को लहर मा त्यहि नम्बर प्लेटको बस खोज्न थाल्यो ।
"बा.१ ख   २०८५ !!"
मन मनै गाडी नम्बर पढेर उ गाडी भित्र प्रविस्ट भयो ।सिट नम्बर हेर्दै उ २ सिट का लहर बिच बाट 'A 'साइड तिर हेर्दै गयो  । "A ८ "सिट पनि हेर्यो अनि ढुक्क भएर उ बाहिर निस्कियो  ।
गाडी छुट्न अझै २० मिनट बाँकी नै थियो  ।
=======================================================================



यात्रु प्रतिक्ष्यालय को पेटी मा एउटी बुढी आइमाई चिया बेच्दै थिइन  ।मान्छे हरु वारी परि झुम्मिदै चिया पिउदै थिए  ।
उ पनि त्यतै लाग्यो अनि चिया को गिलास लिएर एक छेउ उभियो  ।
पहिलो चिया को सुर्पी संगै उसले केहि सम्झे जस्तै गर्यो  ।गोजी बाट सिगरेट को बट्टा निकाल्यो अनि सल्कायो  ।उ प्रत्यक चियाको सुर्पी पछि एक सर्को चुरोट तान्थ्यो अनि आखा चिम्म गरेर धुवा आकाश तिर फुक्थ्यो । शायद चिया को स्वाद मा खोट लगाउने कुनै ठाउँ नै थिएन खालि चिया को गिलास अनि पैसा बुझाएर उ पुनः बस तिर फर्कियो  ।
मान्छे हरु आ-आफ्ना सिट खोज्दै बस्दै थिए ,बिदा गर्न आएका हरु कोहि सिट सम्मै  आएर गफिदै थिए  ।कोहि बाहिरै बाट हात हल्लाउदै थिए ।
कन्डक्टर यात्रु हरुलाई सिट खोज्न सघाउदै थियो ।ड्राइवर बेलाबेला मा हरन बजाउदै थियो ।
उ बेला बेला मा उर्दी लगाउदथ्यो  ।
"बसौ बसौ! अब हिड्ने  बेला भो !"
========================================================================================================================
उ बस मा उक्लियो अनि अफ्नो सिट तिर लाग्यो ।
उसको सिट मा कोहि पहिले बसी रहेको थियो ।
उसको सिट ओगटेर बस्ने अन्दाजी २०/२२ बर्सकी युवती थिइन।
"यो सिट त मेरो हो नि बैनी"उसले आफ्नो सिट को हक दावी गर्यो  ।
"मलाइ थाहा छ ,यो सिट मेरो हैन ।"
यति भनि उ झ्याल तिरै फर्की र हाइ काढी ।
उस्को रिसको पारो चढ्यो ।
"थाहा भइ भइ पनि अर्का को ठाउँ ओगट्ने होत ?खै त्यो सिट खालि गर्नुस  !"उसले झोक्किदै भन्यो ।
केहि नभनी उ सरक्क सरि ।उ आफ्नो सिट मा युद्ध बिजेताको सानमा विराजमान भयो ।
यद्दपी उसको मनमा कुरा खेली रहेको थियो ।"मैले सिट देको भएपनि कनै जान्थ्यो र ?'
हैन हुदैन कति दुख गरेर काटेको झ्यालको सिट कहाँ त्यति सजिलै छोड्नु त ?"उसको दुइ थरि कुरा हरु जुझी रहेका थिए।
I-pod को एअर प्लग कान मा घुसारेर उ  बाहिर तिर को नजारा हेर्दै थियो ।कानमा मधुर गित बजिरहेको थियो ।
"सुन्नुस त !"
उसकी सहयात्री केटि ले उसलाई बोलाइ ।
कान बाट एअर फोन निकाल्यो अनि केटि तिर फर्कियो ।"भन्नुस "उसले भन्यो ।
"हेर्नुस मलाइ वामिट हुन्छ ,र मैले वामिट गर्दा तपाइको लुगामा लग्यो भने मलाइ नकाराउनु  होला मैले अहिल्यै भनि दिएकी छु !" शुभ यात्रा !!"
उसलाई केहि भन्ने मौकै  नदिई उ आखा चिम्म गरेर निदाउने कोसिस गरि ।उ छाँगो बाट खसेको जस्तै भयो ।
"हैन दवाई खानुस  न !"उसलाइ निकै उसकै पिर परेको झैँ गरेर भन्यो ।
दवाई खाए पनि हुदैन ।आँखा चिम्मै गरेर उसले भनि ।
"पोलिथिन ब्याग छैन भने मा ल्याई दिउ त ?"उसले फेरी भन्यो ।
"पर्दैन ..पोलिथिन ब्याग मा अट्दैन ,फेरी त्यो देखे  त झन धेरै हुन्छ ।"
"उफ्फ्फ "
उसले टाउको कन्यायो ।
त्यो दृश्य त्यो केटि ले एउटा आँखा खोलेर हेरेकी थिइ ।
"आ !!!! जे परे पर्ला  सिट चै छोडदिन ।"उ अझै अडिग थियो ।
"कस्ती टिमुरकिएकि छदुवई रैछे !!! राम्रो संग अनुरोध गरेनी छोडी दिन्थे नि "
लुगा भरि वान्ता लागेको चित्र आएर होला उ सम्झौता को मुड मा आएको थियो तर उसकी सहयात्री चै आखा चिम्म गरेर बसेकी थिइ ।
========================================================================================================================
सात बजे हिड्नुपर्ने गाडी अझै हिडी रहेको थिएन ।
यात्रु दिर्घा बाट एकजना यात्रु कुर्लियो ।
