असार पन्ध्र


केहि बर्ष अघि ,
गैरी खेतमा मेला लागेको थियो ,
६०१ को भेला लागेको थियो
सुन जस्ता धान का बाला
झुलाउने बेला लागेको थियो ,
कालान्तर ,
गैरीखेत का हली हरु
हलो फालेर कान्लामै निदाए ,
बाउसेहरु ,
कोदाली मिल्काएर
बरालिन थाले
जुवा बाट गोरु फुके  
अनि जुध्न थाले ..बिउ नासिने गरि
अनि रोपाहार हरु तालि बजाउदै
अर्नी घिच्न थाले
कोहि सोध्छ अमुक गोरु हरुलाई ,
रोपाइँ किन सुरु भएन ???
गोरु हरु नाक का पुरा फुलाउदै कुर्लन्छन
“एल्ले मार्सी रोप्न दिएन “
“एल्ले जिर मसिनो रोप्न दिएन”
“एल्ले  !मन्सुली  रोप्नु दिएन !!!”
कोहि भन्छन
गैरी खेत लाइ टुक्रा टुक्रा पारि
जात जातका धान रोप्नु पर्छ !!!!
बर्खा सकियो
गोरुहरुको लडाई सकिएन
गैरी खेत ,खेत रहेन
बरु हेर्दा हेर्दै
सपना हरुको चिहान घारी बन्यो !!!!!

न आकाश कालो बादलको
सन्दुक मा कैद थियो
न हुरी बकैनाका काखी
कुत्कुत्यौदै थियो .
आगन भरि
सपनाका बिस्कुन सुकाएर
आखा हरु
गैरी खेतका मा धान झुलेको
कल्पना अझै कोरल्छन्
बेमौसमी झरीका क्रुर बाछिटा
कमेरो अनि रातो माटो पोतिएका 
जिर्ण घरका भित्ता हरु
रंगहीन बनाउछन्   ,
काली माटी पोतिएका चौकोस
अनि झ्याल का खापा
कुरूप तुल्याउछन  ...
घर घर जस्ता  रहेनन 
हुरी ले उदांगो पारेको
बिचरा खरका  पालि
आंग रुझाउने एक झर्को
झरी छेक्न सकेनन ..!!

अलि पल्तिर खहरे बौलायो 
एजरु पलाएर मक्किएका
थोत्रा सिसौका बोट
जरै संग उखेलिए
अनि गैरी  खेतको  छाति भरि
समाधिस्त भए !!!
कतै बाट एक झट्का
भुइचालो पनि आयो 
आटिमा झुन्डिएका मकै का झोतला
चहै चहै मच्चिन थाले ..
अनि पालि माथि का पहेला फर्सी
आगन भरि शहिद भए
पिढीको डिल बाट बगेको
धमिलो बलेसी कुलो
सपनाका  बिस्कुन बगाउदै
गैरी खेत भरि स्खलित भए ....

अलि वाल्तिर च्यान डांडा

पहिरोले च्यातिएर चिच्यायो
मुर्दा हरु आजाद भएर  चिहान बाट
निर्निमेष हेर्छन  बस्तीको बिजोग
तिरस्कार गर्दै जिन्दगिलाइ 
मुर्दा हरु फेरी  मृत्यु रोज्छन  .....!!

भोलि ६०१ मलामी को लस्कर
बस्तीका प्रभात फेरी लगाउने छन् 
गोही का आशु झार्दै बिलौना गर्ने छन् 
अनि फेरी  सपना देखाउनेछन् 
अर्को असार पन्ध्रको
किनकि,
उनीहरु बिर्सन सक्दैनन
अर्नी को त्यो स्वाद ...
जो धेरै मिठो थियो
गैरी खेतमा धान झुलाउने
कोरा सपना भन्दा  बढी  !!!!

१४/०६/२०१२
अबु धाबी