दिप निभ्नु हुदैन !!!

छायादेखि दुर एक अमुर्त आकृति
बास्ना देखि दुर एक सुकेको फुल 
ताराहरु  बिहिन एक अँध्यारो रात
एक अधुरो कथा जसको सुखद समाप्ति पुर्ब 
कलम को मसि सकिएको छ
 निभ्न लागेको धिपधिपे  दिप 
अनि एक निरब रात 
केवल एक  याद को तेल मा जली रहेछ
जली रहेछ ,किनकि 
एक अध्याय कथा अझै बाकि छ 
चिन्ता नगर प्रिय 
त्यो कथा मसीको साटो आसुले लेखौला
तर कथा को  बिट मारिनु पर्छ
प्रेमिल उत्सब मनाइनु पर्छ
अनि प्यासा आत्मा हरु
एक झर्को झरीमा रुझाइनु पर्छ 
तर  हुरी चल्नुअघि .......................!!!
दिप निभ्नुहुदैन !!!


हाम्रो कथा एउटै  ,भोगाई एउटै   
तैपनि भोगाईका चिसा  यातनाहरु पनि 
बाध्यताका जन्जिरहरु पिच्छे फरक फरक 
 म आगो को भुंग्रोमा सपनाहरु पोल्छु 
अनिदा रातहरुमा बोक्रा खोल्साई 
बर्तमानको पिरो छोप मा दली
भोका रहरहरु लाइ पोषी रहेछु
तर धन्य !!!!
बाध्यताले आफ्नै मुटु आफै रेट्न सिकाउदो रहेछ 
आफ्नै अवसानका घाट हरु भेट्न सिकाउदो रहेछ
आखिर यो तिम्रो पनि त भोगाई हो ...
कति नमिठो यथार्थ ..है ???
तथापी हिम्मत हारिनु हुदैन !!

सुदुर भबिस्यको एक मोडमा,
जब तिमि मेरो आलिंगनमा
आफुलाई खोजिरहेको हुनेछौ
त्यति बेला .....
यी  दर्दका तख्ताहरुमा
यादका ठेलीहरु कोच्नेछौ
हाम्रा भोगाई अनि
अनुभुती का पुस्तकालयमा !!
त्यतिबेला प्रिय
आशु हरु ले परेली भिज्न सक्छन
तर,
 त्यो आशु खुसीको हुने छ !!!
केवल खुसिको
दिप निभ्नुहुदैन ,हिम्मत हारिनु हुदैन !!!


अस्तु !

०५/०५/२०१२
आबु धाबी