“शुभ यात्रा !!!”


“ल त अब घर  पुगेर फोन गर्छु !!”
मेरो साथीले बिदाइ को हात हल्लाउदै बसमा सवार भयो ,मैले गर्हुँगो मन बनाएर उसलाई बिदा गरे ।
धेरै पल्ट हामीले एक अर्का लाइ बिदा गरेका छौ अनि धेरै पल्ट एक अर्कालाई लिन यहि बस पार्कमा उभिएका छौ ।
तर यसपाली मन गह्रुंगो छ ।नजाओस जस्तो लागि रहेको छ ।साच्चै साथि यात्रा नभएर कुनै लडाई मा जान लागेको अनुभुती भैरहेको छ मलाइ । 
बसपार्क कै पत्रिका स्टल मा आखा डुलाए ,रास्ट्रीय अखबारको समाचार कोलमा मा सडक दुर्घटना को समाचार छापिएको रहेछ ।मन अझ गर्हुँगो भयो ।अखबार बाट आखा हटाए !!बस गुडी सकेछ ।
दुर्घटना को त्यो समाचार ले वास्तवमै  मलाइ हल्लाई रहेको थियो ।

भरे राति साथिले सकुशल घर पुगेको खबर गर्यो अनि बल्ल म ढुक्क भएर निदाउन सके ।
यो अनुभव मेरो मात्र हैन ।बसपार्क मा होस् वा बिमान स्थलमा ।आफन्त र साथि हरुलाइ बिदा गर्न जाने र कोही आउने प्रतिक्ष्यामा उभिएका हर कोहि यो त्रासमा हल्लिएको पाउछु म।किनकि दुर्घटना हुनु र यात्रु हरु को ज्यान जानु अखबार को लागि एउटा सस्तो समाचार बनि सकेको अवस्था छ ।
दुर्घटना हुनु यात्रु को ज्यान जानु .अनुसन्धान को नाममा प्रतिबेदन बुझाउनु र फाइल बन्द गर्नु एउटा रुटिन बनिसकेको छ । दुर्घटना कम होस् भन्ने पबित्र उद्देश्य का साथ घटिसकेको  घटना बाट पाठ सिकेर भबिस्य को कार्ययोजना बनाउने र लागु गर्ने फुर्सत कसैलाई छैन ।जसले गर्दा एकै प्रकृति का दुर्घटना हरु दोहोरिएका छन् बारम्बार।

हामीले मृत्युका धेरै उदाहरणहरु देखेका छौ कोहि रोग ले मरेका छन्,कोहि  भोक ले बारेका छन् कोहि प्राकृतिक बिपत्तिले मरेका छन् भने कोहि ले दुर्घटनामा  ज्यान गुमाएका छन्।
मृत्यु शास्वत हो।मृत्यु धुर्व सत्य हो ।यस धर्ति मा जन्म लिएपछि यस धर्ति बाट बिदा लिने पर्छ ।यो नै अन्तिम सत्य हो ।यसलाई नकार्न कोहि सक्दैन तर एक व्यक्तिको छिटो पैसा कमाउने निच स्वार्थ र एउटा कथित चालक को लापरवाहीका कारण कसैको अमुल्य ज्यान जान्छ भने त्यो भन्दा बिडम्बना केहि हुन सक्दैन ।

सामान्य सावधानी र ट्राफिक मूल्य मान्याता र नियम कानुन हरुलाई अङ्गीकार गर्दा जोगिन सकिने खालका सडक दुर्घटना हरु वास्तवमै दुखद छन् ।जसलेगर्दा बाटो कुरेर बसेका हरुको आशा माथि बज्रपात पारेको छ ।हजारौ हजार यात्रु हरुले अकाल मै ज्यान गुमाएका छन् ,हजारौ हजार ले अफ्नो परिवार को सदस्य गुमाएका छन् ।आफन्त अनि प्रियजन गुमाएका छन् ।
दुर्घटना कै कुरा गर्दा हवाई दुर्घटना र सडक दुर्घटनाको तथ्यांक केलाउने हो भने अंग नै सिरिंग हुने अवस्था भैसकेको छ ।

भौगोलिक बिकटताले पैदा गरेका चुनौती हरु त आफ्ना ठाउ छदै छन् ,तर आजकल अखबार हरुमा छापिने जति पनि यी दुर्घटना का कुरा हरु छन् ,ति न्युनतम  साबधानी र सुरक्ष्या का कुरा हरु हेक्का नराखेका कारण भएका देखिनछन्  ।
समबेदन शिल ठाउ हरुको पहिचान गरि दुर्घटना हुनु पुर्ब दुर्घटना को सम्भाव्यता बुझेर सम्बन्धित निकाय ले त्यस बारे गर्ने तयारि हरु कहिँ देखिदैन ...न त दुर्घटना  पुर्ब गरिने खबरदारी गरिन्छ  न त दुर्घटना पछि उद्दारको चुस्त उपस्थिति र छरितो उद्दार कार्य हुन्छ ।
सवारी को क्षमता भन्दा बढी यात्रु को चाप र सवारी चालक को कमजोरी ले अधिकांश घटना हरु घट्ने गरेको पाइन्छ ।

