सागर झरी मा रुझ्दा ........!!!

मलाइ सागर रुझेको हेर्न मन छ 
लहरहरु बर्सातले चुमेको हेर्न मन छ 
सुन्न मन छ त्यो संगित 
जहा किनार तिर दौडिरहेको छाल 
बर्सातका थोपा थोपा संग 
प्रेमिल सम्बाद गरिरहेको हुन्छ 

अलि अलि जुन चियाइ रहेको होस् 
अलि अलि तारा टिलपिलाई रहेको होस्
अलि अलि बादल गर्जे पनि ठिकै छ
चट्यांगले तस्विर हरु खिची रहेको होस्

झरी को मिठो पानिमा
एक झर्को रुझ्न चाहन्छु
एउटै पानि को दुइ रुप
एकै साथ अनुभूत गर्न चाहन्छु

झरीको अन्गीनिती थोपाले कुत्कुत्याइदा
अलि अलि लजाएको हेर्न मन छ
सुन्न मन छ लहरका लामा लामा सुस्केरा
बर्षातका आल्हदित पुकार हरु
मलाइ हेर्न मन छ तरंगित लहरहरु,
अनि उत्तेजित ज्वारभाटा हरु

मलाइ सागर रुझेको हेर्ने मन छ
भोलि बिहान अनिदो सागर कामना गरोस 
अर्को बर्सातको
किनारमा उभिएर ,
म अर्को झरी रुझ्न तयार छु !!!