दैनिकी

आलर्म घडीको किर्किराहट लाग्दो टर्रो संगीत सँगइ अत्रिप्त निद्राको भोक आँखामै थाती राख्दै नयाँ दिनको सुरुवात हुन्छ।तर दैनिकीमा केही परिवर्तन हुँदैन । खै कहिल्य भएन। फाइलिङबाट हराएको कुनै मुल्यवान दस्तवेज जस्तै इक्ष्या र चाहना कहिल्यै नभेटिनेगरी हरएको जस्तो।
दिनभरीको ज्यु ज्यु र हजुर हजुर भन्दै थाकेको शरीर र तातेको मगज साँझको small peg को प्रतिक्ष्यामा रहन्छन।


अनी बिस्तारै म कोही बेला "नारायण गोपाल" बन्छु,कोही बेला "Bryan Adam " त कोही बेला झलक गन्धर्व ।

नारायण गोपालको भूत चढदा,म गुन्गुनाउछु
"आजभोलि हरेक साँझ रक्सिन थालेछ ...."
Bryan Adam को भूत चढदा ,म गुन्गुनाउछु
Look into my eyes,...
हेरी दिने कोही भेट्दिन ,थप अर्को पेग प्यला म भरिन्छ
अनी बिस्तारै झलक गन्धर्भ लाई श्रद्धन्जली ....
इई बरै आमैले सोध्लिन्नी खै छोरो ....
बोतल एका तिर ढल्किन्छ ,म एकातिर ढल्किन्छु।
यो गीत कती पल्ट पुरा गाए ,मलाई याद छैन। किनकी मेरो रूमपार्ट्नरको शहन शक्ती को सामर्थ्ये यो गीत झेल्न सक्ने खाल्को छैन (मैले गाउदा )। अनी बिन्ती गर्न आउछ र भन्छ ,"बिन्ती छ यार सुत्न दे ,भोली जागिर खान जानु छ। "

जागिर को नाम सुन्न बित्तिकै साँझको रङीन मूड फेरी बिलुप्त हुन्छ । अनी फेरी पुरानै दैनिकी , अर्को नयाँ दिनको प्रतिक्ष्या...

आलर्म सेट गरेर म सुत्ने कोशीस गर्छु ।

Comments

Popular Posts

डुंगा:(भाग एक )