उ बिउझियो ।
त्यो अँध्यारो कोठाको झ्यालका कापहरु बाट घाम का किरण हरु
भित्र प्रवेश गरि रहेका थिए ।
उसको टाउको एकदम भारि भैरहेको थियो ।“अह्ह्ह्!!!”दुवै
हात ले टाउको थिचेर फेरी बिस्तारमा पल्टियो ।हातमा घडी पनि थिएन
,समयको अन्दाज गर्न मुस्किल थियो ।
उसको अहिले को चिन्ता भनेको उसको सिर दर्द थियो ।जसले उसलाई केहि
सोच्न नसक्ने बनाएको थियो ।केहि सम्झे जस्तो गर्यो उसले रक्सि पनि पिएको
याद छैन अनि लुगा हरु सुघ्यो रक्सिको गन्ध कहिँ थिएन । बिस्तारै उठेर ढोका
तिर बढ्यो उ अनि खोल्ने प्रयास गर्यो ।तर ढोका बाहिर बाट बन्द गरिएको थियो ।ढोका तान्दा बाहिर ताल्चा ठोकिएको आवाज सुनियो ।उसले अड्कल काट्यो
उसलाई कसैले कैद गरेको छ ।
उ आत्तियो झ्याल खोल्ने कोशिस गर्यो तर झ्याल हरु पनि बन्द
थिए ।
हर कोशिस हरू असफल भैसके पछि उ त्येही खाट मा आएर बस्यो ।घुडामा कुइन हरु
टेकाई उ टाउको हात लगाई बस्यो ।
खाट को छेउमा एउटा बासले बनाइएको सानो टेबल थियो । एक जग पानि अनि
एउटा थाल थियो अखबार ले छोपिएको ।
अखबार पन्छाएर हेर्यो उसले ।त्येहा ५ ओटा जति
सुक्खा रोटि अनि सानो कचौरामा आलु गोवि को सब्जी थियो ।जसमा कक्रोच घुम्दै
थिए ।
खान चिसो थियो,अनि सांग्ला पनि घुम्दै थिए रोटि सुकेर काठ जस्तै भएका थिए तैपनि त्यो उसको
लागि पर्याप्त थियो ।सांग्ला हरुलाई भगाएर उसले पेट पुजा गर्यो ।
२ ओटा रोटि र अलि कति सब्जी खाएर टन्न पानि पियो उसले ।
अनि फेरी सोच्न थाल्यो ।
“हैन! कति दिन देखि मा यहा छु ?“उसले आफिलाई सोध्यो अनि
गालामा छामेर हेर्यो ।दारी मुसारे पछि उसले अड्कल काट्यो कम्तिमा दुइदिन भएछ दारी
नकाटेको ।अन्तिम पल्ट दारी शेव गरेको सम्झियो उसले त्यो पुष ९ गते
थियो ।उसले बिचार गर्यो आज पुष ११ नत्र बाह्र चै अबस्य हो ।यानी कि म यहा २ /३ दिन देखि बन्द छु ।
झ्यालका काप बाट उसले बाहिर चिहाउने कोशिस गर्यो ।जाडो महिनाको मलिन
घाम उज्यालो बनाउन मात्र काफी थियो ।काठको गोदाम जस्तो टिनले छाइएको छाप्रो मुस्किलले देखिन्थ्यो ।जसको अगाडी एउटा
साइन बोर्ड झुन्डिरहेको थियो ।
साइन बोर्ड मा लेखिएको कुरा पढेर उ अवाक रह्यो ।त्यो छाप्रो काठको
गोदाम हैन रहेछ मासु पसल रहेछ ।साइन बोर्ड मा लेखिएको थियो ...
“मुमताज फ्रेश हाउस “
पटना -१६ ,बिहार
फ्रेश चिकन मटन, फिश और बिफ के लिए याद किजिए ।
“पटना ???बिहार ???बिफ ????”
“हे भगवान!!”
