मामा घर स्मृति को कोलाज मा ..............

फेस बुक को वाल मा टासिएको एउटा फोटोले मेरो ध्यान खिची रहेको छ
फोटो एउटा सुन्दर ठाउको होम पुगेको ठाउ मैले प्रतक्ष्य अनुभूत गरेको बतास बहने ठाउ..जहाँ को बतासमा म गोठालो को बासुरी र विथोभेन  को सिम्फोनी एकैपल्ट गुन्जेको आभाष पाउछु त्यहा सुन्दर हिमाल हरु पाखा भरि उम्रेका सुनगाभा हेरी लोभिन्छन ,गुरासँ को योवनमा पुलकित भइ क्षण क्षण पग्लिन्छन,
यो ठाउ संग मेरो बाल्यकाल गासिएको छ,यहाँ को बर पिपल को चौतारा अनि पैयुका बुढा रुख हरु मेरो बाल्यकाल देखि का साक्षी हुन् ..
फोटो हरु हेर्दै गए अनि मा हेर्दै फोटो विचरण गर्दै छु बर्खा माशको सिमसिमे जुम्रा पर्ने झरी मा रुझ्दै बाल सखा हरु  संग मामा घरको आगनमा एक खुट्टे खेल्दै छु
मेरी माइजु भान्छा मा खाना बनाउदै हुन्हुन्छ,
“नानी भित्र आउनु अब मामा आउने बेला भयो ,गालि गर्नु हुन्छ ....
माइजु भित्र बाटै मलाई बोलाउनुहुन्छ
“आए माइजु ....”माइजु लाइ  भन्न त भन्थे तर एक खुट्टे खेल्न बाट मलाइ फुर्सद कहाँ ?
घास को डोको गोठ मा बिसाएर मेरो मामा आगन निर बिरालो छाल मा आइ पुग्नु हुन्थ्यो अनि मलाई पछाडी बाट समातेर बोक्नु हुन्थ्यो ..”तिम्लाई कैली... कति बेला बाट होला यो पानि मा रुझेको ???”
म फुत्किन खोज्थे उहा मलाइ बोकेर आगन पिढीमा ल्याउनु हुन्थ्यो अनि तौलिया ले मेरो रुझेको कपाल पुछेर मेरो लुगा फेरी दिनु हुन्थ्यो त्यसपछि माइजुलाइ कराउनुहुन्थ्यो ...
“पानि मा नखेल्नु भनेकी त हु नि ...मलाई गालि खुवाउनु भो हैन ??”मलाइ मायाले भरिको शब्दमा साउती गर्नुहुन्थ्यो माइजु ..मा फिस्स हासी दिन्थे

साँझको यो बेला गाउका सबै घरबाट धुवा निस्किरहेका हुन्थे मेरो मामा घर को पिढी बाट मा धुवा निस्किरहेका घर हरु हेर्थे  अनि बिचार गर्थे ....के के पकाउदै होलान यी घर हरु मा ???
अर्को दिन पारिलो घाम ले गाउ न्यानो हुन्थ्यो ..माइजु पानि लिन कुवा मा जानु हुन्थ्यो म वहा संग सानो बाल्टिन लिएर पछि पछि लाग्थे त्यो बाल्टिन मलाइ मामा ले सहर बाट ल्याई दिनु भएको थियो जुन मुस्किल ले ५ गिलास पानिले भरिन्थ्यो
पानि बोकेर मा अघि लाग्थे अनि माइजु गाग्री बोकेर पछि पछि आउनुहुन्थ्यो ..अनि पिढी मा मेरो सानो बाल्टिन राखेर मा खुइयय गर्थे माइजुले जस्तै निकै थाकेको जस्तो गरि अनि मामा भन्नुहुन्थ्यो ..”ओ हो !!! मेरो प्यारो भान्जी ले कति धेरै काम गरेकी ..खुट्टा नै दुखे होला आउ मा मालिस गरि दिन्छु ..
मेरो मामा घर मेरो लागि स्वर्ग जस्तै थियो,
आमाले बैनी पाउनु भएपछि मामाले मलाइ मामाघर ल्याउनु भएको थियो तर पछि मलाई मेरो मामाघर नै अफ्नो घर जस्तो लग्न थाल्यो अनि मामा माइजु नै मेरो सब थोक
मेरो मामाघर मा भालेको कुखुरी का ssssssss ले बिहानी बोलौदथ्यो अनि आगन को डिल मा रोपिएका बाह्रमासे फुलका पत्र हरुमा बास बसेका शित का थोपा हरुलाई जिस्काउदथ्यो
गाउ कै पानि को श्रोत भनेको एउटै मात्र कुवा मेरै मामा को खेत मा भएका ले मेरो रवाफ बेग्लै हुन्थ्यो म संग नबोलेका र कटटि गरेका हरुलाई मा कुवा मा पानि भर्न दिन्नथे त्येसैले गाउ मा मेरो शान नै बेग्लै थियो मलाई खुसि बनाउन मा फाइदा देख्थे सबै मेरा साथि हरु कसै संग झगडा भयो भने मैले घुर्काइ हाल्थे “पख्लिस पानि लिन त आउलिस नि हाम्रो कुवा मा ...”
