बुकी

            उसले भर्खर मात्र जिउदो हुनुको अनुभूति संग साक्षात्कार गरेकी थिइ।उसलाई भर्खर मात्र फुल हरु सुन्दर लाग्न थालेका थिए।अनि कुनै अत्तरको सुबाश लाइ मिठो भन्ने प्रतिक्रिया दिन थालेकी थिइ।उसलाई बिहान हरु उज्याला लाग्न थालेको केहि समय मात्र भएको थियो। र साँझ हरु प्रेमिल लाग्न थालेका थिए।त्यस्तै डुब्न लागेको घाम लाइ भोलि उदाउन आग्रह गर्न थालेकी थिइ उ ।फुल हरुले ढपक्कै ढाकेका पैयुका छाया मुनि पल्टिएर सुन्दर प्रेमका कविता हरु लेखन थालेकी थिइ उ र  पुतलीको चंचलता हरु देखि इष्र्या गर्न थालेकी थिइ।           उसका आँखा हरुमा मैले प्रेम का अंकुर हरु टुसाएको देखेको धेरै भएको थिएन।हो केहि रात  मात्र भएको थियो उसले दुस्वप्न र ऐठन लाइ रंगिन सपना हरुले प्रतिस्थापना गरेको।आशाका कुरा हरु गर्न थालेकी थिइ उसले । प्रत्यक मेरा न्याना स्पर्श हरुको प्रतिक्रिया स्वरूप न्यानो आलिंगन को उपहार दिन थालेको धेरै भएको थिएन।तर त्यो धेरै लामो भएन।प्रेमदिवशको  राति  मेरी प्रेमिकाले आत्म हत्या गरि।त्यो भन्दा पहिला उ केवल जिउदो लाश थिइ र अन्तत उ फेरी लाश नै बनि,सारा सपना हरुको चिहान बनेको उसको छाति भित्रको स्थिर मुटु शायद कहिल्यै चिसो भएन।त्यो साँझ अरु के भयो त्यो भन्दै गरौला तर मलाइ हाम्रो प्रेम सम्बन्धको बारेमा केहि बताउने अनुमति चाहन्छु *******************************************************************************

     घामले बिस्तारै बिदा लिइसकेको समय थियो त्यो ।आर्यघाटमा एक किशोरी को लाश जली रहेको थियो ।आर्यघाट निकै व्यस्त थियो।हुलका हुल मलामीहरु काँधमा लाश बोकी आउथे,तिनलाई चितामा सुताउथे अनि आगो झोसेर शोक मनाउथे, तिनका आफन्त कोहि रोइ रहेका हुन्थे कोहि धार्मिक रिति पुर्याउने कर्ममा लागि परेका हुन्थे।जे होस् म चाही त्यो अज्ञात किशोरी को शब् दहन हेर्दै कमान्डर’ दैनिकको वर्गीकृत बिज्ञापनमा रोजगारीका अवसरहरुमा रेजा लगाउदै थिए।       त्यो जली रहेको लाश एक किशोरी को हो भन्ने कुरा एक हुल अर्का किशोरी हरुको सम्बाद बाट  सुनेको थिए मैले।ति किशोरीहरु शायद त्यो fire shower लिइरहेकी किशोरी का साथि हुदा हुन्।

