यो पल बिती जाओस

यो पल  बिती जाओस
यसमा सुन्यता बाहेक केहि छैन
त्यसैले म कामना गर्छु
यो प्रहर बिति जाओस ..

सिसिफस को नियतिजस्तै
यो बासि जीवन,
उकाली ओराली गर्छ मन
जिबनका यामन भारि बोकेर
घडी का सुइहरु संगको प्रतिस्प्रधा
आफैसंग मलाई फुर्सद छैन ...

म चाहन्छु आउने पल
नव विवाहित दुलही झैँ
हजार सपना आखा मा सजाएर
मेरो सामु उभियोस
त्यो पलमा
जड बनि उभिन चाहन्छु हिमाल  झैँ .....
जम्नु र पग्लनु
सारा सारा स्वीकार्य छ मलाइ
समय टक्क रोकियोस ...
चाहे बितोस युगौ युग ....
सारा सारा स्वीकार्य छ मलाइ

मेरो प्यारो पल
म तिम्रो यादमा छु
प्रतिक्ष्यामा छु ...
बस यो पल बिती जाओस जहाँ तिमि छैनौ .....!!