आगो /बारुद र सपना !!















उसले भन्यो युद्ध अनिबार्य छ , स्थाई शान्तिको लागि ! रगत बग्न जरुरी छ, रगत को रंग एउटै बनाउनलाई उसले भन्यो छाला हरु काढेर नुन चुक छर्कनु पर्छ छालाको रंग बिभेद मेटाउन लाइ कहिलै नरित्तिने उसको झोला आफ्नै बाट लुटिएका रित्ता हामी हामी संग प्रतिसोध छ उ संग योजना छ हामी भित्र आगोको झिल्को छ उ संग बारुद को भकारी छ हामी पड्किन तयार छौ उ सुतलिमा आगो झोस्न तयार छ !! उत्पादन र वितरण, वाह !!! क्या बजार ब्यबस्थापन !!
हामी कर्मी माहुरी कहिलै अफ्नो घर बनाउन लागेनौ त्येसैले त उ संग बेच्न का लागि सपना हुन्छ , युद्ध हुन्छ ,घृणा र बिद्रोह हुन्छ अनि किन्न का लागि हामी छदै छौ , कान नछामी कौवाको पछी कुद्ने हरु !! हामी, रगतले मुछिएको झण्डा गाडी शान्तिका परेवा उडाउन तयार टुक्रा टुक्रामा खण्डित भएर माउसुलीको पुच्छर झैँ रमाउन तयार रगत,पसिना र युगौ युग किस्ता किस्तामा भुक्तान गर्न तयार !! त्येसैले त उ बेच्छ र हामी किन्छौ किन्न अभ्यस्त हामी रास्ट्रियता बेचेर स्वाभिमान किन्छौ स्वाधिनता बेचेर परिचय किन्छौ मानवता बेचेर युद्ध किन्छौ जब घाम डुब्छ अनि सोच्छौ हामीले के पायौ ? के गुमायौ ?? कहले काहिँ आफैलाई सोध्न मन लाग्छ के हामीले कहिलै सोच्यौ ? उसको त्यो , बस्तु र चेतना को बहस कतै पर पुगेन कुखुरा पैला कि चल्ला भन्ने थोत्रो बहसको घेरो भन्दा पर त्यहि मृग मरिचिकाको ह्यांग ओवरमा सपना देख्ने आँखा हरु sand dune का मधुशालामा पसिनाको नुन चाटेर आशुको टकिला शट संगै साम्यबादको सपना बिसर्जन गरिरहेछन !! खजुरको सियालमा उँट को लस्कर हेरेर !!! यध्ह्पी पुस्तान्तरण जारि छ किनकि हामी भित्रको आगो निभेको छैन , र रित्तिएको छैन उसको बारुदखाना !!! १८/०८/२०१३