एक हुल बिदेशी र स्वदेशी पर्यटक हरु आधुनिक क्यामेरा ले ति दृश्य हरु कैद गर्दै थिए ।मृत्यु कसको लागि पिडा त कसैको लागि तमाशा बनि रहेको त्यो दृश्य आर्यघाट लाइ नया बिल्कुल लाग्दैन।
“मृत्यु अजिब हुन्छ है ?”म बसेको बेन्चको रिक्त स्थान ओगटदै एक अपरिचित नारि बसी ।उसको अवाज मेरो कान नजिकै गुन्जिएको थियो।मैले उसको अनुहार हेर्न जरुरि सम्झिन न त कुनै प्रतिक्रिया दिन नै।
“सिगरेट पिउनु हुन्छ ?”उसको आवाज दोश्रो पल्ट सुने मैले।सुर्य चुरोट को बट्टा उसले मा तिर फर्काइ।मैले धन्यबाद भनेर एउटा चुरोट ओठ मा च्यापे।चुरोटको बट्टा  रित्तिएको अवस्थामा यो निकै लोभ लाग्दो आग्रह थियो ।मैले नकारिन ।“तपाईलाइ मृत्यु अजिब लागेको कुरा मलाइ बडो अजिब लाग्यो”मैले भने।उ हासी।उसको हासो मलाइ बिल्कुल अर्थ हिन, कटाक्ष पूर्ण र वाहियात लाग्यो ठाउ र परिस्थितिको हिसाबमा ।
उसले तर्क प्रस्तुत गरि“हेर्नुस महासय!जब एउटा नवजात शिशुले यो संसारमा पहिलो पल्ट आँखा खोल्छ उ रुन्छ। कुनै पशु या पन्छी जन्मदा रोएको देख्नु भा छ वा कतै सुन्नु भा छ ?”
कुतर्कको अर्को उदाहरण पेश गरि उसले तर कुरा पुरा सुनेर निस्कर्ष गरे मैले ।मेरो अनुहार कुनै ठुलो प्रश्न बाचक चिन्ह जस्तो देखिएको हुदो हो त्यस बखत। सिगरेटको कस तानेर उ आर्य घात मा जलिरहेका लाश हेर्दै बोल्न थालि।
“एउटा शिसु जन्मन्छ उ सबै भन्दा पहिला रुन्छ। र उसको रुवाइले सबै भन्दा पहिला उसकी आमा हर्ष समेट्न नसकेर रुन्छे।हो आमा पनि रुन्छे तर उसको आशु खुसीको हुन्छ। उसको बाउ जुंगामा ताउ लगाएर हास्छ। सबै खुसि नै खुसि हुन्छन। बधाई हरु आदान प्रदान हुन्छ उत्सब मनाइन्छ।तर यो उत्सबको हिस्स उ कहिल्यै हुदैन।उ त केवल एक दुर्घटनाको सिकार भएको हुन्छ र त्यो दुर्घटना हो जन्म।एक पुरुषको बाबु बन्ने पुरुषत्वको सामर्थ्य र एक नारीको आमा बनेर दुनियालाई म बाझी छैन भन्ने कुरा प्रमाणित गर्ने प्रक्रिया को शिकार बन्छ एक शिसु ।”उसको कुरा निकै क्रुर थियो,उसका प्रत्यक शब्द हरु हजम हुने खालका थिएनन तै पनि  आफै लाइ यातना दिदै भए पनि उसलाइ सुनु रहेको थिए।सुन्नु मेरो बाध्यता थियो र सुनाउनु उसको।शायद...“जन्म संगै एउटा दौड सुरु हुन्छ ।जिन्दगीको या मृत्यु को? त्यो तपाइको रोजाई । तर उ फेरी पनि मृत्यु तिरै बढी रहेको हुन्छ। त्यो दौड मा तपाइँ पनि हुनुहुन्छ र म पनि छु।त्यो जलिरहेको लाश का आफन्त पनि त्यहि दौडमा छन्। मृत्यु सम्मको। तै पनि ति रोइ रहेछन तर जो लाश बनेको छ त्यो कति शान्त छ कति आनन्दित छ ,के कुनै कुराले उसको शान्ति भंग गर्न सक्छ ?उसका सारा गुनासा,समस्या र पिडा हरु को निदान भएको छ तर यो उत्सब्मय घडीमा संसार आशु बगाउँन व्यस्त हुन्छ।अनि छैन त मृत्यु अजिब ?”आफ्नो बयान सिध्याएर उ मलाइ हेरी रहेकी थिइ।मानौ उ मेरो प्रतिक्रिया सुन्न चाहन्छे।मैले भने“तिम्रो कुरा हरुमा केवल तर्क छ,तर त्यसमा कुनै मानवीय समबेदना छैन। के समबेदना बिना मान्छे मान्छे हुन्छ र?”उसले चुरोट को ठुटो भुइमा ठोसेर भनि,“मलाइ हेर न के म मान्छे हैन, म संग मात्र तिम्रो जस्तो  भावना,संवेदना छैन,सपना र आकांक्षा पनि छैनन्  र शोक को रुप मा म चिता जलेको हेर्न मन पराउछु तर पनि म छु...तिम्रो सामु के म मान्छे जस्तो लागें तिमीलाई?तर जव तिम्रो मान्छे हुनुको परिभाषा भित्र पर्ने सबै तत्वहरु म  संग थिए तव मेरो स्वास पनि मेरो निमित्त थिएन।जीवित हुनुको आदत थियो तर त्यसमा आत्मा थिएन।”उसले फेरी उद्घोष गरि,’जिउदो हुनु हाम्रो आदत मात्र हो,किनकि मृत्युपछीको अनुभव सुनाउन कोहि फर्किएर आएको छैन।नत्र यहाँ जन्मने भन्दा आत्म मृत्यु रोज्नेको संख्या भयानक ठुलो हुने थियो ।“

