हिमकुण्ड र युटोपियन सपना..

जिन्दगी जिउने होडमा कहिल्यै बर्तमानमा ज्युन सकिएन. या त बिगतको पश्चाताप या त भुत को त्रास अनि यहि अनबरत सृंखला को चक्रमा अल्झी रह्यो  जिबन .चोयु को कुनै अध्यारो कुनामा जमेको हिम कुण्ड जस्तै.जहा घामका किरणहरु बर्जित छन्.बाफ बनेर सगर चुम्ने अनि बर्सात बनेर झर्ने सपना फगत एक स्वीट इलुजन मात्र बनिदिन्छ.बतासको गति अबरुद्ध छ अनि परिबर्तन को कल्पना एक अछम्य अपराध.
हिम नदि संगै छिलिएर उसको बेगमा समाहित हुने तर सागर सम्मको रोमान्चकारी यात्रा तय गर्ने तृषणा बस तृषणाकै गर्भमा तुहिएको छ.अनुभूति हरुको अनुभवहीनता कति निरस मन खोलेर  रुने सम्मको हक छैन किनकि आसुको  पनि गति स्वीकार्य छैन यहाँ.यथास्तिति किन यति प्यारो. जड हुनु को यो कस्तो नशा ? जम्नु को यो कस्तो पागलपन ?यो भेम्पायर (vempire) को बस्ति मा किन उज्यालो प्रतिबन्ध छ ? यो मेरो रहर हो वा बाध्यता ? के साच्चै कुनै बाटो छैन यो अध्यारो कुण्डबाट मुक्त भै छंग्छंग झरना झैँ झर्ने?


भ्रामक अस्तित्व को अध्यारो बस्तीमा बिद्रोही मन उत्पातको राग अलाप्छ.अनि एक जोडी आखा दिन्छ गन्तब्य देख्ने. साच्चै मेरो आरोहन को अभियान त मेरो थोत्रो फाइलको PENDING LIST मा बन्द रहेछ,
बस म प्रतिक्षया गर्छु एक मुठी घाम को अनि मिठो पुनार्जन्मको जहाँ बाट मा देख्छु मेरो युटोपियन बस्ति को सुन्दर अस्तित्व .जहाँ जिबित हुनुको परिभाषा श्वास-प्रश्वास को नियमित प्रक्रिया भन्दा धेरै पर छ. जहाँ संसार सिमाना हरुले बिभाजित छैन,धर्म,आस्था र नश्ल को बिभेद छैन
.
भ्रामक अस्तित्वको हजरौ जुग पछि एकदिनको  सपनामा त्यस हिम कुण्ड मा घाम लाग्दछ,कति मिठो सपना ,अनि त्यो घाम को तेजाबी तेज कति मिठो,कस्तो मज्जा पग्लिनुको,कति मजा बाफ बनि उड्नुको.अहा,सपनामै हिमकुण्ड बाट म मा परिणत भएछु र उड्न थालेछु फैलिरहेको निलो आकाशमा .. म आफैलाई बधाई अनि सुभकामना दिन्छु यो उन्मुक्तिको......
फेरी एक पल्ट जमिनमा नजर पुर्याउछु ,करोडौ म जस्ता म हरु हामी मा रुपान्तरित बन्दै छन् सायद यो पहिलो रुपान्तरण हिम्कुन्डहरु लाइ ज्वालामुखीमा परिणत गर्दैछन . घाम का सुनौला किरणमा नुहाउदैछन/कोहि आकाशमा परिबर्तन को संदेश दिन आधि हुरी बनेर कुद्दै छन् अनि कोहि बादल बनि गर्जिदैछन् चट्यांग बनि बज्रिदैछन्.अध्यारो अनि गतिरोध को बिरुद्धमा. जम्नुको अभिसाप बिरुद्ध.
उफ्फ यो सपना...अनुभुतिमै पनि कति जिबन्त.यो सपनामै मा एक जुग बाचेर हेरे.अब मृत्यु संग मलाइ कुनै गुनासो छैन.
म चोयु को अध्यारो कुनामा जमेको एक हिमकुण्ड. गनाउने संस्कार र झुटा आडम्बर बाट भु-परिबेस्थित ,परम्परा का जर्जर,थोत्रा अनि माक्कीएका भर्सिलिज हरु बाट घेरिएको छु जहा कहिल्यै घाम उदाउदैन. पुरातानको गर्भमा नुतन कहिल्यै नजन्मिने गरि पतन गराइएको छन.यहाँ हावा बहन छोडेको युगौ भयो.खै कहिले आउला त्यो सुनामी जसले ढलाउने छ यी माक्कीएका थोत्रा भर्सिलिजहरु..कहिले आउला त्यो 
रेक्टोमिटरले मापन गर्ने नसक्ने भूकम्प को झड्का जसले मेरो भुपरिबेस्थितता लाइ अन्त गर्ने छ.अनि मलाइ मुक्त गर्नेछ यो जम्नु को अभिसाप बाट.साच्चै मलाइ बग्नु छ नदि झैँ,झर्नु छ झरना झैँ अनि पुग्नु छ मेरो सपनाको युटोपियन महाबस्तीमा .....सक्छौ भने रोकी हेर समयको गतिलाई.इतिहासको पानोमा तिमि कहाँ र म कहाँ हुनेछु..???
समय ले निर्णय गर्नेछ.

अस्तु
शिशिर परियार
अबु धाबी,यु.ए.इ 
३१/०१/२०११
२.२३ PM