मेरो मामा गाउ को मुलबाटो मै एउटा चिया पसल थियो जहाँ बिहानी पख चिया पिउने को अलि चहल पहल हुन्थ्यो चिया को सुर्पि संग चुरोट को सर्को तान्दै राजनीति र घर गाउ का कुरा गर्न रुचाउने हरु एकाबिहानै यहि चिया पसल मा  जम्मा हुन्थे र बिहानी को लोभ लाग्दो पारिलो घाम मा सकिदै दिन भरि को काम को योजना पनि गर्थे मेला पात र परिम को निम्तो पनि यहि जमघट मा हुने गर्थ्यो यो हमेसा कै दैनिकी हुन्थ्यो कुनै तोड्न नहुने नियम जस्तै
हरेक बिहान मेरा मामा का साथी हरु त्येही घरको बाटो हुदै चिया पसल तिर जान्थे मा सबै कि प्यारी भान्जी थिए उनि हरु मलाई निद्रामै बोकेर लैजान्थे दुध र बिस्कुट मेरो बिहानी को खाजा हुन्थ्यो अनि म भात खान मन गर्दिनथे हजुर आमा कराउनु हुन्थ्यो “यो कैली ले भात खाने छोडी अब यसलाई दाइको घर छोडेर आउछु “(म बाबा लाइ दाइ अनि आमा लाइ दिदि भन्थे )यो चेतवानी सुने पछि मैले मनै नभए पनि करैले भात खान पर्थ्यो नत्र दाई  को घर जना पर्ने हुन् सक्थ्यो ....जुन कहिले नहोस भन्ने म सोचथे
चिया पसल को छेवैमा ठुलो किराना पसल थियो यो पसल मा सामान पोखरा देखि ओसारिन्थ्यो र यो काम गाउ का ठिटा ठिटी हरु ले गर्दथे पोखरा पनि घुम्न जना पाइने अनि नगद पैसा पनि पाइने हुनाले उनीहरु लाइ गर्हुँगो भारि बोकेर उकालो ४ घण्टा को बाटो काट्नमा पनि केहि घाटा थिएन अनि त्यसमा पनि यो बगाल मा माया पिरती गास्ने हरुको लागि पनि राम्रो अवसर हुने गर्दथ्यो
मेरी एक जना छेमा थिइन जुनकिरी उनि गाउमा सबै भन्दा राम्री थिइन अनि ४ जना ले  गर्ने काम एक्लै गर्न सक्ने खुबी भएकी गाउ का तन्नेरी हरु सबै उनको ओरि परि झुल्दथे उनलाई आफ्नो बनाउनु सबै तन्नेरी हरुको सपना हुने गर्दथ्यो किनकि उनि राम्री पनि थिइन ,काम पनि गर्न सक्ने अनि मिजासिली पनि थिइन मेला परिमको लागि उनि सबै को रोजाई मा पर्थिन उनि संग काम गर्दा केटा हरु खुब मन लगाएर गर्थे अनि हासो रमाइलो हुनाले दिन गएको पत्तो हुदैनथ्यो
हरेक पल्ट उनि पोखरा जादा उनले मेरो लागि केहि न केहि मिठाइ र खेलौना हरु ल्याई दिन्थिन मलाइ धेरै माया गर्थिन उनि त्यसमा अलि अलि उनको स्वार्थ पनि हुदो हो किनकि उनका सबै भित्रि कुरा हरु मलाइ थाहा हुन्थ्यो र यी कुरा हरु लाइ पर्दा पछाडी राख्न पनि उनले मलाइ खुसि राख्न पर्दथ्यो
गाउकै एक जना साने भन्ने केटा संग जुनकिरी छेमाको पिरती बसेको थियो
एका बिहानै उनि हरु कुवा मा भेट्ने गर्दथे कोहि नउठ्दै जुनकिरी छेमा गाग्री बोकेर कुवा तिर लाग्द्थीन् ,पानि भरि सकेपछि ढुंगाले पैताला घोटेर बस्थिन अनि साने घाटी मा तौलिया बेरेर दात माज्दै आउथे जुनकिरी छेमा गाग्री को पानि पोखेर फेरी भर्थिन र  कहले कहिँ धेरै पल्ट यसो गर्थिन जब उनको र साने दाइका कुरा सकिदैनथे
साने दाइ  को घर परिवार र मेरो मामा घर बिच त्यति राम्रो सम्बन्ध थिएन त्यसकारण पनि जुनेली छेमा र साने दाइ को मागी बिहे सम्भावना थीएन यो कुरा उनि हरु लाइ पनि राम्ररी थाहा थियो अन्तत एक रात जुनेली छेमा गायब भईन मामा हरु ले सारा गाउ खोज्नु भो नातेदार इस्ट मित्र र जुनेली छेमा का साथि सबै संग सोध पुछ र खोजबिन चल्यो अन्त मा साने पनि हरेको कुराले सबै यहि निस्कर्षमा पुगे कि जुनेली छेमा साने संग भागी घरमा रडाको सुरु भो ,अन्त मा केहि हफ्ता पछि उनि हरु गाउमा आए तर मामाघर बाट भित्र्याउने कुरो भएन जसो तसो दिन हरु बित्दै गयो  आखिर मा जुनेली छेमा लाइ बोलाएर टिका टालो गरिदिए