आफ्नो कुरा सिध्याएर उ मलिन साझको तामसी धुवा संगै बिलिन भई।उ न आउछु भनेर आएकी थिइ न जान्छु भनेर बिदा भई।र यो पनि निक्र्योल थिएन कि उ भोलि आउली या न आउली।म संग प्रश्नका भकारी हरु थिए र उत्तर हरु बोकेर उ फरार भई।आजको साँझ अजिब अजिब कुराहरु सुनेर बित्यो  तर जति अजिब त्यो आइमाई थिइ त्यति अजिब उसका कुराहरु पनि थिएनन।
***************************************************************

अर्को दिन हाम्रो औपचारिक परिचय भएको थियो।प्रतिक्ष्या बताएकी थिइ उसले आफ्नो नाम।“यो मुर्दा पोलेको हेर्नु बाहेक के काम गर्छेउ तिमि?”मैले सोधेको थिएउसले हाँस्दै भनकी थिइ, “म बेश्या हु।” यसो भनि रहदा उसको अनुहारमा किन्चित पनि संकोच र डर थिएन न त उसका नजर हरु नै झुकेका थिए।बरु लाग्दथ्यो उसलाई बेश्या हुनुमा केहि ग्लानि छैन।“अनि तिमि?”“म एक शिक्षित बेरोजगार।”म असहज हासो हासी दिए फिस्स।मेरो बाध्यता शायद मेरो हासो मा प्रस्ट संग पढ्न सकेकी हुदी हो उसले।“म पनि शिक्षित बेश्या हु।”उसको भनाइमा मेरो निम्ति कटाक्ष थियो वा सहानुभूति मैले बुझ्न सकिन।“तिमि केटि हुन्थ्यौ भने हामि एउतै पेशा गर्दा हौ शायद।”हाहा.....!! मैले हासो थाम्न सकिन। उ पनि जोड जोडले हास्न थाली।तर जुगले “जिगोलो”जन्माई सकेको कुरा बारे हामी दुवै वाकिफ थियौ
उ बेश्या हुनु भन्दा पहिला कसैकी श्रीमती थिइ ..एक अवसाद ग्रस्त श्रीमती।यद्धपि उसलाई उसको निजि जिन्दगि संग उसलाई  कुनै गुनासो थिएन ।र खास कौतुहलता मलाइ पनि थिएन।जे होस् उसले मसंग आफ्ना कथा ब्यथा बाड्ने हिम्मतको जुगाड गरिसकेकी थिइ।”मेरो Dipression को  कुनै इलाज थिएन। र मैले ५ पटक सम्म असफल आत्म हत्याको प्रयाश गरेकी थिए।”येसो भनि रहदा उसको मुहारको आभामा गुलाबी रंग पोतिएको थियो।आर्यघाटको मुर्दा गन्ध मिसिएको बतासले उसको केशरासी उदाउदा म दंग परि हेरी रहेको थिए।

