प्रतिबन्धित सपना



भाले को पहिलो डाको संगै सन्त बहादुरका आँखा खुलेखाट को अघिल्लो खुट्टा नेर राखिएको अंखोरा तानेर  उसले पानि पियो,लामो हाइ काड्यो अनि आंग मर्कायो झोकमा झुण्डिएको उसको आस्कोट को बगलीबाट चुरोटको ठुटो निकालेर सल्कायोआँखीझ्यालका प्वाल बाट अलि अलि उज्यालो भित्र प्रवेश गर्दै थियो याधपि घाम झुल्किसकेको थिएन चुरोट को सर्को तान्दै उ सोचाइमा डुबेको थियो,आज जिम्बल बजेको घरा’ ढुंगा फोड्न जानु छ उसलाई अन्तिम सर्को तानेर भुइमा चुरोट ठोसेर मन  नलागी नलागी बिस्तर बाट ओर्ल्यो अनि आँगनमा निस्कियो
उसकी धरमपत्नी पिढी लिप्दै थिइन,छोरि पानि लिन पधेरा गएकी रहिछछोरो बिर्खे बाख्रा का पाठाहरु संग खेल्दै थियो
“ह्या आइज “छोरो लाइ डाक्यो उसलेबिर्खे ले बाउले बोलाको सुनेको नसुने झैँ गरि पाठा हरु लाइ खेद्न थाल्यो
“हरे अब मैले भनेको यस्ताले पनि भनेको टेर्न छोडे गाठे’!!!!!”
छोरो लाइ च्याप्प समात्यो उसलेबिर्खे फुत्किन बल गर्योछोरोको नाक चोरि औलार बुढी औला ले चेपेर सन्ते ले भन्यो “ल सीईईईईईईईईई गर”
बिर्खे ले भनेको मान्यो ....संतेको नाक भरि सिंगान लाग्यो
 “छि! छि!छि! छि! हेर हेर कति थुपारेर राखेको ????”गोठको खाँबोमा हात पुछ्दै भन्यो उसले
बिर्खेको नाक सारे दुखेछ रुदै उ आमा भएको ठाउ गएर रुन थाल्यो
संतेकी बुडी पिंढी  बाट कराई “असत्ती हातले बिस्तारै अठ्याको  भएनी हुन्थ्यो नि!!!!! यति कलिलो नाक रातै हुने गरि निमोठेर ..........नरोउ मेरो बाबा ....”सन्ते माथि आक्रोस र छोरा माथि करुणा एकैपल्ट बर्साई गौमतिले

छोरी ले पानि भरिएको  गाग्री  पिढी मा बिसाईसंतेले भित्र लागिदियो
सन्ते ले मुख धोइवरि काम मा जाने तयारी गर्न थाल्योयति खेर सम्म गौमतिले रातो चिया उमाली सकेकी थिइ
“हैन घन काँ राख्देकी छेस????? भेटाउदै भेटाइन“सन्ते ले सोध्यो
“छोरि लाइ सोध मलाइ था’छैन “भान्छा बाट गौमतीले भनि
“आटी को खोप्पिमा छ बा“गोरी ले पुजाका भाँडा मस्काउदै जानकारी दीइ
सन्ते लिस्नो उक्लेर आटीको खोप्पीमा  घन खोज्न थाल्यो
भुइतलाको चुलोको धुवाँले गर्दा आटिमा आखाँ खोलि साध्य थिएन आखाँ राता पार्दै उ घन लिएर भुइतलामा ओर्ल्यो
कम्मरमा खुर्पेटो कस्योदलिनमा सिउरिएको आँसी लाइ खुर्पेटो मा घुसार्योटोपी सज्यो
गौमतिले स्टिलको गिलासमा चिया भरेर दीईपिढीको खाँबोमा अडेस लेर उ चिया पिउन थाल्यो

घाम का किरण हरु यति बेला धर्तिमा ओर्लिसकेका थिएचरा चुरिंगी हरु आहारा को खोजि मा गुड छोडेर निस्किसकेका थिए काम मा जाने गाउलेहरु सबै घरबाट निस्किसकेका थिए नजिकै को बजारमा मजदुरी गर्नु यो गाउका मान्छेको मजबुरी होमेला-पात,परिम,घाँस-पात यी भन्दा परको काम कुरा कहिले थाहा पाएनन यी गाउले हरुलेउमेरमा मद्रासजाने अनि बुढो भएपछि यहि पाखुरा बजार्ने यो यहाको पुरानो परम्परा हो त्यसैले गाउमा आजकल तन्नेरी हरु एकदम कम्  देखिन्छनयसबाहेक छिटफुट तन्नेरी हरु खाडी मा पनि जान थालेका छन्
तगारो खोलेर उ मुलबाटो मा निस्कियोर ओरालो घोडेटो बाटो समात्यो
“ढिला भयो ..कराउने भए जिम्मल बाजेसबेरै आउनु भानित्ते ..हरे !!” मनमा कुरा खेलाउदै उ फटाफट ओरालि झर्दै थियो
ओरालो घोडेटो बाटो हिड्दा  उसको पदचाप र खुर्पेटो मा आशि ठोकिदा निक्लने आवाज एउटै ताल मा बज्दै थिए  ।
जति सक्दो छिटो जिम्माल बाजेको घर पुगेर गालि बाट बच्नु बाहेक उसको मन मा अर्थोक थिएन

