निर्दयी आमाको कारुणिक वयान दर्ुइ छोरीलाई विष खुवाएर मैले पनि खाएँ

शान्तिदेवी यादव

मेरो घर सिरहा जिल्लाको विष्णुपुर गाविस र माइती सोही जिल्लाको थला हो । करिब ९ वर्षघि श्रीमान् लालबाबु यादव र म काभ्रेको जनागाल गाविसस्थित मायोज कारखानामा काम गर्न आएका थियौं । सो कारखानामा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म हामी काम गर्थ्याैं । तर, कम्मर दुख्ने समस्याका कारण एक वर्षेखि मैले नियमित रूपमा र ओभर टाइम काम गर्न सकेकी थिइनँ ।
हामी दर्ुइ छोरी र एक छोराका साथ कारखाना नजिकै बस्दै आएका थियौं । १३ वषर्ीया जेठी छोरी प्रियंका बनेपाको समता शिक्षा निकेतनमा कक्षा ५ मा, ९ वषर्ीया कान्छी छोरी अस्मिता सोही विद्यालयमा कक्षा २ मा र  सात वषर्ीय छोरा आकाश कक्षा १ मा पढ्थे । दुवै जनाको डयुटी र बिदा पाउन पनि गाह्रो हुने हुनाले छोरा-छोरीलाई बिहानको खाना खुवाउन अप्ठेरो हुने गर्थ्याे ।
म प्रायः बालबच्चालाई बिहानको खाना ख्वाएर स्कुल पठाउनका लागि श्रीमान्सँग अनुरोध गर्थें । तर, श्रीमान् लालबाबु बाहिर नै खाना खान मन पराउनुहुन्थ्यो । बिहान छोराछोरीलाई खाना खुवाउन स्कुल पठाउन उहाँ चासो दिनुहुन्नथ्यो । दुवै जनाले जागिर खाए पनि छोराछोरीलाई राम्ररी ख्वाउन नसकेको र राम्रोसँग  पढाउन पनि नसकेको विषयमा बेलाबेलामा हामीहरूबीच झगडा हुन्थ्यो । श्रीमान् छोराछोरीलाई खाना खुवाएर स्कुल पठाउन मान्दै मान्नुहुन्नथ्यो । तर, म छोराछोरीलाई राम्रोसँग खुवाएर मात्र स्कुल पठाउनर्ुपर्छ भन्थें ।


घरमा खान छाडेर होटेलमा नखानुस् भनेर म बारम्बार आग्रह गर्थें । तर, उहाँ मान्नुहुन्नथ्यो । यहाँसम्म कि महिनाको दर्ुइ हजार रुपैयाँभन्दा बढी पैसा होटलमा तिर्नुपर्दथ्यो । यही विषयलाई लिएर १९ मंसिरको बेलुका हामीबीच फेरि झगडा भएको थियो ।
त्यसबेला मैले भोलि बिहान छोराछोरीलाई खाना खुवाएर मात्र स्कुल पठाउनु भनेर उहाँलाई भनेको थिएँ । तर, बिहान पौने ९ बजेतिर कारखानाबाट र्फकंदा जेठी छोरी खाना पकाइरहेकी थिइन् । उनी पढ्ने समता स्कुल कोठाबाट टाढै थियो । मैले बाबा खोई भनेर सोध्दा बाबा एकचोटी ढोकामा आएर र्फकनुभयो भन्ने जवाफ पाएँ । बालबच्चालाई किन बेवास्ता गरेको होला भनेर म धेरै चिन्तित बनें । छोराछोरीलाई राम्ररी खुवाउन नसकेको कुराले म धेरै दिक्दारी बनंे । टाउको दुख्यो भनेर त्यस दिन म कारखानाबाट बिदा मागेर आएको थिएँ । छोराछोरीलाई खाना खुवाउँदा विद्यालय जाने समय अबेला भइसकेको थियो । त्यसपछि छोराछोरी खेल्न गए ।
छोराछोरी खेल्न गएपछि मैले धेरैबेर सोचें । बालबच्चाको स्याहार-सुसार गर्न सकिएन बाँचेको के सार लाग्यो भनेर मर्ने विचार गरें । म एक्लै मर्दा छोराछोरीको बिचल्ली हुन्छ भन्ने पनि ठानें । छोराछोरी र म मरेंं भने त श्रीमान् आफुखुसी बाँच्न पाउनुहुन्छ भन्ने पनि सोचें । त्यसपछि १२ बजेतिर सबैलाई बोलाएँ ।
तर्राईको घरबाट गहुँ, दालमा लाग्ने घुनका लागि भनेर विषादीको टयाब्लेट -सेलफस) ल्याएका थियौं । मैले सो विषादी औषधि भनेर दर्ुइ छोरी र छोरालाई दिएँ । मैले पनि खाएँ । दर्ुइ छोरी प्रियंका र अस्मिताले निले । छोराले पिरो भनेर खाएन ।
छोरीहरू बान्ता गर्न थालेपछि मैले मायोजमा सँगै काम गर्ने विन्दा खरेललाई फोन गरेर श्रीमान्लाई तुरुन्तै पठाइदिनु भनेर फोन गरें । त्यसपछि मैले पनि वान्ता गर्न थालें । त्यसपछि म त वेहोस भएछु । अस्पतालबाट बिउझँदा मात्र थाहा पाएँ जेठी छोरी र कान्छी छोरीको त्यही दिन मृत्यु भएछ । त्यसपछि आफू नमरेकोमा सारै दुःख लाग्यो । सबै जना मरौं भन्दा पनि म कसरी बाँचे, मलाई नै थाहा भएन ।
आफूले जन्माएको आफ्नै बच्चालाई मारौं भनेर मैले उनीहरूलाई मात्र ख्वाएको होइन । आफूले जन्माएको बच्चालाई पनि कसैले मार्न सक्छ र - पहिल्यै मार्ने भए त मारिहाल्थें नि । छोराछोरीलाई राम्रो शिक्षा र खान दिन नसकेकोमा साह्रै चिन्तित भएर मात्र मैले यसो गरेको हुँ । म अहिले जिल्ला प्रहरी कार्यालयमा छु । श्रीमान्सँगको झगडाले अहिले यस्तो अवस्था आयो ।
-राजधानीकर्मी भीम गौतमसँगको कुराकानीमा आधारित)

२०६८ - मंसिर - २४


No comments:

Post a Comment