देश,दर्शन र जेठ १४


राजनीति देश र जनता को हित लाइ केन्द्र मा राखेर गरिन्छ वा निश्चित दर्शन र सिद्धान्तमा जड बनेर त्यलाइ भरण पोषण गर्न  मा केन्द्रित रहन्छ ??
अहिले मुकुक जुन अनिर्णय को बन्दि बनेको छ,यो संग यो प्रश्नको निकै गहिरो सम्बन्धित छ/बिगत चार बर्ष देखि भइ आएका सहमति र असहमति का कारण हरुपनि यहि प्रश्न संग सम्बन्धित छ र नेपालि राजनीति को परिदृश्यमा हाम्रा राजनीतिक पार्टी अनि नेतृत्वहरु यो प्रश्नको केवल ओठे जवाफ दिन सक्छन तर वास्तविकता जो जनाताले अनुभुती गरे त्यो संग उनीहरु को जवाफ ले कुनै तुक राख्दैन/

हरेक पार्टीले अङ्गीकार गरेका आफ्ना आफ्ना दर्शन ,आदर्श अनि दृष्टिकोण छन्/तर आखिर यी दर्शन, आदर्श अनि दृष्टिकोणको के अर्थ जब यी सबै देश को सामुल स्वार्थ अनि जनताका समस्या हरु सम्बोधन गर्न सक्दैनन?सिद्धान्त को बिन बजाएर जनता नचाउने हरु अब कुन बिन बजाएर जनता नाचाउछौ ?
आज सम्मको हाम्रो इतिहास हेर्ने हो भने राजनीति देश चलाउने औजार हैन पार्टी चलाउने औजार मात्र बने/पार्टीहरु ले  अङ्गीकार गरेका सिधान्त अनि दर्शन लाइ नेता हरुले सहि हो भनि प्रमाणित गर्न मात्र खोजेको देखियो/राजनीतिक पार्टी हरुले यो देश लाइ आफ्नो सिद्धान्त अनि दर्शन को परिक्षण गर्ने प्रयोगशाला भन्दा केहि बनाएनन/ 
 नेपालि जनता ले रगत पसिना बगाएर गरेका परिवर्तनगामी राजनैतिक उथल पुथल,क्रान्ति अनि तिनले आर्जेका उपलब्धि हरु लाइ जोगाउन नसक्नु जस्तो लाज मर्दो कुरो के नै हुन सक्छ र ?मलाइ नेता हरुलाई केवल गालि गर्न मन लागि रहेको छैन ,किनकि यिनी हरु गालि गर्न पनि योग्य छैनन र यिनी हरुलाई गालि गर्नु भनेको आकाश तिर फर्केर थुक्नु जस्तै हो! आखिर यिनीहरु को हुन् ?तपाइँ हामी बिच कै मान्छे हरु हुन् अनि हामीहरुले नै यिनी हरुलाई हाम्रो समबेदना अनि बिश्वास हरु संग खेल्न सक्ने बनायौ/

नेपाल कै सन्दर्भमा सबै भन्दा ठुलो क्रान्ति जो भयो त्यसले राजतन्त्र लाइ जरै संग उखेलेर फ्याक्यो त्यति बेला कुनै पार्टी ले क्रान्तिको अगुवाई गरेका थिएनन जनता स्वयम सडक मा उत्रिएर क्रान्ति लाइ अगाडी बढाए अनि सडक मै  भाषण गर्ने ठाउ बनैदिएपछी राजनीतिक पार्टीका नेता हरु मंच मा चढेर भाषण ओकेली रहेका थिए/गर्नु पर्ने काम जनताले गरिदिए अनि त्यस पछी सबै पार्टी हरु त्यस क्रान्ति लाइ अफ्नो पार्टी को ट्याग लगाउन ब्यस्त थिए/
जनताले त्यत्रो अभिभारा पुरा गरेर पाएका उपलब्धि हरुलाई समेत जोगाउन सकेनन हाम्रा नेता हरु/जो अहिले पनि दर्शन र सिद्धान्त का ठेली हरुमा यो अवस्थाको उपचार खोजिरहेका होलान /