"गुरु जी को घडी बिग्रेको छ कि क्या हो ?सात बजे को त १५ मिनेट अघि नै हो के भो ?"
गुरुजीले टाउको पछी बटारेर स्पस्टिकरण दिए ।
"हिड्नै  लाग्यो ...अब २ मिनट ।"
गुरुजु को २ मिनट ले अर्को १० मिनट खायो ।
हैन गुरुजी को मिनट मा कति सेकेन्डमा छन्??२ मिनेट भनेर १० मिनेट लगाउने ,अझै हिड्ने सुरसार नगर्ने  यो चै अत्ति भो ।"एकछिन अघिको यात्रु फेरी कुर्लियो ।
"सारै हतार भए ट्याक्सी मा जाउ किन कराई रा ..ह्या मान्छे आइ पुगेको छैन ।"गुरुजी झोक्किदै गर्जिए ।
ति यात्रु पत्रिका पढ्न थाले ।
जसको प्रतिक्ष्यामा बस अड्किएको थियो ति महानुभाव अन्त्यमा प्रकट भए ,अफ्नो सिटमा बिराजमान भए ।
सबै यात्रु उसलाई खाउला झैँ हेर्दै थिए ।
"जाउ जाउ गुरु जी !!! "
कन्डक्टर ले गाडी को पाटो मा ढ्याक ढ्याक हानेर यात्राको रिवन काट्यो ,गुरुजी ले गाडी कुदाए ।
========================================================================================================================
माल ढुंगाको पुल काटे पछि त्यो छाड्ने केटि तनक्क तन्कि। उ आत्तियो ।
अब चै यसरि हुदैन ।मन मनै गमेर उसले त्यो केटि लाई  ठाउँ साट्ने प्रस्ताव राख्यो ।
उ सहमत भइ।
उ भिजेको बिरालो झैँ उसले सिट छाडी दियो उ मक्ख परेर झ्याल तिर को सिटमा सरि ।
उसले धन्यवाद पनि भनिन ।उसले मन मनै भन्यो "लौ गरि खा टिमुरकिएकी छदुवई,तेरै रैछन् दिन ।"
राजमार्ग मा गाडी हावा संग बात मारी रहेको थियो ।
बसभित्र दोहोरि घन्कि रहेको थियो ।यात्रु हरु कोहि गुफ गर्दै थिए कोहि मस्त निद्रा  थिए ।
 त्यो केटि अति खंचुवई थिइ ,कहिले चिज बल ,कहिले चाउचाउ,त कहिले तितौरा  खाएर जिब्रो पडकाएर झ्याल बाहिर का दृश्य को आनन्द लिन्थी ।
उ चाही कैले एल्ले वान्ता गर्छे भनेर अड्कल काटी रहेको थियो ।
लुम्ले मा चिया नास्ता गर्न बस रोकियो ।सबै यात्रु हरु ओर्लिए ।उसले पनि खाजा खायो अनि एउटा चुरोट सल्कायो ।
चिया पसलको कुना को सिटमा बसेर उ चना र उसिनेको अण्डा खादै थिइ ।
"उफ्फ!!!!! अण्डा खाएर एल्ले वान्ता गरि भने के होला ?हरे शिव कस्तो आपत !!कति घिच्न सकेकी होलि ?"
खाने त्यो केटि थिइ र तर्सने चै उ थियो ।
त्यो केटि पेट पुजा गरेर आफ्नो सिट मा आएर बसी ।
चुरोट खाएर उ पनि आएर लुसुक्क बस्नै आटेको थियो ।
त्यो केटिले  नाख खुम्चाउदै भनि ।"तपाइको चुरोट को गन्ध ले मलाइ झन वान्ता होला जस्तो लाग्यो ,कस्तो गनाएको उफ्फ्फ्फ  !!!"
उ केहि बोलेन गाडी बाट ओर्लेर मुख कुल्ला गर्यो अनि २ ओटा चुइंग्गम एकै चोटी मुखमा हालेर चबाउन थाल्यो ।अनि आएर बस्यो ।केटि मुस्कुराई रहेकी थी ।
"अइले  गनाको  छ ?"ज्ञानी भएर उसले सोध्यो ।
"छैन तर अब चुरोट नखानु है  नत्र त ....!!"उसले कुरो बुझ्यो अनि हुन्छ भनेर टाउको हल्यायो ।
गाडी कुद्न थाल्यो ..।
========================================================================================================================
आधा बाटो  काटियो तर त्यस्तो केहि भएन जसको डरले गर्दा उसको यात्रा नर्क को यात्रा बनेको थियो ।
पछिल्लो सिट कि एउटी बुढी  आमा चै बेला बेला मा वान्ता गर्दै थिईन ।
त्यो केटि चै तितौरा खादै थिइ ।
उ भने पछाडी हेर्दै केटि लाइ हेर्दै गर्दै थियो ।
एक छिन मा उ बुढो गोरु बेचेर निदाए झैँ निदाई ।
काठमाण्डौ नयाँ बसपार्क आएर बस ले यात्रा टुंगिएको उद्घोष गर्यो ।
सबै यात्रु हरु ओर्लिए ।
उ पनि ओर्लियो अनि त्यो केटि पनि ।
छुट्ने बेला मा उसले भनि ।
"झ्याल को सिट को लागि धन्यवाद !!मलाइ वान्ता कहिले हुदैन !!!"
उ हास्दै बाटो लागी अनि भिड को बिच मा हराई ।
"अब चै उसले मन मनै गम्यो यो छदुवई  चै हैन खंचुवई र ढटुरी चै अचाम्मैकी रहिछ ।
थांगना मै  सुताएर गइ ।"
फेरी भिजेको बिरलुझैँ उ लुसु लुसु बाटो लाग्यो ।


अस्तु ....
१०/१२/२०११
अबुधाबी

Comments