गुराँसे लेक .... !!

त्यो लेक
लाली गुराँस  ले ढाकेको छ
धपक्कै ..रातै
त्यो लेकको माटोको कण कण
बनेको छ गुराँसकै अस्तुहरुहरुले 
अनि सिंचिएको छ
गुराँसकै रगत ले लछप्पै...
गोरेटो हरु सुगन्धित छन्
गुराँसकै मिठो सुबाश ले
र तिमि भन्छौ
यी पाखा भरि फक्रिएका
गुराँस नै हैनन
हैन यो सुबाश लाली गुराँस को !!!
अझ आँखा चिम्म गरि भन्छौ
यो त चैत बैसाख नै हैन
गुराँस मुस्कुराउने याम !!!!

थोरै आँट गर
आफ्नै आँखाले देखेको बोल्ने 
आफ्नै कानले सुनेको भन्ने
र अनुभव आफ्नै इन्द्रिय हरुको
कति झुट बोल्छौ आफै संग
कति गर्छौ अभिनय निदाएको ..
के यो स्पर्शमा गुराँस को कोमलता छैन ??
के गुराँसको रगत छैन यो रंगमा ??
के यो सुबाश गुराँसको हैन ???
अब गुरासे लेकका कुनै चिट्ठी हरु
फर्काइने छैनन  गलत ठेगाना भनि
आगो झोसिने छैनन बेवारिसे ,बेनामी भनि
किनकि
हुलाकीहरु अब परिचित छन्
गुराँसे लेक का कन्दराहरु  संग
भ्रम धेरै भो ,
कुहिरो हुरी ले बढारी सकेको छ
अनि दिन तिम्रो नियत झैँ छर्लंग छ
मेरो साथी ,बरु ठेगाना राम्ररि टिप ,
किनकि
कर्कलो बारी मा पठाएको चिठी हरु
अब पुग्ने छैनन गुराँस लेक
तिमि भन्दै गर गुराँसे लेक लाइ
कर्कलो बारी !!!!
तिमि देख्दै गर फर्सीको फूल र
गुराँस लाइ एउटै !!!
फरक केहि पर्ने छैन ...
तिमि मान वा नमान
गुराँस केहि चाहदैन
बस उसको परिचय
उसका जरा ले अड्याएको
माटो को असली ठेगाना ..
जहाँ उ फक्रिन्छ 
ओइलाई झर्छ
र फेरी उम्रनेछ
युगानुयुग
निरन्तर .............!!!!!

दिनांक :२९/१०/२०१२