तिन गोरु

सहरको मूल गल्लि बिच
तिन गोरु सिंगौरी खेल्दैछन्
अमुक सहर रमिते बनि
हेरिरहेछ गोरु जुधाई

सहरको भविस्य लेख्ने होडमा
उनीहरु सहरको घण्टा घर भत्काउछन्
अमुक सहर रमिते बनि
हेर्दछ समयका भग्नावशेष...
ति गोरु परिबर्तन रुचाउदैनन
त्यसैले थुन्छन् परिबर्तनका ज्वार हरु
अनेकौ स्वार्थका बाधहरुमा
यी गोरुहरु
मानब पुर्खाका गुण कहिलै छोडदैनन
त्यसैले आफ्नो घर पनि बनाउदैनन
अरु को पनि बन्न दिदैनन....

सहरको मूल बाटो  बिच
तिन गोरु सिंगौरी खेल्दैछन्
अमुक सहर रमिते बनि
हेरिरहेछ गोरु जुधाई...

अस्तु

शिशिर परियार

०२/०२/२०११
१०.१२ A.M
अबुधाबी (यु ए यी)