साने र जुनेली छेमा को जोडी साह्रै राम्रो थियो उनि हरु कति बेला पनि छुटिदैनाथिए मेला पात घास जंगल जहाँ पनि संगै जान्थे
तर दिन हरु एकनास  नहुदा रहेछन साने ले जुनेली छेमा लाइ छोडेर इंडिया जाने भए त्यति बेला गाउका धेरै जसो केटा मान्छे हरु काम गरेर केहि पैसा कमाउने सोचका साथ इन्डिया का विभिन्न  ठाउमा मजदुरी गर्न जान्थे
यति बेला जुनेली छेमा ले भाइ पाइसकेकी थिइन
समय आफ्नो रफ्तार मा बढ्दै गयो साने १/२ वर्ष मा छुट्टि आउने गर्थे उनीहरु को दिन राम्रै चली रहेको थियो
गाउमै सानो घर बनाएका थिए उनिहरु सुखी नै थिए तर यो सुख र खुसि का दिन हरु सधै रहेनन
त्यो वर्ष साने दाइ छुट्टि आएर गए पछि जुनेली छेमा बिरामी पर्न थालिन ,अनि बिस्तारै दुब्लाउदै गईन
गाउका मान्छे हरु ले नाना थरि कुरा गर्न थाले धामी झाक्री बैद्य हरेक उपाए हरु गरियो तर उनि निको भैनिन
त्येही वर्ष साने संगै काम गर्ने गाउको मान्छे घर फर्के साने एक दम बिरामी छन् रे घर चिताई औचन भन्ने खबर लिएर आको थ्यो त्यो मान्छे केहि सामन पनि पठाएका रहेछन पछि अर्को खबर आयो सानेदाइ ले संसार छोडेछन् उनको गाउ फर्कने सपना अधुरै रह्यो आफ्नी श्रीमति  र छोरा को मुख हेर्न नपाइ उनले बिदेशी माटो मा सपना हरु आखा मै साची राखी सधै का लागि बिदा लिएछन  
यो कुरा ले जुनेली छेमा झन कम्जोर हुदै गईन ,उनि हर समय रोएर बिताउथिन उनलाई देख्दा मलाई पनि रुन मन लाग्थ्यो पछि अस्पताल मा गैर छेक गराउदा उनको रगत मा HIV POSITIVE देखिएको रहेछ साने दाइ ले इन्डिया बाट रोग बोकेर आएका रहेछन जसको संक्रमण उनलाई पनि भएको रहेछ
यो कुरा घर भित्र बाट कहिले बाहिर झिकिएन,तर मान्छे हरु बाट यो कुरा छिपेको थिएन
पछि उनलाई गाउ मा सबैले हेला गर्न थाले ,उनलाई कुवा मा पानि भर्ना आउन पनि दिन बन्द गरियो
त्येही वर्ष जुनेली छेमा पनि बितिन हेला र तिरस्कृत भएर जिबन को अन्तिम सास उनले रोएर बिताईन जुनेली छेमा को छोरा मामा घरमा हुर्कियो
जुनेली छेमा को मधुर स्मृति मेरो मानस पाताल मा हमेसा रहनेछ,बिना कुनै अपराध उनले त्यो सजाए पाइन कसैले केहि गर्न सकेनन साने दाइको गल्तिले त्यो सानो संसार भताभुङ्ग भयो
अर्को वर्ष मलाइ मामा ले मेरो घर ल्याई दिनु भो बाबा ले मलाइ स्कूल भर्ना गरिदिनु भो अनि दिन हरु सोचे भन्दा भिन्न अनि नरमाइला लाग्न थाल्यो  किनकि मलाइ मामाघर नै अफ्नो घर लाग्दथ्यो र यो घर चै बहिनि को घर जस्तो लाग्दथ्यो मामा जहिले नि घरमा आउदा मलाइ पनि लानु भनेर रुन्थे तर मेरो अनुरोध को सुनुवाई भएन जे होस् बेला बेला मा मामा घर गइन्थ्यो तर तर केहि दिन को लागि मात्र
मामा घर बसाइ का तिता मिठा अनुभुती हरु को सृखंला मेरो जीवनको एक हिस्स बनेर हमेसा रही रहनेछन्
फेस बुक को झ्याल बन्द गरेर म जुनेली छेमा लाइ सम्झना थाले
(यो कथा कसैको वास्तविक अनुभुती हो,उनलाई हृदय देखि धन्यबाद ..अनि जुनेली छेमा प्रति श्रद्धा सुमन )

अस्तु ...
दिनंका :२५/०९/२०११
अबुधाबी