प्रतिक्ष्या !!

हजारौ मिल को दुरी पार गरि
एक झोका बताश 
स्पर्श गरोस मलाइ ...
जुन बताश तिम्रो केश को 
मिठो सुबाश बोकेर आउदछ !!!

यी अनिदा रात हरु 
बोकेर आओस तिनै तारा हरु 
अनि बताओस
तिम्रा अनिदा रात हरुको कहानी !!

घडी घडी पल पल
शताब्दी जस्तै लम्बिएका छन्
या मेरो नाडी घडी का सूई हरु
थाकेर कतै निदाएका छन्
वा समय ठप्प छ .......!!!

साच्चै कति लामो यो पर्खाइ
कति नमिठो यो भोगाई
विकल्पहिन दुखाइ
केवल प्रतिक्ष्या एक क्षणको
जुन क्षण मा म हजारौ जुनी बाच्नेछु
तिम्रो आलिंगनमा...!!
सत्य !!! म हजारौ जुनी बाच्ने छु
बस एक क्षण

यो नाइल नदि जस्तो लामो प्रतिक्ष्या टुंगीयोस
आसु जस्तै नुनिलो सागरको निलो गर्तमा !!!!

हजारौ मिल को दुरी पार गरि
एक झोका बताश
स्पर्श गरोस मलाइ ...
जुन बताश तिम्रो केश को
मिठो सुबाश बोकेर आउदछ !!!

................................
................................