चित्र

खरानीदानिमा फिल्टर भन्दा एक अङ्गुल माथि जलिरहेको चुरोट धुवा ओकल्दै थियो ।
एक तमासले क्यान्भासको बांझो बारीमा उ कुचिको नोक ले सिन्चन गर्दै थियो । म हेरिरहेको थिए उसका औंलाहरुका गतिबिधि,मैले हेर्दाहेर्दै उसले क्यन्भासमा सिंहको आकृती उतार्न थलिसकेको थियो ।
क्यान्भास को पृष्ठ्भुमिमा कालो रङ्ग पोतिएको थियो ।अनी त्यस माथि सेतो रङ्ग्मा सिंहआ को आकृती उतरिदै थियो ।
सुकेका ओठ्हरुबिच उस्ले चुरोट अठ्यायो ।चोरी औंला अनि मझी औंला को बिचमा ब्रश आठयाएर उस्ले चुरोट सल्कायो अनि फोक्सो भरी धुवा हुल्यो ।

"अं त हामी कहाँ थिउ ?"हाम्रो सम्बाद लाई निरन्तर्ता दिदै उस्ले भन्यो ।
"चौतारी नभएको ठाउँमा बिसाएछौ क्यारे बिर्सिए छ ।" मैले हाँस्दै भने । "तपाईं पनि बिर्सिनुहुन्छ है ?
उस्ले भन्यो, ब्यङ्य गरेको जस्तो लाग्यो मलाई म मज्ज ले हासे ।
मेरो स्मरण सामर्थ्यको धज्जी उडाएको जस्तो पनि लाग्यो मेरो हांसो को तात्पर्य बुझेर होला उ पनि मुस्कुरायो । सही निसानमा तिर हानेको जस्तो ठान्यो होला उस्ले ।
त्यस्पछी उ फेरी क्यान्भास्मा जाइलग्न थल्यो ।
सिंहका आंखामा रङ्ग भरेर चेपु को भारलाई हत्केलामा अड्याएर उ सोच मग्न भयो ।
सिंहको आंखामा भोक छल्किरहेको थियो । एउटा अतृप्त भोक जस्को तृष्णा कुनै निरिह प्राणिको तातो रगतले
मात्र तृप्त पर्न सक्थ्यो ।
मलाई लागी रहेको थियो,कोठाका भित्तामा झुन्डिरहेका कमजोर प्राणिका आकृतिहारउ त्रस्त आंखा लिएर उक्त सिंहलाई नियालिरहेका छन ।
शायद उनिहरु चाहदाहुन् कि चित्रकारको त्यो चित्र कहिल्यै पुरा नहोस।किनकि केहि क्षण पश्चात त्यो चित्र पनि उनिहरु सङ्गै भित्ताम झुण्डाईन्थ्यो अनि तश्बिर भय्एर पनि उनि हरु बाच्नु पर्थ्यो सदा सदा त्रस्त मुतु लिएर।
"मलाई लेखनमा रुची थियो अनी अझै पनि छ। "उसले भन्यो।
"मलाई पनि चित्र्कलामा रुची थियो अनी अझै पनि छ।"मैले उस्कै वाक्य पैचो लिएर।
रङ्गले लतपतिएको कुचिलाई उस्ले गिलासको पानी मा चोबल्यो। रङ्गले पानी म अंुर्त आक्रिती पैदा गरायो। बिकाशानन्दको उल्टो प्रश्नवाचक आक्रिती जस्तै।
हाम्रो आँखा जुधे।उस्ले चुरोट को धुवा छत तिर फ्याक्यो। शायद एक अर्काका अधुरा आकंक्षाका बिम्बहरु देख्यु हामीले एक अर्कामा।
रङ्गले लतपतिएको कुचिलाई उस्ले गिलासको पानी मा चोबल्यो। रङ्गले पानी म अंुर्त आक्रिती पैदा गरायो। बिकाशानन्दको उल्टो प्रश्नवाचक आक्रिती जस्तै।
