साँझ
बिस्तारै धमिलो हुँदै छ। झ्याल नेर को मेचमा बसेको छ र उ लेखि रहेको छ एउटा कथा।कथा
बारे उ बिल्कुल जानकार छैन।उ देखि रहेको छ कथानै कथा आफ्नो वारी परि ।उ स्वयं पनि
एक पात्र हुन सक्छ उसले लेख्ने खोजेको कथाको।
उसले यस बारे नसचोको पनि हैन तर उसले
सोच्छ,
"के
लेखु म आफ्नो बारेमा।मेरो कथाले कसैलाई केहि उत्साह दिदैन।"कुनै रोमान्चक घटनाका शृंखलाले भरिएको छैन उसको
जिन्दगि।
हरेक
कदम कदममा ठेस लागि लागेको उ ।जिन्दगि संग गुनासै गुनासो छ उसको प्रश्नै प्रश्न
हरुले भरिएको छ उ ,तर
तिनको जिज्ञासा को चित्त बुझ्दो समाधान छैन ।यस्तै छ उ ।
प्रतिप्रश्न
गर्छ उ आफैलाई, “म किन लेखु आफ्नो कथा?
तर
अजिब त यो छ कि उ आफ्नो रित्तो जिन्दगि को कथा बाहेक अरु कसैको कथा लेख्न खोज्दै छ
जसलाई उ बिल्कुल जान्दैन तर प्रत्यक दिन उ उसलाई देखि रहेको छ,उसको भावना उसले बुझेको छ कि उसले
देखेको त्यो व्यक्ति के चाहन्छ?
त्यो
उसले देखि रहेको नगरपालिका कि सुत्केरी कुचिकार हुन सक्छे जो आफ्नो नवजात शिसुलाइ
सडक पेटीमा पल्टाएर पेट भर्ने जिनिसको
जोहो गरि रहेकी छे।
उ
हेरी रहेको को छ झ्याल बाहिर ,व्यस्त सडक गाडी हुरी कुदी रहेका छन्,सडक पेटी भरि हतार मान्छेका बथान कान मा हेडफोन लगाई "I wanna be a Billionaire।।।।"सुन्दै ओहोर दोहोर गरि रहेका छन्।
सडक
पेटी को एक छेउ नौटंकी भिकारी कलाकारिताले पैसा कमाउने मेसो गर्दै छ,उसकै एक छेउ पल्टी रहेको छ त्यो ७/८
दिनको दुधे बालक र छेउमा सडक सफा गर्दै छे उसकी आमा।
हो
उसले आफ्नो कथाको पहिलो पात्र चयन गर्छ,सुत्केरी कुचिकार!!
उठेर
उ पश्चिमी दिशा तर्फ लाग्छ हेर्छ उ तर्फ
फर्किएको क्यान्सर हस्पिटल को उजाड बगैचा।
बगैचा को मेचमा दुइ बिरामी छन्।एक
७०/७५ बर्षकी हजुरआमा अनि उसको काखमा पल्टी रहेकी छे ९ बर्षे किशोरी।
शायद
बुढी आइमाई कुनै पुरातन भाखा गुनगुनाउदै छे अनि किशोरी कल्पना गरि रहेकी छे उसले
नभोगेको एउटी आइमाई को हरियाली जिन्दगि।एउटा अधुरो जिन्दगीको किस्सा।।जुन कथाको
समापन पुर्व नै कलम र स्याही दानी रित्तिएका छन्।
उसलाई
थाह छ उ बिस्तारै मर्दै छे,
त्यो
पुरातन भाखा उसले यो भन्दा पहिला कहिल्यै
सुनेको थिएन।
त्यो सुनी रहू लाग्दो मिठो थियो ।
त्यो भाखामा जिन्दगि संग कुनै गुनासो थिएन।त्यसैले त्यो मिठो थियो।
त्यो
भाखामा कुनै पश्चाताप थिएन त्येसैले त्यो कर्णप्रिय थियो।
त्यो
भाखामा बाल्यकाल का स्मृति कुदिएका थिए।त्यो भाखामा किशोरीका सपना हरु रंगिएका थिए।एउटी
श्रीमतीका आकांछा र एउटी आमाको ममता सजिएको थियो।
उनको
भाखामा नाति नातिनीलाई सुनाउने लोरी र सुन्दर कथा हरु थिए जुन कथामा सत्य को सधै
जित हुन्थ्यो र कथाको अन्त्य सुन्दर हुन्थ्यो।
उनले
एउटी स्त्री का जीवन चक्रका सम्पूर्ण अध्याय पार गरेकी छिन ।।।एउटा कुकुनले पुतलीको
जीवन चक्र पुरा गरे झैँ।।
र
यहि पुरातन भाखामा छ निस्ठुर मृत्यु, जो कुनै बेला यी अध्याय हरुको अन्त गर्न
आतुर छ।
तर
बज्यै अझै गुनगुनाउदै छन्।
उ
कल्पना गर्छ,यति मिठो धुन शायद आज सम्म
गुन्गुनाइएको थिएन होला।
उ कल्पना गरेर भयभित हुन्छ,”आखिर कस्तो हुदो हो
कसैको जिन्दगि जब उसलाई थाह छ कि उ छिट्टै मर्दै छ।“
एक
छिन पछी चुरोट सल्काएर मेच मा बस्छ अनि आफैलाई भन्छ।
"के थाह जिन्दगि उत्सबजस्तो पो हुदो हो
कि?समयको मूल्य थाह हुदो हो र आफैलाई
लाग्दो हो कि म यो संसारको सबै भन्दा बहादुर मान्छे हू।"
बाहिर
सिमसिम पानि पर्न लागेको छ।
यो
कथाको प्रस्तोता,
मेरो
लेखक, खालि पानामा एक शब्द नलेखि बाहिरिन्छ।
किनकी
उसलाई केवल एउटा कथा लेख्नु छ ............................!!
पात्र
पाठक नै छानुन ।
........................................क्रमसः ........................................