उ थुचुक्क बस्यो ।उसको दिमाख सुन्य भयो ।उ आफ्नै धड्कन
सुनिरहेको थियो ।
अघि खान छोपेको अखबार को पानामा आखा हरु दौडाउन थाल्यो ।
अखबार को नाम च्यातिएको थियो ।अनि जति समाचार थिए
ति सबै इन्डिया का थिए अनि भाषा पनि हिन्दी नै थियो ।
याध्हपी उ अब स्पस्ट भयो कि उ नेपालमा थिएन ।अनि उ आफ्नो मर्जीले
यहाँ आएको पनि थिएन र जसले उसलाई यहा ल्यायो उसको नियत राम्रो अवस्य पनि थिएन ।
उ कोठा को एता उता
हिडिरहेको थियो ,कोठा को गोलचक्कर लगाउदै थियो ।यहा बाट निस्कने
बाहेक केहि उसको दिमाख मा थिएन ।
केहि सम्झिएको जस्तै गरि उसले हतार हतार पाइन्ट को गोजी
छाम्यो ।मोबाइल निकाल्दै उ हास्यो पागल झैँ ।
तर मोबाइलको ब्याट्रीको चार्ज सकिएको थियो ।
उसका आँखा हरु भरिए ।
उसको मुटु त्रासले गर्दा जोड जोड ले धड्किरहेको थियो ।
दौडिएर गइ उसले ढोकामा लात्ती हान्न थाल्यो ।अनि पागल झैँ
चिच्याउन थाल्यो ।
“हेलो .............................”
कोहि छ ???
हेलो ..........................
गुहार .................कोहि मलाइ यहाँ बाट बाहिर निकाल ।“
उसको अवाज को प्रतिध्वनी बाहेक केहि प्रतिक्रिया सुनिएन ।
उ त्येही झ्याल को काप बाट चिहाएर बस्यो कोहि आइहाल्छन कि
भनि । तर उसले सोचे जस्तो केहि भएन ।
बिस्तारै साझ पर्न थाल्यो ।
जाडो बढ्न थाल्यो ।अनि अध्यारो बढ्न थाल्यो ।
उ बिस्तारमा डल्लो पर्यो अनि सोच्न थाल्यो ।
“कसले यो सब गरेहोला ?मेरो त आखिर कोहि संग दुश्मनी थिएन ।“
यहाँ थुनिन भन्दा पहिला को दिनका बिहान देखि
साँझ सम्म को घटना हरु एक एक केलाउन थाल्यो ।
प्यान्ट को पहिल्लो गोजीमा छाम्यो उसले ।पर्स त्येही थियो ।निकालेर हेर्यो ।पैसा ,भिजिटिंग
कार्ड ,कन्ट्याक नम्बर अनि केहि ठेगाना हरु लेखिएका कागज का टुक्रा,१ पिस
कण्डम,अनि छोरो र श्रीमतीको फोटो सबै यथास्थान मा थिए ।
श्रीमती अनि छोरो को फोटो हेरेर उ भक्कानियो र
रोयो ।जिन्दगीमा होस् सम्हाले देखि उसले कहिलै रोएको थिएन ।
मान्छे हराएको सुचाना !!!!
“गहु गोरो बर्ण,अन्दाजी ५ फुट ६ इन्च उचाई,कालो कपाल
निधारमा खत भएको २८ बर्षको महेश कार्की
नाम गरेको मान्छे मिति २०६२ साल फागुन १४ गते देखि हराएको हुदा फेला पार्नुहुने माहनुभावले
नजिकैको पुलिस चौकी वा निम्न सम्पर्क
नम्बरहरुमा खबर गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौ ।“
राष्टिय दैनिक अखबारका पाना हरुमा महेश हराएको सुचना
प्रकाशित भइ रहेका थियो।
उसकि श्रीमती अनि बुढी आमाले त्यसै दिन देखि न केहि खाएका
थिए न आखामा निद नै थियो ।आफन्त साथि भाइ सबैठाउमा सोध पुछ भयो तर कहिँ बाट उसको
पत्तो लागेन ।
रोजगारी को सिलसिलामा दुबई जाने तयारि मा थियो उ राम्रो तलब
अनि सुविधा देखेर केहि वर्ष विदेश मा दुख गर्ने निर्णय गरेको थियो ।अनि परिवार पनि उसको
निर्णयमा खुसि नै थिए यद्दपी परिवार बाट टाढा हुन त कसको नै चाहना हुन्छ र ??
