साक्षी छ धवलागिरी !!



यदि तिम्रो स्मृतिका
अन्तर कुन्तरमा
काठे खोलाका सुशेली
तिम्रो बाल्यकालका
सुखद अनुभुत संग
गासिएर उर्लिन्छ भने,
तिम्रो मुस्कान को तृप्ती
मेरो भन्दा केहि भिन्न छैन

उष्ण ग्रीष्मका तातो बतास को बयेली
अनि माइ कुटीमा झारेको चिनी आप
हाडे पाखाका काचा चिउरी
काफी लाग्छ
आफै संग आफै खुसि हुन
सम्झिएर ती प्यारा पल हरु

यी पल हरुको साक्षी
प्यारो धवलागिरी ...!!!
सारा सारा बदमासी
उपद्रो अनि उतार चडावको  साक्ची
प्यारो धवलागिरी !!
के पो  छिपे होला र उसको नजर बाट ? J

सोधी हेर त उसलाई  !!
कतै बिर्सन त बिर्सेको छैन ?
पहिलो पल्ट तिमीले .
ताते ताते गर्न सिकेको .
लड्दै उठ्दै गरेको
साइकल का प्याडल  हरुले
तिम्रा नली हाड कुच्याएको ..
अनि तिम्रा आखा बाट बर्सिएका
मोटा मोटा आसुका थोपाहरु,
अनन्त: बिना सहारा
जब तिमि सफल भाको थियौ .
तिम्रो सफलतामा
उ झन धेरै हासेको थियो ,
तिम्रो जित को साक्षी
उ पनि बसेको थियो !

उसले बिर्सेको छैन
बरु तिमीले पो
भुल्यौ कि ???

कुप्रेको ढाड ,
लट्ठीको सहारा
अनि बुढ्यौलीले धमिलिएका
एक जोर कम्जोर आखा हरुमा  
पावरवाल चस्मा मिलाउदै
बुढ्यौलीको कुनै बिहान हेर्नु उसलाई !!
प्यारो धौलागिरि तिमीलाई हेरी
त्यति बेला पनि मुस्कुराउने छ,
त्यसै गरि ,जसरि
कुनै  बेला तिमि काठे खोलाको
चक्रे ढाडमा  
बिना बस्त्र पौडिन सिक्दै थियौ !!!!

शिशिर परियार
१६/०६/२०१३