बुख्याचां र सलह

==================
त्यो बादल हैन जेठा !
जसले आकाश ढाक्दै छ
झरी/असिनाको डर नमान
चिमोटेर हेर त आफैलाई
कतै निदाएको त छैनौ ??
छैनौ भने मसाल तयार राख
त्यो त्यहि सलह को बगाल हो
जसले पोहोर साल
तिमीलाई एक छाकको जोहो हुन दिएन !!

बर्ष भरि एक छाक खाइ
जिम्मल बाजेको फाँट पसिनाले भिजाई
तिमी भोक नामको रोगको
संजीवनी क्याप्सुल फलाउछौ
युग साछी छ,
हड्डीको चन्दन घोटि
तिमीले के पाउछौ के गुमाउछौ!


जमिन, जोत्नेको नभाको मौसममा
झुप्रो,पोत्नेको नभाको मौसममा
यो फाँट तिम्रो नहोला
तर पसिना तिम्रै हो !
लाल पुर्जाको खोस्टो ले
तिमीलाई नचिन्न सक्छ
तर यो माटोले चिन्छ तिमीलाई

किस्ता किस्तामा लुटिएका छौ तिमि
तिम्रो भाग लुट्न सबै तयार छन्
नपत्याए  हेर त
जिम्मल बाजे,
असिना/झरी,
आधि हुरी ,
अनि त्यो सलह को बगाल !!!!
कसको के लाग्छ र??
झरी असिनासंग
दैब लाइ सराप पेट भरि !

तर यसपाली
लुटेरा सलह लाइ पाठ सिकाउनु पर्छ
लुटेरा जिम्मलहरुलाइ पाठ सिकाउनु पर्छ

त्यसैले जेठा !!!
नबस बुख्याचा बनेर
बरु मसाल तयार राख
युगौ देखि
बुख्याचा नै बनेका छौ तिमि
आजकल,
कौवा पनि तर्सदैन बुख्याचां संग

हेक्का राख !!
तिनलाई आगो झोस्नु पर्छ
सबक सिकाउनु पर्छ ..
बिश्वास गर जेठा !!
आगम साल,
सलह हरु बसाइ सर्ने छन्
कहिल्यै नफर्कने गरि !!