अघिल्लो हफ्ता उसले स्वास्थ परिक्षण गरेको थियो जसको
रिपोर्ट लिन उ खान खाइ वारी मेडिकल तिर लागेको थियो ।
मान्छे हरुको भिड भाडको बिचमा उ लाइनमा उभिएर पालो कुर्न
थाल्यो ।
रिपोर्ट हात परेपछि भगवान पुकारेर खोल्यो ।अंग्रेजीमा FIT लेखिएको छाप देखेपछि उसको खुसि को सिमाना नै रहेको थिएँ ।
हत्त पत्त मोबाइल निकालेर उसले श्रीमतीलाई कल गर्यो ।
हेल्लो !!
अ !!रिपोर्ट राम्रो आएछ म पास भए ,१ घण्टा मा घर आइपुग्छु म निक्लिए यहाँ बाट ।“
अ !!रिपोर्ट राम्रो आएछ म पास भए ,१ घण्टा मा घर आइपुग्छु म निक्लिए यहाँ बाट ।“
यति भनेर उसले सम्पर्क बिच्छेद गर्यो ।
पछाडी बाट कसैले उसलाई बोलायो ।
“महेश कार्की ।“
सेतो पोशाक लगाएको डाक्टर जस्तो मान्छे ले उसलाई बोलाएको
थियो ।उसले मास्क लागाई रहेको थियो ।
“हजुर भन्नुस !”
“तपाइँ एक छिन भित्र आउनुहोस ।“
“तपाइको ब्लड स्याम्पल फेरी लिन पर्ने भयो। चिन्ता नगर्नुस .ITS OK..”
यति भने पछि उ डाक्टरको पछि लाग्यो ।
महेस को मुहारमा चिन्ता का धर्सा देखिएका थिए ।
“एउटा साम्पल मात्र लिन खोजेको हो डराउनु पर्दैन ।तपाइँ पास भैसक्नु
भएको छ “।बिरामी सुत्ने खाटमा उ पल्टियो
उसले जोरले आखा बन्द गर्यो अनि दात कसेर आफुलाई तयार पर्यो । ।अनि डाक्टर ले एउटा
सूई लगाइ दियो ।
उसको आखा भरि भयो अनि दृश्य धमिलिन थाल्यो ।डाक्टर ले मास्क
खोल्यो तर उसले अनुहार ठम्याउन सकेन । एकै छिनमा
उ अचेत भएको थियो ।
त्यसपछि को केहि कुरा हरु उसलाई याद थिएन ।
******************************************************************************
“यो सब गर्ने त्येही डाक्टर हो ।“उसले अड्कल गर्यो ।
“हरामी !!म यहाँ बाट मात्र निक्ल्यु तलाई म छोड्ने छैन ।“
“हेलो !!!!!
कोहि छ ????