जिम्मल बाजे को घर गाउँकै शोभा थियोशान,मान अनि गाउकै गर्वको प्रतिक थियो
वरी परी तिन गा.वि.स मै उनको घर संग दाजिने घर कुनै माइकलालको थिएन
ताराखोले पाल्चाढुंगाले छाईएको चिटिक्कको छानो,घरको अघि अनि दाँया बाँया बार्दली उचालिएको,
बार्दलीको कठबारपनि पर्वतका सिपालुले बनाएका थिए माछाका आकृति कुदिएको त्यो कठबार हरियो इनामेल ले रंगाइएको थियो सिमेन्टले प्लास्टर गरिएका घरका भित्ता हरु सेतो चुन अनि गेरुले रंगाइएको  थियो बार्दली उक्लने लिस्नो पिंढी को दाँया तिरबाट ठडाईएको थियो लिस्नो को मुन्तिर मनि प्लान्टको बोट थियो जसका लहरा हरु बार्दलिका कठबार मा जेलिएका थिए जसले गर्दा घरको शोभा अझै बढेको थियो
आँगन भरि ढुंगा बिछ्याइएको थियो ढुंगाको बिच बिचमा पनि सिमेन्ट जमाइएको थियो जसले गर्दा बर्खामा पनि आगन मा हिलो हुदैनथ्यो
आँगनको अग्रभागमा तुलशीको मठ थियो जिमलनी बज्यैले मठ देखि घरको मूल ढोका सम्म रातो माटो ले लिपेर लक्ष्मीका पैताला का छाप बनाएकी थिईन
मुलपानी स्कुलको चौर जत्रै खुला थियो जिम्मल बजे को आँगन