हाम्रो एक रोमान्टिक भेटमा उसले आफ्नो कथा अझ बिस्तृत  सुनाइ।बेरोजगारको चिर्पटले कन्चट चर्कने गरि पिटिएको म,अखबारका वर्गीकृत रोजगार मुलक बक्स भित्र रेजा लगाउन बाहेक अर्को काम पनि गर्दै थिए। एक भूपू अवसाद मरिज र बर्तमान नगरबधु को राम कहानी सुन्ने।म उसको काखमा पल्टिएको थिए र आफ्नो घना केशले मेरो मुहारमा पर्ने तेज घामका लप्का हरु छेकेकी थिइ ।कुनै बालकलाइ लोरी सुनाए झैँ उ मलाइ आफ्नो बिषाद कथा सुनाउदै थिइ।“एक दिन कोटेश्वर चोकमा म मेरो भलादमी पतिको पछि पछी हिड्दै थिए, बाटो काट्ने क्रममा ,सडकमा एउटा दुर्घटना घट्यो।मेरो कानुनि पतिलाइ बिपरित दिशाबाट हुइकिएको ट्रकले ठक्कर दियो। त्यो मान्छेको  रगतले कोटेश्वर चोकको त्यो कालो पत्रे सडक रक्तमुछेल भयो।मान्छे हरु जम्मा भए ।उ केहि बेर छट पटायो र यस संसार बाट बिदा भयो।हाँस्न बिर्सिएका मेरा प्रस्तर ओठहरुमा बिहे गरेको ५ वर्ष पछी मुस्कान छरियो म निकै बेर हासे ।मलाइ याद छ त्यो हासोले मेरा ओठका काँप हरुमा पिडा दिएको थियो।उफ्फ़ हासोमा पनि पिडा.....!!एकै छिनमा भिड नै जम्मा भएछ।सोध्ने हरु को जवाफमा म मुस्कुराउदै जवाब दिदै थिए ,“हो ! उ मेरो पति थियो ।”आफ्नो पति को दुखद मृत्युमा रमाई रहेकी आइमाई देखेर भिड अचम्म थियो।आइमाई हरु उक्त दृश्य हेर्न नसकेर चक्कर खाइ ढल्थे।“यो आइमाई पागल हो ।”भिडका प्रतिक्रिया हरु ओइरिन थाले।अर्को ले भन्यो ,”यसको पर-पुरुष संग अनैतिक सम्बन्ध हुदो हो ।त्येसैले यो रोइन।”अर्को ले भन्यो,”यसलाई पागल खाना लैजाओ।”“हैन हैन यसलाई यहि ढुंगाले हानि हानि मारौ।”एक छिन मा पुलिस घटनास्थलमा उपस्थित थियो।लाशको मुचुल्का तयार भयो।अनि उसलाई प्रश्न हरु सोधियो।“के मृतक तपाइको श्रीमान हो ?”“के उ अझै जिउदो छ र ?”प्रश्नकर्तालाई मैले  प्रति प्रश्न गरे ।“जिउदो हुने त चान्स नै छैन उहाको मृत्यु भै सकेको छ ।तपाइँ केवल जवाफ दिनुस।”प्रहरीको फुलिवाल अफिसर आफ्नो लवजमा क्रोधको लेपन गर्दै भन्यो।मैले  हासेर भने ,“हो हैन थियो ।अब उ केवल भुत हो ।बर्तमानबाट उसको अस्तित्व बिलिन भै सकेको छ।”फुली वाला अफिसरको दोश्रो प्रश्न थियो।“के तपाईलाई उहाको मृत्युमा कुनै खेद छैन?”“यो तपाइको व्यक्तिगत प्रश्न हो भने ठिकै छ ,कानुनि हिसाबमा तपाइको यो सवाल बहुदा वाहियात छ मोहोदय !!कसैको मृत्युमा खुसि हुनु वा दुखि हुनु मेरो निजि कुरा हो ,के नौटंकी गरि म रोनाधोना मा लागेको भए तपाइँ मलाई यो प्रश्न गर्नु हुदो हो ?”मेरो  कुराले फुलिवाल पुलिस निकै आक्रोशित भयो।“तपाइँले उहाको हत्या नियो जित ढंगले तपाइले  गरेको हो भनेर मैले भने भने?”“तपाइले भनि सक्नु भएको छैन। तर अब सोध्ने नै बिचार गर्नु भएको छ भने म येसो भन्थे,यो घटनामा मेरो कुनै दोष छैन तर केहि बर्ष सम्म यो दुर्घटना नहुदो हो त हो हुन सक्छ मैले यो मान्छे को हत्या गर्दी हु।फेरी त्यो भबिस्यको कुरा हुन्थ्यो र शायद भविस्यमै तपाइले मलाइ ज्यान मुद्दामा गिरफ्तार पनि गर्नु हुदो हो ।तर मलाइ अफसोच छ यो कुरामा कि उसको मृत्यु मेरो हातबाट लेखेको रहेनछ।”
*********************************************************
पतिको मृत्यु पश्चात उ यायबर बनेकी थिइ।उसलाई उसको घरबाट निकालियो र माइती बात पनि उ तिरस्कृत बनेकी थिइ।
पति को अन्त्यस्टि उसले आर्य घाटको त्येही बेन्चमा बसेर हेरेको कुरा बताएकी थिइ मलाइ पुन त्येही बेन्चमा बसेर।प्रत्यक दिन उ त्येही बेन्चमा बसेर चिता हरु जलेको दृश्य निकै मजा मानेर हेर्थी मानु उ कुनै रोमान्टिक चलचित्र हेरी रहेकी होस्।मेरो दिमाखमा खालि  यहि प्रश्न घुमी रहेको  थियो,”कि कसरि  एउटी पत्नीले आफ्नो पति को मृत्यु पश्चात अवसादको दिर्घ रोग बाट  मुक्ति पाउन सक्छे?”

