मुस्कान / अस्तित्व.


आशुले तिम्रो
आँखाको गाजल बगाउदा,
मेरो मुटुभरी आगो सल्किन्छ,
तिम्रो मुहारमा
ब्यथाको बादल छाउदा,
मेरो संसारमा अध्यरो हल्किन्छ,
तिम्रो एक मुस्कान,
तिम्रो एक पलको खुशी
मेरो जीवन को अमुल्य प्राप्ती हो,
म डुबु बेदनामै,
तर तिमीलाई सधैं रमेको देखु
म डुबु अन्तरनाद को अहालमा
तर तिमीलाई सधैं हासेकै देखु ..
म हुनु को अर्थ मलाई
तिमीसँग हुँदा बोध हुन्छ
शायद यही होला तिम्रो मुस्कान
अनी मेरो जीवनबिच को रहस्य
तिम्रो मुस्कान
मेरो अस्तित्व............!!!












Comments