दुर्घटना भैसके पछि पनि कति घाइते समयमै उपचार पाउन नसकेका कारण ज्यान गुमाई रहेका छन् तर आज सम्म कुनै यस्तो दुर्घटना छैन होला जहा घटना भएको खबर हुन साथ उद्दार टोलि पुगेको होस् ।
अझ कति समाचार हरु त यस्ता आइ रहेका हुन्छन कि उद्दार टोलि संग उदार सामाग्री नभएर एता उता मागेर काम चलाई रहेका हुन्छन ..मिति ठ्याक्कै याद भएन एउटा  राति भएको दुर्घटना मा  खोला मा बगेको एक जना मान्छेलाई खोजि कार्य  गर्दा टर्च लाइट नभएर नजिकै का घरहरुमा टर्च माग्न गएको समाचार अजै मेरो मानसपटल मा घुमी रहेक छ । ,तथापी जसो तसो चली रहेको छ ।भोलेनाथ को कृपा ले ।
आखिर कुरा सरकार कै लाचारि संग झुन्डिएर आउछ ,दोषी देखाऊ त कसलाई देखाऊ ,हामीलाई पनि त सजिलो नै छ नि ...सरकार को लाचारी र निकम्मा पनले सबै समस्या हरु जटिल भन्दा जटिल बनि रहेका छन्।

“हग्ने बेला .............. खोज्ने ।“ भन्ने उखान लाइ चरितार्थ गर्न मै मस्त छन् सरकार र यसका निकाय हरु ।जाने हरु को ज्यान जाओस कसलाई खस खस ।
आवस्यक उद्धार सामग्री ले सुसज्जित तालिम प्राप्त दक्ष्य उद्दार टोलि को खाचो अझै टड्कारो बन्दै गैरहेको देखिन्छ ।

सडक को भौतिक अवस्था को जानकारी ,हुन सक्ने खतरा को खबरदारी ,यात्रु बाहक सवारीको अनुगमन अनि ट्राफिक नियम पालना  जस्ता  कुरा हरु अलि गम्भीर रुप मा सरोकार वाला हरुले लिदिने हो भने इ दुर्घटना हरु घट्ने सम्भावाना न्यून हुने थिए ।
तर यहा सडक बन्दा बाट नै कमिसन को खेल चल्छ र यहि कमिसन को खेल दुर्घटना सम्म पुग्छ र फेरी यहि प्रक्रिया दोहोरिन्छ ।सडक बनाउदा कमसल निर्माण सामग्री को प्रयोग ।व्यावसायि हरु ले कमिसन दिएरै सवारी मा क्षमता भन्दा धेरै यात्रु कोचछन् अनि कमिसन लिने हरु आखा चिम्म गरिदिन्छन ।
अनि फेरी उही दुर्घटना ।साच्चै दुर्घटना मा कमिसनको पनि ठुलो भूमिका छ नत्र किन आखा चिम्म गर्छन सरोकार राख्ने निकाय हरु ?

आँगनै सिरिनंग हुने बिमान दुर्घटना का कुरा हरु पनि त्यतिकै छापा मा आइरहेका हुन्छन जसले हामीलाई बेला बेला स्तब्ध बनाउने गर्दछ ।हवाई दुर्घटनाले गर्दा आज नेपाली आकाश निकै असुरक्षित भएको टिकाटिप्पणी अन्तरास्ट्रिय जगत मा भुसको आगो झैँ सल्किएको छ ।यसले लाखौ नेपालि को घरमा चुलो जलाउने पर्यटन ब्यबसाय धरायसी बन्दै गइ रहेको छ ।तर यो गुमेको बिस्वास र भरोशा फर्काउने कुनै पनि कार्यक्रम सरकारका तर्फा बाट घोसणा भएको पाइदैन ।आफ्ओ जिउज्यान को सुरक्ष्याको ग्यारेन्टी नभए कसलाई पो हिमाल हेरेर मन बहलाउने रहर पलाउला ।