*********************************************************************
हाम्रो भेटघाट वाक्लिदै थियो।हाम्रो सम्बन्ध बाक्लिदै थियो।उ कुनै न कुनै बहाना बनाएर मलाइ भेटि रहेकी हुन्थी।एक साँझ एक अमुक क्याफेमा कफी पिउदै गर्दा उसले भनि,“तिमीलाई याद छ तिमि एक बेश्या संग कफी पिउदै छौ?”मैले भने,”केहि फरक पर्दैन आखिर बेश्या पनि यहि समासमाजकै माग पूर्ति गर्ने ज्यामी नै त हो। हैन र?”दिल खोलेर हासेकी थिइ उ र हाम्रो संवादले त्यहाको भलाद्मी माहोल अलि खल्बलियो शायद,साहुनी ले कर्के नजर फ्याकी म तिर।उसले भनेकी थिइ उसको पति को तस्बिर अझै उसले राखेको छे। कहिँ कतै !!मैले उसको पतिको तस्बिर हेर्ने जिज्ञासा तेर्साए।उसले भनि,”त्यस दिन हाम्रो सम्बन्धको अन्त्य हुनेछ त्यसैले यो इक्ष्या मनमा नराख।““किन??”मैले प्रश्न गरे।आँखा भरि आँशु लिएर हेरी उसले मलाइ।त्यस पछी मैले जोड गरिन।
त्यसपछी हामि छुट्टियौ।
*********************************************************************
          धेरै दिन भै सकेको थियो प्रतीक्षासंग भेट नभएको।मैले अनुमान गर्दै थिए उसले  मलाइ सम्झी रहेकि होलि।तर त्यो किन्चित अनुमान थियो हुन सक्छ उ बिरालो मुसार्दै ,छालाको कालो कौचमा बसेर‘Schindlers list’ हेरी रहेकी होस् अनि मजा लिइरहेकी होस् यहुदी हरुलाइ जिउदै जलाइएको दृश्य हेरेर मदिराको चुस्की संगै।या उ पढी रहेकी होस् क्रिस्टिना रोजेटी को” In the death of my dearest..”या बाथटबमा आखा चिम्म गरि  ग्लुमी सन्डे सुन्दै निदाएकी पनि हुन् सक्छे।
या.... आफ्नो ग्राहकलाइ सेवा दिइ रहेकी होस्  र उसको बुढो घर बेटीले ढोकाबाट चिहाउदै होस्।
************************************************************************
उसको लागि एक गुच्छा बुकी फुल बोकेर म उसको डेरा जादै थिए।भर्यांगमा उसको घर बेटी संग जम्का भेट भयो।हमेशा जस्तै उसले मलाइ घृणा भरिएको नजरले हेर्यो,ख्वाक्क खोक्यो र पित खकार ले भुइँ पोत्यो।हमेशा झैँ मैले कृतिम मुस्कानले कृतज्ञता जनाए।उ बडबडाउदै सिढी झर्यो,”बेश्याको नपुंसक प्रेमी...!!!”हमेशा झैँ ढोका खुल्ला थियो।कुनै सांकेतिक आवाज विनै म उसको बैठक कोठामा छिरे। झ्याल बाट उ आर्यघाट तिर चिहाइ रहेकी थिइ।घाम मलिन हुदै बिलिन हुन्ने सुर सारमा थियो।

प्रतिक्ष्या मेरो प्रतीक्षा गरि रहेकी थिइ।म ढिला भएको थिए किनकि बुकी फुल कुनै पुष्प दोकानमा उपलब्ध हुदैनथ्यो त्येसैले बुकी को खोजमा मा निकै टाढा निर्जन पहाडका पाखा पखेरा पुग्नु परेको थियो।ति पखेरा हरुमा गोठालाहरु बाँसका छातीमा झिर उनि बासुरी बनाउदै थिए।