आफ्ना जायज/नाजायज माग हरु पुरा गर्न न्युनतम मानब अधिकारमाथि पनि अंकुश लगाउन पछि नपर्ने समुह हरु ले पनि आज भोज गरे हुन्छ /रमिता हेरेर तालि बजाए हुन्छ /अब तिमीहरुले कुनै माग राखी राख्न पर्ने छैन ,नेपाल बन्द वा हड्ताल गर्न पर्ने छैन ,
राजमार्गमा प्रसब बेदना ले छटपटाउदै  ज्यान गुमाएका चेली हरु ले अब तिमिलहरुलाई शराप दिने छैनन,किनकि उनिहरुलाइ हामी जस्तो निरिह बनेर तमाशा हेर्न पर्ने छैन / अब तिमि हरुको मन परि छ ,टुक्रिन चाहने हरु ले टुक्रा पारे हुन्छ ,टोल टोल टुक्रा पार ,गाउ गाउ टुक्रा पार ,जात जात का टुक्रे देश हरु बनाउ ,धर्म अनि सम्प्रदाय,र भाषा जसरि मन लाग्छ टुक्रा पार ,तिमीहरुको रहर पुरा भएको छ/ संघियता नबुझी संघियता को बिरोध गर्ने हरुले या त अग्रगमन देखि डराएर यसको बिरोध गरे किनकि यिनी हरु भबिस्य देख्दैनन अनि घोर निराशा का शिकार छन् /वा नबुझेर बिरोध गरे किनकि नबुझेका लाइ उक्साउन अनि आफ्नो स्वार्थ अनुकुल प्रायोजित गर्न सजिलो हुने तथ्य जगजाहेर छ /

संबिधानसभा विगठन हुनु नै थियो किनकि यो बाँदरको हातमा नरिवल थियो/अनि हामी आशामा थियौ/रुख मुनि बसेर पर्खी रहेका थियौ बादरले नरिवल फोडेर हामी लाइ देला भनेर/कति मुर्ख थियौ हामी/
संबिधान यसै गरि गर्वमै तुहिन थियो किनकि हामी लाइ संबिधान चाहिएको छैन हामीलाई केवल आआफ्ना साना साना स्वार्थ पुरा हुने आधार हरु भए पुगेको छ /
सुँगुरलाई स्वर्ग जान्छस?भन्दा सुंगुरले भन्थ्यो रे,"केत्यहाँ  गूँ खान पाइन्छ?" भनेर /यहाँको परिवेश पनि त्यस्तै सुंगुरको जस्तै छ /
हाम्रा राजनीतिक पार्टी हरु आफ्ना बिचार,सिद्धान्त अनि दर्शन मा हिलो मा रमाउने सुँगुर बनेर रमाई रहुन/अनि हामी तालि बजाई रहु /
तर जनतामा जुन घोर निराशा र आक्रोश पैदा भएको छ त्यसको सिकार नेता र तिनका टिके कार्यकर्ता हरु अवस्य हुनेछन /
बिच बाटो मा कुनै पार्टिका नेता कार्यकर्ता हरु पब्लिक धुलाईमा परेछन वा तिनको ज्यू धन को क्षेती भएको समाचार आएछन भने अचम्म मान्नु पर्ने छैन किनकि सहने को पनि हद हुन्छ / /

सबै पार्टीहरुका  नेता कार्यकर्ता हरु केहि समय धुर्बिय भालु झैँ हिउदे निदमा कुनै अध्यारो ओडारमा बास खोज्दा हुन्छ /वा आफ्ना दर्शन र सिद्दान्त का ठेली हरु संगै सति गए हुन्छ/
देश लाइ माया गर्न कुनै सिद्धान्त चाहिदैन ,देश को भलो गर्न केवल सफा मन अनि जनता प्रति बफादारी भए पुग्छ /
तर याद गर नेपाली जनता हरुले तिमीहरुलाई कहिल्यै माफ गर्ने गर्ने छैनन/
***********************************************************
२८/०५/२०१२