प्रश्न

एउटा बसन्तीसन्ध्यको गोधुलीप्रहर ,
बेग स्पन्दन को अनियन्त्रित बनिरहदा
म तिम्रो सम्झनामा डुबिरहेको हुनेछु ।
महसुस गर्नु मेरो श्वासको बतास
तिमो कान छेउ म झन्क्रित भाईरहनेछु।
यो त मेरो अनुभुतिको प्रेमिल उत्कर्श हुन सक्छ
तर तिमीलाई केही प्रमाण दिन सक्दिन म।
मलाई थाहा छ तिमी खोज्दिनौपनी
तर तिम्रो एउटा निस्चल मुस्कानको माग गर्नेछु म।
के तिमी मुस्कुरौन सक्छेउ
हाम्रो यो भौगोलिक दुरिमा पनि ??


Comments