औपचारिककुरा हरु वाहेक हामी केही सम्बाद भाईरहेको थिएन। किनकी यो हाम्रो नौलो चिन्जान थियो।
"के तपाईं त्यो सिंहको भोक शान्त पार्ने शुर कस्दै हुनुहुन्छ?"
मैले कोउतुहुलताको तिर फ्याके।
"यो उस्को प्राकृतिक अधिकार हो। म प्रक्रिती बिपरित कसरी जान सक्छु?"
प्रती प्रश्न गर्यो उस्ले।
अनावश्यक भावुक भएको आत्ममुल्याङ्कन गरे मैले।
आखिर चित्र न बनाउदै थियो उ।
भान्छा तिर डाडु पन्यु बजेको आवाज सुनिन्थ्यो।। केही समय पश्चात हामी बसेको कोठाको ढोका बिस्तारै खोलियो। उस्को साथी नासेर मिठो वास्नाको बतास लिएर कोठा म प्रबिस्ट भयो।
उस्का हातमा बिरयानी भरिएका २ प्लेटहरु थिए।
मेरो भोक को बेग सुनामी बनेर पेटमा हुँडलिन थाल्यो। यती मिठो बिरयानी मैले आज सम्म खाएको थिईन। केरला पारीकारहरु खांदा खांदा बोधो भएको मेरो जिब्रोको ग्रन्थिकेन्द्र हरु तरोताजा भएको अनुभव गरे मैले।
हामीले हृदयदेखीनै धन्यवाद दियोउ उस्लाई। उ अली अली लजायो।उस्को मुस्कानमा गर्वको अभास थियो। सन्तुष्टीको प्रकाशपुंज मा देदिप्यमान देखिन्थ्यो उ।
हाम्रो भोक त निस्तेज भयो। तर क्यान्भस को अर्को पातो अझै खाली नै थियो। सिंह अझै भोको थियो। मेरो साथी रङ्को थालीमा रङ्गका मात्रा मिसाउन थाल्यो। केही क्षण पश्चात मेरो त्रासको पारीकल्पना अबोध अनी कम्जोर म्रिग सावक बनेर देखियो उस्को क्यान्भासमा।
जती सिंहका आँखामा क्रूरता झल्किन्थ्यो, त्यतिनै अबोध अनी प्रेम त्यो म्रिग सावाकका सुन्दर आँखामा झल्किन्थ्यो।
प्रक्रितीको क्रूर चक्रमा बांधिएको त्यो कम्जोर प्राणी भोको सिंहको खानाको उत्कृष्ट रेसिपी मा उभियो। हाम्रो लागी नासेर्ले बनाएको बिरयानी जसतै।
मेरो साथीले क्यान्भास को धर्म पुरा गर्यो।
उसको सोचले मुर्त आक्रिती पायो। तर म एकोहोरो सोची रहे।
"कती राम्रो हुदो हो,यदी सिंहले पनि घांस खान शुरु गर्दो हो त ?"
त्यो सावकका आँखामा त्राशको सट्टा स्वतन्त्रता अनी उन्मुक्तिका धर्सा हरु देखिदाहुन ।
अनी सिंह का आँखामा करुणाका किरणहरु छचल्किदा हुन।
शायद जंगलमा नयाँ घाम उंदाउदो हो।
सांझ छिप्पिसकेछ। खरानीदानीमा थुप्रिएका चुरोटका थुटा हरु नियाले। साथी सँग बिदा मागे अनी सडकमा निस्किये।
साच्चै अली बढता भावुक बनेछु म। आखिर एउटा चित्र न थियो त्यो। क्यान्भास्को पारीधीभित्र कैद।

अस्तु।।

(मेरो आत्मिय मित्र बिरेन्द्र आचार्य सँगको पहिलो भेट मा लेखिएको अनुभुती)
Specially dedicate to him.


आबुधाबी
२६।०२।२००८

Comments

Popular Posts

डुंगा:(भाग एक )