”तिमीलाई बुकी फुल किन मन पर्छ।” मैले उसलाई एक दिन सोधेको थिए उसलाई
”किनकि यो अरु कसैलाई मन पर्दैन।:यो उसको जवाफ थियो।
“अर्को कुरा बुकी फुल सारा फुल हरु भन्दा शक्तिसाली । बसन्त सकिए पछी सारा फुल हरुले आत्महत्या गर्छन तर तिनै फुल हरुको चिहान बाट उम्रेको बुकी प्रत्यक उस्ण ग्रिष्महरु झेल्द्छ।चैते हुरी अनि हिउदे असिना हरु संग लडी रहन्छे।मलाइ लाग्छ बुकी फुल एक बिधवा हो जो संसार संग जुधी रहन्छे आफ्ना बचे खुचेका खुसिका खातिर ।बचे खुचेका आफ्ना सपनाका बगैचामा आशाका तरल पौष्टिक मिस्रित उर्जाले सिचाई गरि रहन्छे। यस कारण मलाइ बुकी मन पर्छ।’मिठो मुस्कान को पूर्ण बिराम सहित उ रोकीइ।मैले उसलाई आलिंगन गर्दै भनेको थिए ;
”मलाइ तिमि र बुकी फुल दुवै मन पर्छ।”

उसको गर्दन पछाडी का केश राशि हटाएर बुकी फुलले स्पर्श गरे।आखा चिम्लिएर उसले लामो सास तानी।स्वास छोड्दा उसले अस्पस्ट मेरो नाम पुकारी।उसको सरिर को पृष्ठ  भाग तिर बाट आलिंगन गरेर बुकी फुल को गुच्छा उसको कोमल हातमा थमाई दिए।
उ भन्छे,”भन यो बुकी फुल दिए वापत के चाहन्छौ?
”म भन्छु,”म तिमीलाई  चुम्न चाहन्छु।”
उ –“म तयार छु।”
म –“म आतुर छु।”
उ-“मेरो एक शर्त छ।”
म-“हर शर्त मन्जुर छ।”
उ-तिमीले मेरो पिडाहरु लाइ अनुभूत गर्न सक्नु पर्छ।पहिला मेरा घाउका डोब हरु चुम्न सक्नु पर्छ तिमीले।
म-“तिम्रो जो इक्षा,त्यसको लागि म के गरु?”
उ-'मेरो शरीर चिहाएर हेर, म प्रतिको तिम्रो प्रेम, भयङ्कर त्राश सहित मेटिन पनि सक्छ कुनै चिता को अन्तिम अस्तु झैँ।”
म-...मौन उ CEILING तर्फ पिठ्यु फर्काएर भुइमा लम्पसार परि।म किचनमा गैर धारिलो चुप्पी खोजेर ल्याए।उ भन्छे ,”तिमीले जे देख्नेछौ त्यसले म प्रति घृणा भाव उत्पन्न गराउन सक्छ तिमीलाई।”
म भन्छु ‘कुनै शर्त र अवस्थामा पनि त्यो हुने छैन।”
उसले मलाइ एक पल्ट निधारमा चुमी र यथा अवस्थामा मुर्तिवत बनि।उसको कम्मर नेर  चुप्पी छिराएर मैले बिस्तारै रेट्न थाले र उसको गर्दन तर्फ चुप्पी बढाउन थाले।उ आनन्द बिभोर भै रहेकी थिइ मानौ म उसको पिठ्युको चिलाइ मेट्दै छु।चिरिएको स्वेत गाउनललाई मैले बीचबाट च्यातेर चुटाइ दिए।हनुमान ले छाति चिरे  झैँ ।

उसको पिठ्यु भरि गहिरा घाउका सुकेका खत हरु थिए।कुनै ब्लेडले चिरेका जस्त, कुनै तातो बस्तुले डामेका जस्ता।म करुणाले द्रविभूत बनि उसको पिठ्यु सुम्सुम्याए।उस्ले भनि,”मेरो भुत पुर्व पतिको परिचयका सक्कली भग्नावसेशहरु कस्तो लाग्यो तिमीलाई?”म मौन थिए।तिम्रो कौतुहलता पूर्ण प्रश्न को जवाफ यहि हो।यस कारण म मेरो कानुनि पतिको मृत्युमा रोईन बरु हासे रमाए।दुनियाले मलाइ फेरी एकपल्ट पागल भन्यो तर म उसको मृत्युको उत्सब मनाए,आर्यघाटमा जलेको उसको चिता हेर्दै रोमान्चित बनेर।”
********************************************************************
      मैले उसका प्रत्यक घाउका खतहरु चुमे।करुनाका भाव आवेग हरुमा आखा भरि आशु भरेर धित मरुन्जेल चुमे।उसले कोल्टो फेरी।उसको मुटुको धड्कन सुन्न सक्थे म।उनको र मेरो दुरी यो भन्दा पहिला कहिल्यै मेटिएको थिएन।नको र मेरो स्वास कहिल्यै यसरि मिसिएको थिएन। यो मलाइ अत्यन्तै प्रीतिकर लाग्यो।