मलाइ बचाउनुहोस प्लिज ।“
ढोका मा ढक ढक गर्दै उ याचाना गरिरहेको थियो ।
जीवन रक्षाको भिक माग्दै थियो उ तर सुनिदिने कोहि थिएन ।
फेरी ढोकामा लात्ती बर्साउन थाल्यो ।तर केहि सिप लागेन
अन्तत थाकेर थुचुक्क भुइमा बसेर क्वा
क्वा रुन थाल्यो ।
पुलिस चौकी मा उसकी आमा र श्रीमती बिहानै गएका थिए यहि
आशामा कि महेश को बारेमा बुझ्न ।
तर चौकीमा हिजो कै कुरा बाहेक केहि नया चिज सुन्न पाएनन
उनीहरुले ।
“अनुसन्धान भइ रहेको चिन्ता नगर्नुस हामी पत्ता लगाएरै
छोड्छु ।“
अ !! अनि कसैले फिरौती मागी रहेको त छैन ??कुनै अपरिचित वा
परिचित लाग्ने मान्छे को फोन वा चिठी ......???उसले सोध्यो ।
महेश कि आमाले भनिन ।
“केहि खबर छैन हजुर !हामी खाना लाउन मुस्किलले पुग्ने मान्छे
लाइ किन त्यस्तो बैरी लाउलान र ??”
बुढी मान्छेका आखाहरु आशुले भरिए ।
“हैन केटि लिएर भागेको पो हो कि आजकल को केटा हरु को के भर?मान्छे
पनि हिरो रहेछ । ”
चोरि औला ले खैनी को डल्लो भुइमा फ्यात्त फालेर पिच्च थुक्दै
त्यो अ.स.इ ले भन्यो ।अरु पुलिस हरु मजा मान्दै हासे ।
उनीहरु लाइ कसैको घरको सदस्य हराउनु को ब्यथा सामान्य थियो ।वा भनौ दिन कटाउने
एउटा सस्तो मजाक को बिषय ।
एउटा मरन्च्यासे जवान ले भन्यो
“सार्है हसौनुहुन्छ अ.स.इ साप ।“
ति सासु बुहारी चौकी को भित्तामा टासिएको सुचना पाटीमा
हराएका मान्छे हरु को फोटो को लहरमा आखा
दौडाउन थाले ।महेश को फोटो सबै भन्दा पुछारमा थियो ।
हात लाग्यो सुन्य एउटा मरन्च्यासे जवान ले भन्यो
“सार्है हसौनुहुन्छ सर पनि ।“
ति सासु बुहारी केवल मजाक बने अनि फर्के ।
बाटो भरि भ्याएजति का मान्छे हरुलाई महेश को फोटो देखाएर
सोध्ने गर्थे ।
“यो मान्छे लाइ कतै देख्नु भो हजुर ??”
पाइने जवाफ एउटै हुन्थ्यो ।
“अह! देखिन वा थाहा भएन ।
कोहि त माग्ने मान्छे होला भनेर परे देखि तर्किन्थे ।
कोहि चाही शान्त्वना दिन्थे ।
“कठै बरा !!कस्तो विपत आइपरेछ ।हेर यस्तो जवान
मान्छे ।च्व च्व .......”
आखाभरि आशु अनि छाति भरि पिडा बोकेर उनीहरु फर्किए ।
घर आउन बित्तिकै छोरो ले सोध्यो,”ममी ड्याडी कहिले आउने ?”
सासु बुहारी उसको अनुहार हेर्दै मुटु गाठो पारेर
रोए ।
यो अन्जान घरमा उसको होश आए पछि को यो दोस्रो दिन थियो ।
बिहान उ जव बिउझियो उ बिस्तारमा थियो ।अनि नाडीमा सूई सहित
सलाइन पानि को पाइप घुसारिएको थियो अनि शिरानी को दाया पट्टि सलाइन पानि स्ट्याण्ड
मा झुन्डिरहेको थियो । उसका हात हरु खाट का तख्ता संगै रस्सिले बाधिएका थिए । अनि बिस्तारको बाया
पट्टि झ्याल नजिकै को कुर्सीमा एउटा मान्छे हत्केलामा टाउको अड्याएर उसलाई हेरी
रहेको थियो ।
बिस्तारै टाउको उठाउने कोशिस गर्यो महेसले ।
“गुड मर्निंग !!!”
