गजल एक प्रयाश

म ब्यथा बाँड्ने एउटा साझेदार खोज्छु
रित्तो मुटुको लागि किरायदार खोज्छु

उभिएर कति हेरु जड उजाड किनार हरु 
लहर  सगै उर्लिने  मझधार खोज्छु

कौडीको भाउमा नबिक्ने भो मूल्य
म हिराको  भाउ दिने खरिदार खोज्छु 

के सुन्थ्यो पत्थरको भगवानले पुकार 
ढुंगालाई देउता  मान्ने आधार खोज्छु

म ब्यथा बाँड्ने एउटा साझेदार खोज्छु
रित्तो मुटुको लागि किरायदार खोज्छु















(रहरै रहरमा गजल लेख्ने प्रयाश  गरेको छु ....
गजल विधाका अग्रज हरुलाई प्राबिधिक सुझाव सल्लाह को लागि बिशेष अनुरोध गर्दछु ,धन्यवाद !!)
१२/१२/२०१२
आबुधाबी

Comments