बिहान













आलार्म घडीको
बेसुर रडाकोसंग हैन
कहिले कहिँ
ब्युझिन मन लाग्छ मलाइ
घरको धुरीबाट
बिहानीको शंखनाद गर्ने
भालेको डाँको संगै

दैलो पोतिरहेकी प्रियको चुराको संगीत
अनि आमाको "चिया सेलायो  छिटो उठ",
झ्याल खोल्दा मुस्कुराई रहेको हिमाल
अनि
फुलको पत्रदलमा चलमलाई रहेका शित
त्यो पो त् बिहान

रात रात नभएको
दिन दिन नभएको
अनि साँझ साँझ नभएको पनि
जुग बितिसकेछ

थाह छैन कहिले सम्म निदाउने हो
यी सपना बिहिन रात
र यो पनि थाह छैन
कहिले सम्म भोग्ने हो यी
अनिदोले पोल्ने आखाहरू
र अलार्म घडी ले ब्युझाउने  बिहानी ...

आलार्म घडीको
बेसुर रडाकोसंग हैन
बरु  हरेक बिहान
ब्युझिन पाए हुन्थ्यो
घरको धुरीबाट
बिहानीको शंखनाद गर्ने
भालेको डाँको संगै


-

 21-03-2018
Ankum