मन मृग तृष्णा


सिथिल मन जब सुस्ताउछ 
अविराम युद्ध को थकित साँझमा 
शब्द हरु बिस्तारै मेटिन्छन 
अनि मेटिन्छ म हुनु को अस्तित्व ..
यो भ्रामक अनि स्थूल  अस्तित्व को भारि बोकेर ..
जब म चढ्छु आफ्नै अभिमान को शिखर 
त्यहाँ म आफैलाई भेट्दिन ,
यसलाई चाहे  sweet illusion भन  वा मृग तृष्णा 
नियति यस्तै छ 
भिड मा हराएको मान्छे लाइ जस्तै 
म आफैलाई खोज्दै छु .....
तिमिले चिनेको म 
र मैले खोजेको म 
सपना र यथार्थ जस्तै  छन् 
बस्तु र छाँया जस्तै छन् 
यो छाँया को पर्दा भित्र लुकेको म
मेरो खोज को पहिलो अध्याय ..

सोच हाबी हुन्छ अनि 
मन फेरी कुर्लन्छ
'have i gone insane???'
 really do i sound like a freak??
हो साच्चै .....
यो अध्याय को कुनै सिमा छैन 
म यहि निरबता भित्र 
जिबन को खुसि समेट्छु 
जहाँ त्यो खुसि पनि केवल 
sweet illusion बनि दिन्छ..
जिबन पनि केवल 
मृग तृष्णा बनि दिन्छ...


फगत मृग तृष्णा ...


अस्तु :


दिनांक :29/06/2011 12.35
आबु धाबी