बिबस यात्रा .....!!!

बर्तमान मा बसेर भबिस्ये लाई हेर्दा गन्तब्ये धेरै टाढा देखिन्छ     
निस्वर्थ भाबले समय लाई बुज्दा मायालु धेरै टाढा देखिन्छ !!!

प्रमाण को लागि ईतिहास डाइरी फर्काइ हेरियेमा
जोडेको माया संगै भएनी तोडेको पहिला तिमिले देखिन्छ!!!!!

दुई मुटु जोडी सधैकोलागी आफन्त सम्झियेर
गरेको बाचा संगै भएनी छोडेको पहिला तिमिले देखिन्छ !!!

सफल जीवन भबिस्ये बुझी अघाडी बढ्दैजादा
गन्तब्ये हाम्रो यौटै भएनी मोडेको यात्रा तिमिले देखिन्छ !!!

रहेर संगै जिन्दगीसँग हास्खेल गर्दा गर्दै  
सम्बन्ध भूली पराई नाता जोडेको पहिला तिमिले देखिन्छ !!!


नबिन बस्नेत (दोहा ,कतार)
20-08-2011

Comments