फूल.....!


============================
ऐ माली !!!
अखबारका बर्गीकृत बिज्ञापन हेर
बिक्रीको कुनै आलिशान बंगला खोज
अनि खोज
सडकनै चम्काउने चिल्ला सवारी
आहा !!
हेर त तिम्रो फुलबारी ...!
कोपिला हरु फक्रिदै छन्
मदमस्त जवानी लिएर
अनि फूल बजार
भब्य भाउ दिन तयार छ
तिम्रा बगैचाका
सुकोमल फूल हरुको ......!!
==========================
देवालय अघिका दोकान हरु
मसानघाट छेवैका पसलहरु  
प्रेम उधानका  बुके हरु
रेड लाइट क्षेत्रका गल्लि हरु .
.गजरा बेच्ने थोक बिक्रेता हरु
छानी छानी ,रोजी रोजी
फूलहरु बेच्ने छन्
अनि ब्यापार फस्टाउने छ .............
तिम्रा बगैचाका
निर्दोष फूल हरुको!
===============================
तिम्रा बेली,चमेली,मखमली
मन्दिर मा पनि बिक्ने छन्
मस्जिद मा पनि बिक्ने छन्
चर्च अनि गुम्बा हरुमा बिक्नेछन्
तिम्रा गुलाब र गुरांश
खाडी का आलिसान बंगलाहरु
मरुभूमिका महल हरुसम्म पुग्ने छन्
तिम्रा जाइ जुइ  र लालुपाते
तिमीले सुन्दै नसुनेका
पढ्दै नपढेका  भुगोलहरु सम्म
बेचिने छन् किनिनेछन् ....
=============================

ऐ  माली !! हेर हेर
तिम्रो बगैचाको एउटा
सूर्यमुखी को कोपिला !!!!
के त्यो अच्ममैको छैन र ???
हेर त ...
ति कोमल देखिने पुष्प दल
आगोका परागकण हरु छोपिएका छन् ...
बारुद गनाउदै छ .....
==================================
बलात्कारी अरिंगाल
अल्लारे भवरा ...
प्रतिक्ष्या गर्न सक्छन
कोपिला फूल बन्दा सम्म
तर यसपाली अचम्मै हुने छ
भवरा हरु फूल को सिकार हुनेछन
अनि बगैचा ...
ज्वालामुखी बन्ने छ ....!!!
ऐ माली !!!
के तिमि आगो बेच्न तयार छौ ??
****************************



०२/०८/२०१२
आबु धाबी