बिदेसी भुमि मा पसिना बगाएर देश को अर्थ तन्त्र लाइ केहि त्राण प्रदान गरि रहेका नेपाली हरु घर फर्किदा आफ्नै देश को हवाई अड्डा यमलोक को ट्रान्जिट बन्ने पो हो कि भन्ने त्रास बाट मुक्त छैनन ।
अवस्था यो छ कि चाहे घरेलु बिमान का आन्तरिक उडानको टिकट काट वा सडक मा कुद्ने बस को टिकट काट, ढुक्क भएर यात्रा गर्न सक्ने अवस्था छदै छैन ।यात्रा गर्नु भनेको मृत्यु संग साक्षात्कार गर्नु बराबर भइ सकेको छ ।
यो त्राश बाट मुक्त गर्ने कुनै निकाय  यो देश मा जन्मेला भन्ने प्रश्न चै कहिले सम्म अनुत्तरित हुने हो समय लाइ छोडिदेउ ।

दुर्घटना छानबिन आयोग हरुले बुझाउने प्रतिबेदन हरुले कहिले कुनै जटिल समस्या का कारण दुर्घटना भएको बताउदैनन । त्यो या त चरा ठोकिएकोले भन्छ (जो आजभोली निकै फेशन मा छ) वा मौसम खराब भएकोले वा बिमान स्थल रुन वे को पिच उप्किएको कारण ,के यस्ता समस्या का कुनै समाधान हरु छैनन ?बिमान स्थल का चरा हरु नियन्त्रण गर्ने कुनै बैज्ञानिक उपाए बारे किन अनुसन्धान हुदैन वा अरु मुलुक हरु ले यस्तो समस्या को निदान मा कस्तो उपाय आवलंबन गरेका छन् भन्ने कुरा किन सिक्ने कोसिश हुदैन ?
बिमानस्थल मा चरा हरुको समस्या निदान गर्न सिकारी को दरबन्दी राखिदो कुरो थाह भयो तर के त्यो समस्या को दिर्घकालिन समाधान हो ?एउटा बन्दुक बोकेको सिकारी ले कति ओटा चरा नियन्त्रण गर्ना सक्ला?त्यो अलि कति बिबेक प्रयोग गर्ने सबैलाई थाह छ ,सिकारी नै तैनाथ गर्ने हो भने कमसे कम आर्मीकै एउटा गण परिचालित गरे हुन्थ्यो कि ???हास्यास्पद कुरो !!!

अलि प्रभाव कारी समाधान के हुन सक्छ भन्ने बारे आज सम्म कसैले केहि बोलेको पनि सुनिदैन ।
रन वेमा उप्किएको पिच को जानकारी दुर्घटना भएपछि मात्रै किन हुन्छ? किन पिच उप्किन साथ त्यसको मर्मत सम्भार हुदैन ? दुर्घटना को अनुसन्धान पछि बुझाइने प्रतिबेदन पढे पछि मात्र सम्बन्धित निकायको ध्यान आकर्षण किन हुन्छ ?
जवाफ कोहि संग छैन किनकि साच्चै आम जनताको जिउ धन को सुरक्ष्या बारे गम्भीर भएर  कुनै पनि सरकार को सम्बन्धित निकाय ले आज सम्म सोचेको छैन र सोच्ने आशा गर्ने ठाउ पनि देख्न सकिदैन!
देश ले मृत्यु का धेरै रुप हरु देखेको छ दश बर्षे द्वन्द कालमा मारिएका हरु भन्दा दश बर्षमा दुर्घटना मा ज्यान गुमाउने हरु धेरै छन् ।

न्युनतम साबधानी अपनाएर  टार्न सकिने,अकाल मै ज्यान लिने यो  दुर्घटना हरु का यी सृंखला हरु लाइ कम गर्न तर्फ सरोकार वाला हरु ले गम्भीर ध्यान दिने र यात्रु हरुले व्यावसायी हरु को मन लागि र ज्यादती को बारेमा खुलेर प्रतिकार गर्ने पर्दछ ।यात्रु हरु को बाध्यता को फाइदा उठाई व्यावसायिक नैतिकता र न्युनतम मानबिय मूल्य मान्यता माथि आखा चिम्म गरेर सडक लाइ सम्शान बनाउने माफिया गिरोह र संघ हरु लाइ कारबाहीको दायरा भित्र ल्याउन जागरुक उपभोक्ता/यात्रुहरुको पनि जिम्मेवारि बन्न गएको छ ।
सवारी को क्षमता भन्दा बढी यात्रु कोच्ने सवारी चालक, सवारी चालक ले अनियन्त्रित  तरिकाले सवारी हाकिरहेको बेला  वा चालक ले मदिरा सेवन गरेको देखे वा संका लागे सम्पूर्ण यात्री हरु एक भएर बिरोध गरौ ।यात्रा गर्दा यी कुरा हरु अब हामीले पनि याद गर्ने पर्ने भएको छ ।
कसैलाई बिदा गर्दा होस् वा कसैको आगमनको प्रतिक्ष्यामा होस् ,ढुक्क भएर पठाउन सकियोस ,कुर्न सकियोस ।
दशैँ मनाएर कर्मस्थल फर्किनु हुने सबैलाई सुरक्षित यात्रा को कामना !!!!