उनका २ स्तनका पिध हरुमा अर्ध चन्द्रआकारका २ भयानक खतहरु थिए र तेस मुनि नाभिस्थल वरि परि चुरोट निभाइएका गोल खत हरु थिए।“उसले कहिले म संग सम्भोग गरेन।प्रत्यक रात उसले मलाइ घाउ हरु दिन्थ्यो,रगत चाटथ्यो अनि कहिले काही फेरी मेरो नाभिस्थल वरी परी चुरोट ठोसेर निभाउथ्यो अनि सुँगुर झैँ घुरेर तृप्त निद पुरा गर्थ्यो।”उनले  येसो भन्दा मेरो पुरुष हुनको गर्व स्खलित भएर शिर झुकाई रहेको थिए।उ बोल्दै थिइ म सुन्दै थिए।तिमीले कहिलयै प्रतिकार गरिनौ?”मैले सोधेशुरु शुरुमा म रुन्थे,कराउथे र सक्दो प्रतिकार पनि गर्थे तर उसको मनमा दया माया र करुणा भन्ने कुनै चिज नै थिएन,हिउदमा खोला किनारको पत्थर जस्तो चिसो र कठोर मनमा कहिल्यै मेरो पिडा को कारण पग्लेन,अझ उसले परिवार देखि टोल छिमेक सम्म मलाइ पागलपनको समस्या भएको पर्चार बाजी गर्यो।तर जब दिन हरु बिस्तारै बित्दै गए मैले पिडा हरु त्यति नमीठा लागेनन।र बिस्तारै पिडाहरको प्रतिक्रिया गर्ने छोडे,मेरो पति त्यसदिन खुसि भएको थियो । त्यहि रात उसले मेरो स्तन मुनि चंद्रकारमा ब्लेडले चिर्यो र मेरो रगत्म्मे बक्ष हेर्दै कविता लेख्यो, त्येही कविता जुन तिम्रो अगाडी हासी रहेको छ।”भित्तामा एक हरफ कविता थियो।जुन यस प्रकार थियो।

“म तिमीलाई प्रेम गर्छुत्येसैले त अनवरत पिडा दिन्छु ...!!
मेरो दर्द हरु तिमीलाई उपहार
तिम्रो आशुमा म मुस्कुराउछु
मेरो मुस्कान तिमीलाई श्राप ...!!!
तिम्रा चित्कार मेरो सिम्फोनी!!!”


“जब म छाती पिटी पिटी रुन्थे उ सिगरेट सल्काएर पियानो बजाउथ्यो,मैले कहिल्यै नसुनेका बेसुरा आलापहरु।”
मैले भने,”म तिम्रो मुस्कान हरुमा गित लेख्न चाहन्छु।”
“अनि”
“हिउँ परेका बिहानी हरुमा धुपीको पारिलो सियालमा बसी ग्वाला हरुलाई बासुरी बजाउन लगाउछु।”“अनि”अनि ति धुनहरुमा त्येही गित सुसेलने छु।”उसले मलाइ अंकमाल गरि र भनि “त्यो गित को नाम के राख्ने छौ?“प्रतिक्ष्या!!”नशालु मुस्कान र मादक नजर सहित उ किचनकोठामा प्रवेश गरि।काठको सानो दराजका खापा खोलि,त्येहा बात old monk रुमको बोतल निकाली,अर्को दराजबाट  २ गिलास निकाली र भरि अनि  मन तातो पानि हालेर हाम्रो पेय तयार पारि।भाडा धुने सिंकको टेबलमा खुट्टा खपटाएर बसी र उद्घोष गरि।
“मेरो राक्षस पति को आत्मा अनवरत नर्क मै जाली रहोस!!! चियर्स ”
“चियर्स”

 *****************************************************************
मैले उसलाई उपहारस्वरूप तिन थरि फुल  दिएको थिए ।पहिलो सुकेको गुलाब,जसका पात हरुमा हरित कण कहिँ थिएनन,त्यसका पुस्प्दल मा कुनै चमक थिएन तै पनि त्यो कुरूप थिएन।अर्को गुलाबका डाठ बात मैले काँडा हरु खुर्किएको थिए र ठाउँ ठाउमा ब्यान्डेज गरेको थिए अनि तेस्रो थियो सेतो बुकी फुल, बिल्कुल कुनै नव बिबाहित बिधवा जस्तै।