अपरिचित मान्छेले आफ्नो ठाउ बाट उठ्दै प्रभातकालीन अभिवादन
गर्यो ।
“हाम्रो भेट भैसकेको छ यदि तिमीलाई याद छ भने ।
म डाक्टर अनिल झा । “आफ्नो परिचय खुलायो उसले ।
कुरा लाइ सहज बनाउने हिसाबमा डाक्टर अनिल ले भन्यो ।
महेश ले सम्झियो यो त्येही डाक्टर थियो ।
महेशले हात हरु मुक्त गर्ने कोशिस गर्यो तर सकेन ।
“अ !! मलाइ याद छ ।कसरि भुल्न सक्छु म यो अनुहार ?”
घृणाले भरिएका नजर हरु उतिर फ्याक्दै महेशले भन्यो ।
“आइ यम सरि ,मलाइ याहा सम्म आइपुग्दा ढिला भयो ।तर तिम्रो राम्रै
ख्याल राखे होलान नि हैन तिनी हरुले ??”
“को तिनी हरु ??”यानी यो अपराध म त एक्लै छैनस हैन त ?...u are all dead…fuckers!!
म तिमि हरु कसैलाई छोड्ने छैन ।याद राख मेरो कुरा ।“
आफ्ना हात हरु मुक्त गर्ने हर सम्भव प्रयाश गर्दै थियो उ ।
“म तिम्रो समस्या बुझ्न सक्छु महेश !कसैको कैद भित्र थुनी
कति पिडादायक हुन सक्छ ।
तर तिमि गर्व गर तिमि एउटा महान मान्छे हौ अनि तिमि एउटा
ठुलो बलिदानी गर्न जादैछु ।“
सुर्य चुरोट को खिल्ली ओठमा च्यापेर भन्यो उसले ।
रमेश छाँगा बाट खसे
झैँ भयो डरले उसको आठ मुख सुक्यो । अनि आँखा हरु आशुले भारी भए ।
उस्ले आफ्नो जीवन को भिख माग्यो ।
जीवन भर उसको गुलाम भएर रहने किरिया खायो तर त्यो मान्छे
पग्लिएन ।
उसले चुरोट सल्कायो अनि लामो कष लियो ।
“चुरोट पिउछौ तिमि?”डाक्टरले सोध्यो ।
दयालु बनि उसले प्रस्ताव राख्यो महेश केहि बोलेन ।
उसले चुरोट महेशको ओठ मा टासी दियो अनि महेश ले चुरोट को
धुवा फोक्सो भरि हुल्यो ।
“तिमीलाई यह सम्म ल्याउन धेरै मिहिनेत गर्या छु मैले !के
तिमिलैयो सब त्यति सजिलो छ जस्तो लाग्छ ?”
महेश को पर्सको फोटो हेर्दै भन्यो उसले ।
“मेरो पनि तिम्रो जत्रै छोरा छ महेश ।एउटा मात्र सन्तान । हाम्रो अर्को बच्चा
हुन असम्भव छ।
र मेरो छोरा मृत्युको मुखमा छ ।अफ्नो सन्तान मृत्यु
को मुखमा हुदा कस्तो हुन्छ होला ?तिमीले कल्पना पनि गर्न सक्दैनौ ।“
तर तिमिले बचाउन सक्छौ उसलाई ।तिमि उसको जीवन दाता
हौ ।प्लिज बुझ्ने कोशिस गर ।“
महेश ले आवाज कमाउदै सोध्यो ।
“आखिर के चाहन्छौ तिमि मसंग ।मैले के बिगार गरेको
छु तिम्रो र यो सब गरि रहेका छौ ?”
“तिमि एउटा अशल मान्छे हौ महेश मेरो तिमि संग केहि दुश्मनी
छैन ।“
म केवल तिमिसंग बाट मेरो छोरा को जीवन दान चाहन्छु ।“
के गर्न सक्छु मा त्यसको लागि ,म हरथोक गर्ने छु तिम्रो
छोरालाई बचाउने छु तर प्लिज मलाइ छाडी देउ ।“
डाक्टर ले चुरोट भुइमा ठोस्यो अनि मौन रह्यो ।
अन्दाजी १ घण्टा पछि एउटा गाडी त्यहि घरको बाहिर पट्टि
पार्क गरियो ।
महेश सहयोग को झिनो आशामा चिच्यायो ।
“हेल्प मि ................हेल्लो ...................प्लिज
!!”
