भन्ने हाम्लाई लाइ रा' छ !!!

आज हाम्रा नेता हरुको  गुनगान गाउन  मन लाग्यो ,ल सुरु गरु है त ?????

१......
२..........
३............ ल जा !!!!!!

नेता देश मा हुन्छन ,मीटिंग मात्र गर्छन 
नेता विदेश जान्छन ,भिख मात्र माग्छन 
मिले सम्म सबै बेच्छन .
नभए पनि इज्जत सम्म बिक्रि गरेरै आउछन .
यति मात्रै भन्दा अपमान होला .
अरु पनि गर्छन ,
सिलान्यास गर्छन ,
उद्दघाटन गर्छन 
मौका मिले रात्रि भोज गर्छन .
दिवा भोज गर्छन 
अझै अरु पनि छन् ...
घुस लिदैनन .हात को फोहोर गर्छ ??
आजकल  P.A ले 
भिजिटिंग कार्ड को पछि बैंक खाता नम्बर दिन्छन ,
नेता हरु ,पनि बिरामी हुन्छन 
घरका डाक्टर को के भर ,
कैची नै भित्र छाड्छन .
नभए टाउको दुखे भुडी नै चिरी दिन्छन ..
त्यसैले फेरी बिदेसी जान्छन ..

बाचाका कति पक्का ... हाम्रा नेता 
खाल्डो बाहिर कार्यक्रम भए हेलिकप्टर चढेरै  भएनी पुग्छन
कुबेर खोज्न देवलोक जान  पर्दैन 
किलोका किलो सुन दाइजो मा पाएको भन्छन ..
हाम्रा नेता का ससुराली दाइजो तोलामा हैन 
किलो मा दिन्छन ...बाबा ...नसकिने भो ,
हैन यिनका साली हरु सबैको बिहे भैसके होला ???? :)))

हैन ठ्याक्कै याद पनि छैन 
यो  संबिधान को धान रोपेको कति भो ??
यो धान फल्ला र भात खाउला  भन्नु ,
साँढेको..........झर्ला र खाउला भन्ने
 स्याल कै कथा जस्तो  भो !!!
कुन व्यवधान ले यो धान फलेन ?? खै के को रग रग !!!
कैले फेरी सुरु हुने हो राज्य  पुनर्संरचना ....
ज्यान मार्ने हत्यारा को लागि प्र म को याचना !!!

खै मुस्तांग चढ्ने ले पनि केहि लछारपाटो लाएनन ..
भन्ने ले भने .बिचरा ले केहि गर्न पाएनन 
बरु उनकै घर  मन्त्रि ले उनलाई लगाउदी रैछिन ..घुर्की र धम्कि ???
नारी शक्ति को अगाडी कस्को पो के लगनी रैछ र ??

बरु  डाक्टर साब लाइ  पत्नी पिडित संघ को अधक्ष्य बनाए हुन्छ !
बरु हिसिला यमी लाइ  अबको भावी परधान मन्त्री बनाए हुन्छ  ?????
यिनले चै केहि गर्छिन भन्ने हाम्लाई लाइ रा'छ !!!!
ओ हो !!!!! हि हि ही  त्यसो गर्दो कसो होला ??????


Comments