कागजको खोस्टो मा लेखिएका
मिठा शब्दका बर्फी बाड्दै
चिच्याउछ एउटा मान्छे
माइक नै नचहिनेगरी।
साच्चै उ,
नेता भन्दा बढी अभिनेता लाग्छ।
“तपाईंहरुका दु:खका दिन गए
हाम्रो स्वधिनता चुलिदै छ
अनी त्यो बिहानि आउँदैछ जस्ले हाम्रो शिर
सगरमाथा झै हमेशा उचो रहनेछ
मान्छे हरु ताली बजाउछन।
पर्तिर प्लस्टिक टिप्ने एउटा फोहोरी केटो
अत्टहास् लगाउछ।।
कुनै अस्लिल् चुट्किला सुनेझै
साँच्चै
झुटो त्यो बिहानी को प्रतिक्ष्या मा छु
जो कहिलै आउने छैन।
घाम सँग पैचो लिएरै भएपनी उज्यालो चर्ने
जुनको त्यो सितल्तको परतिक्ष्या मा छु
जो कहिलै आउने छैन
झुटो आशाले बस मन लाई भुलाउने बितन्डा गर्छु
"यो घोर निराशा भो
उज्यालो को बिरुद्ध ठुलो उपहास हो"
तिमी भन्न सक्छौ
तर म यथार्थताको कल्बेर मा टेक्छु
अनी कल्पना को पन्डुब्बी मा गोता लगाउछु
तिम्रो लन्छना प्रती मेरो कुनै प्रतिसोध छैन
किनकी मलाई थाहा छ
त्यो बिहानि कहिलै आउने छैन
जब सम्म तिमीभित्र नाटक को खानी
अनी झुट र भ्रम को कहानि छ।।
साँच्चै त्यो बिहानी
रातको गर्बमै तुहिने छ
साथी!
बिन्ती मलाई साबित गर
म गलत छु भनेर
म गलत छु भनेर
म झुटो कुरा गर्दैछु भनेर।।
साँच्चै आज मलाई
झुटो हुने रहर जागेकोछ।
1/12/2010
1:38
अबु धाबी
Comments
Post a Comment