अनिल चाही मुस्कुराई रहेको थियो ।
“चिन्ता नगर तिमीलाई नै भेट्न आएका हुन् ।“
२ जना भारतीय मुलका मान्छे हरु भित्र प्रविस्ट भए ।
डा.अनिलले भन्यो ,
“मैले तिमीलाई धन्यबाद दिने पर्छ महेश ! मेरो छोरा को जीवन
बचाएकोमा ।तिम्रो गुण म कहिल्यै भुल्ने छैन ।तिम्रो परिवारको
चिन्ता नगर अब त्यो परिवार मेरो भयो । तिम्रो खाता मा हरेक महिना म तिम्रो
परिवारलाइ खाना लाउन पुग्ने अनि तिम्रो
छोरा को पढाई खर्च पुग्ने पैसा हालिदिने छु । यो मेरो बाचा भो
तिमीलाई ।“
“गुड बाइ महेश !!भगवान ले तिम्रो आत्मा लाइ शान्ति अनि
तिम्रो परिवार लाइ तिमीलाई भुल्ने क्षेमता प्रदान गरुन !!”यसो भन्दा उसको अनुहारमा
अपराध बोध को अनुभुती थियो ।
महेश अवाक भयो उसका आखा हरु आसुले भरिएका थिए अनि मुटु गाठो
परिरहेको थियो ।
अन्तिम पल्ट उसले आफ्नो छोरा आमा अनि श्रीमती को फोटो
हेर्यो अनि आखा बन्द गर्यो ।
ति दुइ जना मध्यको एक जनाले ले फेरी सूई लगाई दियो अनि महेस फेरी अचेत ।
बाहिर पार्क गरिएको गाडी एम्बुलेन्स थियो ।
उसलाई एम्बुलेन्स मा हालेर अनिस बिदा भयो ।अनि ति मान्छे हरुले
उसलाई अमुक गन्तव्य तिर लिएर गए ।
केहि घण्टा पछि उसलाई झिनो होस् आयो ओरि परि नजर डुलायो ।अत्याधुनिक हस्पिटल
को अप्रेसन थिएटर मा थियो उ । २ जना केटि मान्छे अनि एउटा लोग्ने मान्छे उसको
वारी परि केहि तयारि गर्दै थिए ।उसले सोच्यो मेरो
मृत्यु को तयारि होला यो ।
उसले आफ्नी आमा श्रीमती अनि छोरा लाइ सम्झियो ।उसका आखा हरुबाट
आशुका भेल बगिरहेका थिए ।उसले आखा बन्द गर्यो ।अन्तिम पल्ट त्यसपछि उसलाई कहिले आखा बन्द गर्नु
पर्ने थिएन ।
महेश को मुटु उसको सरीर बाट निकालियो अनि डाक्टर अनिल को छोरा को मुटु संग प्रत्यारोपण गरियो ।
पैसा मा बिक्ने यो दुनिया मा असम्भव भन्ने कमै चिज हरु
रहेछन ।
डाक्टर अनिल ले यो
कुरा प्रमाणित गरेको थियो ।
केहि महिना को आराम पछि उसको छोरा सामान्य भइ सकेको थियो ।उसको परिवार मा खुसि
नै खुसि थियो ।यस्तो लाग्दथ्यो हरेक दिन उत्सब छ ।उता महेश को परिवार
महेश कुनै दिन अवस्य फर्कन्छ भन्ने कुरा मा बिस्वस्त थिए ।
यहि २ महिना को बिच मा महेश को कता मा पैसा हरु
पनि आउन थालेको थियो जसले गर्दा उनि हरु अझ ढुक्क बनेका थिए ।कि उ कहिँ कमाउन
गएको छ सायद दुर्गम तिर होला त्यसैले सम्पर्क नगरेको होला ।
समय बिती रहेको थियो आफ्नै गतिमा ।
त्यस दिन डाक्टर अनिल , उसकी श्रीमती अनि छोरा बिबेक परिवार
पिकनिक को लागि भनेर निस्केका थिए ।
पार्क को घासमा म्याट बिछ्याएर बसे । डाक्टर अनिस चिकन
बार्बिक्यु को तयारि मा लग्यो ।
केहि छिन मै पोलिएको चिकन को बास्ना वर पर फैलिदै थियो ।
“ड्याडी आइक्रिम् खाने !!”