यी तिन मध्य उसले एक छान्नु पर्ने थियो

 बिहान उसको घर बेटी मलाइ लाइ भभेट्न हाम्रो प्रिय स्थानमा आयो ।त्यस दिन उसले मलाइ हेरेर थुकेन न त कुनै अप्रिय शब्द बोल्यो।उसले नै भनेको थियो मलाइ प्रतिक्ष्याले  आत्महत्या गरि भनेर । उसको आत्महत्या पत्रमा उसले यो कदम आफ्नो जीवन देखि निराश भएर उठाएकी र यसमा कोहि कसैको दोष नभएको कुरा लेखेकी रहिछ।घरबेटी ले उसको लाशलाई अग्नि दिने प्रबन्ध गरेछ।

यति कुरा बताए पछी उसले मेरो हातमा  एउटा खाम थमाइदियो।जसमा पाउनेको नाममा मेरो नाम लेखिएको थियो।

आर्य घाट को त्यहि कुर्सीमा बसेर मैले उसको पत्र पढे,

*********************************************************************


प्रिय प्रेम!!
मलाइ थाह छ भोलि देखि तिम्रो फेरी त्येही पुरानो दिन दोहोरिने छ । मात्र म त्यहा हुने छैन तिम्रो समिप। तर तिमि संग अरु कोहि अवस्य हुनेछ किनकि आजकल कथाहरु धेरै छन् तर सुनिदिने र बुझीदिने तिम्रो जस्तो निस्वार्थ मन हुने हरु थोरै छन् ।तिमि संगको पहिलो भेट पछी मेरो जिबन लाई हेर्ने परिभाषा बदलियो ।तिमीले दिएका तिन फुल हरुले मलाइ फेरी आफ्नो जीवनका भोगाई हरुका समिक्ष्या गर्न बाध्य तुल्यायो ।    म त्यो सुकेको गुलाब पनि बन्न सकिन,जसले टिपिनु अघि बगैचालाइ नै सुन्दर पारे होला,भंवराहरुका पैतालामा टाँसिएका त्यस गुलाबका पराग कण हरु आउदो पुस्ताको लागि बसन्त ल्याउने सपना देखे होलान  तर मेरो भबिस्यमा भबिस्य नै छैन ।मेरो निरन्तरताको अन्त्यले न कुनै बसन्तलाइ कुत्कुत्याउछ न कुनै अघोरीको भोको पेट भर्दछ ।
दोश्रो काँडा ताछिएको गुलाब.....वाह... गुलाब को काँडा केवल एक देखावटी सुरक्ष्या कवच हो। काँडा को सुरक्ष्या घेरा बावजुद  कति गुलाब बचे होलान र निर्दयी फुलब्यापरीका हात बाट?एउटी आइमाईको सुरक्षाको ठेक्का उसको श्रीमान ले लिने गर्दछ तर कसलाई मतलब? कति श्रीमती हरु आफ्नै पतिका निर्दयी आकंछा बाट दिन रात बधशालाका चौपाया झैँ रेटिदै होलान?


त्यसैले गुलाबमा काँडा भएको देख्न चाहने हाम्रो अभिलाषा मात्र हो,गुलाब त बिना काँडा पनि सुन्दर नै हुन्छ जब मान्छेले काँडालाई बाहिस्कार गर्ने छ।
 यो प्रेम दिवसमा मैले सेतो बुकी रोजे !!!!

जादा जादै मैले तिम्रो घोर जिज्ञासाको चाबी अर्को खाम भित्र राखी दिएकी छु ।हेर्नु र बुझ्नु मैले किन तिमीलाई माया गरे र किन तिमि बाट हमेशा को लागि टाढा भए?
मेरो मृत्यु तिमीलाई प्रेम दिवश को उपहार!!!! नयाँ जीवन को शुभकामना तिमीलाई!

उही तिम्री प्रतिक्ष्या

**************************************************************************
म उसको मृत्युमा रुन पनि सकिन ,मुटुमा केवल गाँठो परि रह्यो।
लामो स्वास तानेर खाम भित्रको अर्को खाम खोले।मेरा मगजका गिर्खा हरु टंकीन थाले,खाम भित्र एउटा तस्विर थियो उसको पतिको/
र त्यो  अनुहार मेरो अनुहार संग दुरुस्त मिल्दथ्यो।

पारि प्रतिक्ष्याको  चिता जली रहेको थियो ।

                 **************
               ******************


दिनांक : ११/०४/२०१४

Popular Posts

डुंगा:(भाग एक )