पोस्करको आगो


बाथको ब्यथाले थालिएकी बुढी बजै
ओदान को बिचमा मकै को पोस्कर कोच्छिन
ओसिएको सलाइको खोरिमा
एउटा काटी रगड्छिन केही बेर
कामी रहेका हातहरुले
अली कती न्यानो सल्काएर
सेक्न चाहन्छिन उनी
कठाङ्रिएको आत्मा।
जो जम्दै छ,बरफ् भन्दा बढी।।

बर्ष बर्ष भिजेका परेला
अनी आँखाका बर्खा हरु..
एक दसक चिरिएको मुटु,
अनी सुस्केरा का बिस्कुन हरु…
सूकाउन चाहन्छिन
मकै को पोस्करको झरिलो आगोमा
जो बल्ने छैन केही पल भन्दा बढी
थकित अध्यारो आक्रिती
कतै दुर देखी आएर
छोरा को हक जताउदै,
लम्पासार पर्छ उनको काखमा…
उनको चाउरी परेको मुहारमा
कतै म भेट्छु
मात्रीत्वको बिशाल अन्तरिक्ष्य…

“ म हारे ।
म थाके आमा,
तिम्रो छोरा आयोग्य लाडाकु रे”
उ बडबडाउछ
सन्निपातको बिरामी झै
र रुन्छ एकोहोरो बच्चा झै
"दुनियाँ बादल्ने सपना देख्दा
तिम्रो फाटेको चोली कहिलै देखिन।"
बजै भक्कनिदै कस्छिन् उस्लाई
कम्जोर छातीमा।।
कतै नजाओस भनेर…


फेरी पारी गाउमा कतै बन्दुक पड्कियो।।
अनी निभ्यो मकै को पोस्कर को झरिलो आगो।
बुढी आमा को आसु नसुक्दै…


अस्तु।।
07/12/2010
  • आबु धाबी

Comments

Popular Posts

डुंगा:(भाग एक )