“जाउ यसलाई आइसक्रिम ल्याइदेउ “आफ्नी श्रीमती लाइ अह्र्यायो
उसले ।
“नाइँ म पनि जाने !”छोरा ले फेरी जिद्दी गर्यो ।
“ल ल जाउ ।“
उसले अनुमति पायो ।
खुसि हुदै उठ्यो अनि आमा को हात समातेर रोड पारि को आइक्रिम
पार्लर तिर लाग्यो ।
डाक्टर अनिस लाइ आफ्नो अपराध को कुनै लज्जाबोध वा अपराध बोध
थिएन किन कि उसको सोचाई मा उसले जे गरेको थियो त्यो आफ्नो सन्तान को लागि गरेको
थियो ।
यो सब उ खुद डाक्टर भएको ले पनि सम्भव भएको थियो किनकि
उसलाई सबै कानुनि आधार हरु थाहा थियो । डकुमेन्ट हरु के के बनाउने कस्तो प्रकृतिको
बनाउने ?को मान्छे लाइ के जिम्मेवारी दिने अथवा कति पैसा कुवाउने ??? आखिर पैसा
पाएपछि सबै गर्न सकिन्छ ।यसको प्रमाण उसको छोरा जो अहिले आफ्नै खुट्टाले हिडेर आइस क्रिम पार्लर जादै थियो । जो अहिले नयाँ जिबन
बाची रहेको थियो ।
।
बिबेक लाइ त्येसरी
हिडेको हेरी रहदा आफुले मृत्यु संग लडेर छोरालाई फर्काएको गौरब गर्दै थियो ।
मृत्यु माथि को बिजय हो यो ।उ मुस्कुरायो अनि
हेरी रह्यो ।
पोलिएको चिकन उनिएका झिर्लाई प्लेट मा राखेपछि उसले आफ्नो
लागि सानो ड्रिंक बनाउदै थियो । उ अहंकारको मदमा
नाक का पोरा हरु फुलाएर व्हिस्की को
चुस्की लियो
अचानक...............
चीईईईईईईई “गाडी को जबस्जस्ती ब्रेक लगाएको आवाज सुन्यो
उसले ।
झस्किएर उ कुद्यो ।
गाडी उसको नजरबाट बिलिन भयो ।
उसको अगाडी आफ्नी श्रीमती र छोरा अन्तिम सास गनी
रहेका थिए ।
मृत्यु लाइ किन्ने उसको अभिमान यति खेर रगत बनेर
बगिरहेको थियो ।
अर्को दिन अखबारमा समाचार थपियो ।
डा.अनिसको परिवार को दर्दनाक समाचार ।अनि भाव पूर्ण
श्राधान्जली का बर्गीकृत हरु ।
अर्को पाना मा महेश हराएको समाचार अझै त्येही थियो ।
मान्छे हराएको सुचाना !!!!
“गहु गोरो बर्ण,अन्दाजी ५ फुट ६ इन्च उचाई,कालो कपाल
निधारमा खत भएको २८ बर्षको महेश कार्की
नाम गरेको मान्छे मिति २०६२ साल फागुन १४ गते देखि हराएको हुदा फेला पार्नुहुने..............................................................
अस्तु
०२/०५/२०१२
अबु धाबी