सन्ते जिम्म्ल बजे को घरको संघार नेर आइपुग्दा उनि मन्त्र फलाक्दै जनै मंतार्दै थिएएक अंखोरा पानि टुप्पी नेरबाट खानाएपछी उनको बिहानी को नित्य कर्म समापन भयोनिहुरी मुन्टी” न “बनेर सन्ते ले जिम्म्ल बजे लाइ नमस्कार चढायो
नमस्कार डकारे पछि प्रफुल्ल्लित हुदै उनले भने “छिट्टै पो आइस त सन्ते त बचन को पक्का चस यहि त मलाई मन पर्छ“सन्ते मख्ख पर्यो अनि अनि मन मनै गम्यो “आज बाजेका देउता खुसि रैच’न
“ल त बस्दै गर मा तेरो लागि चिया पठाउछु “यति भनेर बाजे भित्र छिरे
सन्ते आँगन को ढिकमा टुसुक्क बस्योपिढीको गलैचामा बसेको कुकुर संतेलाई खाउला झैँ हेरी रहेको थियो
आँगनको दाँया तर्फ गोठ थियोगोठ को छेवैमा टुटीनहालेको पाइपको धारो थियोबकैनाको हाँगाको चोके मा पाइप लाइ झुम्राले बाधिएको थियो
सन्ते उठेर धारो तिर लाग्यो अनि टोपीलाई कपाल तिर सारेर मुख धोयो अनि टोपी ले सलक्क पोछ्यो
गोठ को अघिल्तिर सुन्तलाको बोट थियो अनि त्यसको फेदमा केहि गिलास अनि थाल थिए
ति थाल र गिलास तल्ला जातका मान्छे हरुको लागि राखिएको थियो जो जिम्मल बाजेको घरमा निमेक गर्न आउथे एउटा गिलास पानीले धोएर उ पुनः आगन को दिलमा आएर बस्यो ..मूल ढोका तिर आँखा बिछ्याएर
जिम्मलनी बज्यैले चिया दिन नाति लाइ पठाइननिकै उरण्ठेउलो र बदमास थियो त्यो केटो
“अलक्क खानौनु है “बज्यैले नाति लाइ सम्झ्याएकी थिइन
दैलो को संघार नाघेर पिंढी हुदै उ सन्ते भए ठाउ नेर आयोउसलाई देखेर कुकुर आफ्नो ठाउबाट उठेर पुच्छर हल्लायो
सन्तेले गिलास थाप्योकेटोले चिया खन्याइदियो
सन्तेले चियाको पहिलो सुर्पी के लिन थालेको थियो त्यो बदमास केटो ले संतेको टोपी खोसेर मुलढोका तिर कुद्योउसको एकहातमा संतेको टोपी र अर्को हातमा गिलास थियो उ निकै रमाएको थियो
सन्ते ले पर्ख पर्ख भन्दै थियो
केटो पिंढी कटेर दैलो निर के पुगेको थियो जिम्मल बाजेले उसको पाखुरा समातेर पिंढीमै थेचारिदिए
केटो रुन थाल्योजिम्मलनी बज्यै हत्त न पत्त बाहिर निस्किन
उसको हातमा संतेको टोपी देखेर उनि रिस ले आगो भइन
“तल्लाई उपध्र्या,कुलंघार ,सप्पै सम्मै देख्छस ?तल्ला जात का मान्छेलाइ छुनुहुदैन भनेको हैन  तलाई ???”
बज्यै को आङमा भैरब उत्रे केटो डरले गर्दा निलो कालो भएको थियो बज्यैले उसको ढाडमा मुड्की बजार्न थालिन
केटो गाउँनै  थर्कने गरि रुन थाल्योबज्यै भुत्भुतिदै भित्र तिर लागिन
अपमान को घुट्का पिउदै सन्ते आँगनको नाटक हेर्दै थियो
शायद त्यो केटो ले कहिले नसोचेको हुदो हो कि मान्छेलाई छुदा  यत्रो सजाए पाइन्छ भनेर
बज्यैले सुन-पानी  छर्के पछी फेरी सबै चोखो भयोकेटोको रुवाई थामिएको थिएन
================================================================= 
चिया पिएपछी बाजे अघि अघि सन्ते पछि पछि खेत तिर लागे
“खिजारे लाइ पनि बोलाइत्ते अझै आएन मोरो निकै ठग छ त्यो .....सिनो कुरुवा,बोलीको ठेगान नभएको असत्ती !”उनि एक्लै खिजारे लाइ सराप्दै थिए
खेतका ढिकैढिक उनि हरु जिम्म्ल बाजेको खेत मा आइपुगेपारि पाखा हुदै खिजारे उनीहरु भएको ठाउ तिरै आउदै थियो
“ल फोड्ने ढुंगो यहि हो जोत्ने बेला सधै हलो अड्केर हैरान पार्छ बरु जति सक्दो  छिटो सक्नु १ / २ घण्टामा त कसो नसकिएला ह सन्ते ???”
घनको बिड सज्दै सन्तेले भन्यो “सक्दो कोसिस गरम्ला बाजे “
जिम्म्ल बाजेले अस्कोट को बगली बाट देउराली छाप चुरोटको बट्टा र सलाई निकाले एक खिल्ली निकाले अनि सल्काए एउटा चुरोट संतेलाई दिए अनि उनि खिजारे लाइ गालि गर्दै उकालो लागे
खितखितखित हास्दै खिजारे ले भन्यो “यो कोरिया किन बौलाएछ एकाबिहानै?”तिम्रो थुतुनो देखेर होला साइला’बा !!”उ झन सारो  हास्यो
सन्ते खिस्स हास्यो र चुरोट को सर्को तान्यो
