कुनै दिन ,
देशको निम्ति लड्दा लड्दै ,
वा जनताको निम्ति भिड्दा
भिड्दै
यो देश को माटो
मेरो आलो रगतले भिजाएछु भने
पहाड जस्तै मृत्यु लाइ
आलिंगन गरेछु भने
मेरो निम्ति एक अन्तिम
उपकार गर्नु
मेरो शालिक कहिल्यै नबनाउनु
कहिँ कतै नबनाउनु !!!
म चाहन्न निरिह बनि उभिएर तमाशा हेर्न
यो लाश हरुको बस्तीमा रमाई रहेका
भोका गिध्ह हरुको ..
म मेरो बिचार छातीमा लिएर मरुला
स्वप्न ब्यापारी हरुले
सपनाको कालो बजारी गरेको मौसममा
मेरो सपना कमसल र सस्तो हुन सक्ला ,
मेरो सपना आखा हरुमै समाधिस्त गरुला,
तर छाति फुलाएर उभिएको शालिक भित्र
धुजा धुजा भएको सपना लिएर
ज्वाला बोकेका आखाहरु भित्र
आँशुको सुनामी लिएर
कसिएका मुट्ठी भित्र
लाचारीको कात्रो बोकेर
उ उभिन सक्दिन
म हेर्न सक्दिन
म सुन्न सक्दिन ...
मेरो साथि!
बस यति उपकार गर्नु
सहिद को ट्याग ठोकेर
बिच बजार मा उपहासको पात्र बनाइ
मलाइ कहिल्यै नउभ्याउनु
मेरो शालिक
कहिल्यै नबनाउनु
कहिँ कतै नबनाउनु
आशा छ ,
मेरो अन्तिम इक्ष्या पुरा गर्ने छौ !!!
15/05/2012
आबु धाबी