“बिस्तारै बोल सुन्ला त्यो पाताकिले कुकुरका भन्दा तिखा छन् त्यसका  तातो झिर उन्न पर्नी कान
जिम्मल बाजे बाटोमै रोकिएर पुलुक्क हेरे उनीहरुलाई सुने या सुनेनन दैब जानोस या उनी जानुन
खिजारे ले बगलीबाट सुर्ती र चुना निकालेर मल्न थाल्यो एकछिन मिचिसकेपछी सुर्ती को धुलो उडाएर माथिल्लो ओठको चेपमा हालेर पिच्च थुक्यो
त्यसपछि खिजारेले छिना समात्यो अनि सन्तेले मार हान्न थाल्यो ढुंगाको कापमा अड्याएको चिनाको थाप्लो माथि घनको चोट पर्दा इक्किम को फाँट पुरै थर्कन्थ्यो
साँझको झिसमिसेमा  काम सकियो उनीहरु ज्याला लिन भनि निम्मल बजेको घर तिर उक्लिए
दिन भरि को मिहिनेत बाट चुर भएका उनीहरु चित्त बुझ्दो ज्याला नपाएर झन निरासिए
बरु उल्टै बाजे उनीहरु माथि खनीए “२ घन्टाको कामलाइ दिन भरि लाएर  सक्ने अनि ज्याला कम भयो भन्ने ?”
जति दिए त्यति लिएर उनीहरु उकालो लागे आ-आफ्ना घरतिर अमिलो मन बनाएर
बेगमार्दै काठे खोला काली गण्डकीलाइ  भेट्न उर्लिरहेको थियो मानौ कालिगण्डकी लाइ भेट्न यसले सात पुस्ता को कसम खाएको छ
काठेखोला तरेर उनीहरु सहरबाटो  मा निस्किए बिहुकोटे मगर्नी को बत्ती बाट खिजारेले १ बोत्तल रक्सि बेसायो
“बोत्तल चै फर्काइदिनु है “बिहुकोटे मगर्नी ले भानिन
“हुन्छ,बरु एउटा प्याज र नुन पनि पोको पार्दिनु न नानि सारै बेश हुने थियो
साहुनी ले प्याज र २ ढेका नुन कागजमा पोको पारेर दीईन खिजरे ले रक्सि र सितन आस्कोटको बगलीमा कोच्यो
औरासेको नागबेली उकालो चढेर उनिहरु बेसीमा बिसाए
साँझको चिसो बतासले उनीहरुको थाकेको शरीरमा अलि कति स्फूर्ति दिएर गयो
“निकै राम्रो रक्सि पार्चिन यिनी बिहुकोटे साहुनीले”खिजारेले ओठको सुर्ती छोरि औला ले फ्यात्त फालेर हात भुइँमा पुछ्दै भन्यो
“पैसा पनि त गोदेरै लिन्छिन नि”सन्तेले भन्यो
खिजारेले बगलीबाट रक्सि र सितनको पोको निकाल्यो,बोत्तल बाट मकैको खोइलाको बिर्को हटायो अनि सन्तेलाई थमाइदियो
१ तुर्की रक्सि औरासेका देउतालाई चढाएर ठाडो घाँटी लगायो
नुन को ढेको कुटुक्क टोक्यो अनि प्याजको दाना मा दात गाडी सके पछी  बोत्तल खिजारेलाई दिदै सन्तेले भन्यो “लौ! सारै  कडा रै’छ नौनाडी पुरै रन्कायो”
अब पालो खिजारेको थियो
उसले पनि रक्सि घुत्क्यायो अनि मुख बिगार्दै भन्यो
“मरिजाम खुन त भुल्का छोडेर उम्लियो,अलिकति चिनी र चियापत्ती हाल्नो हो भने चिया नै बन्दो हो
खिजारेको अनुहार हेरेर सन्ते पानि मिल कराए झैँ खित्का छोडेर हास्यो
बिस्तारै उनीहरु गाउतिर खिचिन थाले खरबारी मो ढिक बाट सन्ते कि जोई कुर्लदै थिई
“बिर्खेका बा हो.................................”
पारिपाखा मा ठोकिएर उसको आवाज चार दिशा गुन्जन्थ्यो
“कति घाटी सुकाउछेस ...आइ हाले नि “पोइ हुनु को रवाफ झार्दै उ डुक्रियो
सामल तुमल थन्काएर गौमती विस्तार मा घुस्री
सन्ते चुरोट सल्काएर सोच्न थाल्यो“हड्डी को चन्दन बनाउन्जेल मिहिनेत हामी गर्छौ,किन हामीलाई नै यति सास्ती  ?कैले आउला हाम्रो दिन?जिम्मल केहि गर्दैनन तैपनि किन सबै कुराले भरि पूर्ण छन्?”
गाउमा कुकुर भुकेको आवाज गुन्जी रहेको थियो सारा गाउ निद्रामा थियो सन्ते निदाउन सकेन चुरोट ठोसेर उ कोल्टे फेर्यो
अनि मन मनै सोच्यो ,”भोलि फेरी भारि बोक्न बाग्लुंग जानु छ निदाउनु पर्छ
निद्रा मा उसले सपना देख्योसपनामा  जिम्मल बाजे उसको बारीमा ढुंगा फोड्दै रहेछन
उ ऐठन भए झै ब्यूझियोउसको शरीर पसिना ले भिजेको थियो
“राम राम राम कस्तो सपना देखेकतै मा बौलाउन त बौलाइन “उ आत्तियो
अस्कोट को बगलीमा चुरोट छाम्यो तर चुरोट सकिएको रहेछ

अस्तु ...................
आबु धाबी (यु ए यी )
09/02/2011
4:47 pm 



Popular Posts

डुंगा:(भाग एक )