मानश अदालत र नयाँ मान्छे

आज म आफ्नै अदालत को काठघरा मा ,कूख्यात् अपराधी जस्तै शिर झुकाएर ऊभिएकोछु . ईतिहासले  म बिरुद्ध मुद्दा हालेको छ मेरो स्वाभिमान को मानश अदालतमा । म पुलुक्क हेर्छु दर्शक दिर्घा  तर्फ । ईतिहासका पाना बाट फुत्त फुत्त हाम्फालेर  उपस्थित हुँदै छन मेरो मानस अदालतमा  नेपाल आमाको सान्ततिहरु ।त्यहा सबैको प्रतिनिधित्व छ ।सिँगो नेपाल उपस्थित छ त्यहाँ
सगरमाथा मलिन मुहार लगाएर थडिएको छ ,त्यहा बुद्ध  को आँखा रसाइरहेछ । शाहीद हरु पछुतो मान्दै रुदैछन बल भद्र र भिमसेन थापा हरु मलाई हेर्दै छन खाउला जस्तै गरेर। उनिहरु को आक्रोश्मा आगोको  झिल्का देखिन्छ।म त्रस्त आँखाहरु लिएर उभिएको छु । आफ्नै मानस  अदालतमा । एक कुनामा नेपाल आमा छिन  ।।दिर्घरोग्ले ग्रस्त।पिडाले थिलो थिलो बनेकि।पिडा सहन नसकेर रुदैछिन ।म  हेर्दैछु।
म घेरिएको छु  अनेकौ  जटिल प्रस्नहरू को बिचमा।
ईतिहास भन्छ ,"यस्ले मेरो  छाती भरी बद्नामी को कालो मसी ले घिनलाग्दा घटना हरु को अभिलेखिकरण गरेको छ ।मेरो गरिमाको स्वच्छ  आकाशमा राजनीति को फोहोर ले प्रदुशित गर्दैछ।मेरो नाम बेचेर दुनियाँ सामु घुडाँ  टेकेर  भिख  माग्दै हिंडेको छ”
शाहीद भन्छन्,"मेरो रगतको  मुल्य यती सस्तो बनाउन पाइदैन।हम्रो बलिदान  लाई यस्ले कहिलै सम्झेन।हम्रो रगतको देन लोकतन्त्रलाई यसले  मागी खाने भाडो बनायो।”
भिमसेन  थापा बल भद्र अमर सिंह थापा जस्ता नेपाल आमका  बहादुर छोरा हरु मेरो छाती मा टेकेर भन्छन,
“ त हाम्रो सन्तती हुनै सक्दैनस  ,तेरो कायरता देखेर घिन लाग्छ हामीलाई। प्रत्यक  मिनट सिमा अतिक्रमण भै रहेको छ,कसरी त चुप रह्न सक्छस्।के   हाम्रो रगतबाट  माटो को माया हराइ सक्यो??
हाम्रो नाम बेचेर बिदेसी को बन्दुक समात्ने आफ्नो माटो को लागि २ थोपा पसिना र रगत खर्चिन खुट्टा कमाउने। कायर छि !घीन  लगिरहेछ तलाई आफ्नो सन्तान भन्दा पनि।यो बीरभुमी लाई तैले भाडा को सिपाही जन्माउने देश बनाइस।

सगरमाथा रुदै भन्छ
“ मेरो नामलाई त यस्ले गुन्द्रुक भन्दा सस्तो बनाएको छ।म भन्दा  अग्लो त  यस्ले  तथ्याङकका नयाँ सिखर हरु  बनाएको छ। गारिबिको भ्रस्टचारको , भोक ,हडताल,बन्द र  आतंकको  नयाँ सिखर ।मलाई आजकाल चिन्नै छाडे सबैले।यी गनाउने सिखरहरु को अगाडि म होचो हुन पुगे।”

गौतम बुद्ध  भन्छन
"यो शान्तिभुमिलाई यस्ले हिँसाको रण्स्थल् बनायो  ।शान्ती  को मन्त्र गुंजेने यो पावन भुमिलाई मनबचित्कार र खुनको पोखरीमा परीणत गरायो”

नेपाल आमा रुदै भन्छिन।
"छोरा आज म आक्रन्त छु सैयौँ   रोगहरुले 
म रोगमुक्त भएर मुस्कुराउन चाहन्छु ।म यही चाहन्छुकी   तिमी मेरो उपचार गर।यी रोगका जरा हरु निकै गहिराछन्।तिन्लाई चिन र नस्ट गर
मेरो दुध्को भारा तिर बाबु।यो आमको अशुलाई पानी भन्दा सस्तो नबनाउ।
दुनियाँ ले आज मलाई  अशफल आमा भन्दै छ।मैले घर चलाउने छोरो पाउन सकिन रे।।बरु बाँझी भएको राम्रो रे।सबै हास्छन मलाई हेरेर।
म तिमीलाई आफ्नो पौरखमा रमेको देख्न चाहन्छु।
मेरो छाती भरी बिकासको सुंगाभा र स्वाभिमान को लाली गुरास फुलेको देख्न चाहन्छु।
म अरु धेरै दु:ख झेल्न सक्दिन छोरा।बिन्ती मलाई अली कती खुशी देउ। मैले हास्नै भुली सके।“

आमाको आँसु को साक्षी  बनेर उभिए म।।सबै जना आमालाई छाँद  हालेर रुन थाले।
रगत र आँशु को पोखरी मा म डुब्दै गए।मलाई उत्रन मन लागेन सतहमा ।जती म डुब्दै गए  त्यती मेरो आस्था को सिखर चुलिदै गयो।यस्तो लाग्न थाल्यो मेरो पुनर्जन्म हुँदै छ।म भित्रका बिकार हरु नस्ट हुँदै छन र म ब्यक्तीगत  स्वार्थदेखी टाढा     हुँदै छु।मेरो रगत का प्रत्यक कण्मा माटो को माया र स्वाभिमानको तेज सँचारित् हुँदैछ।आत्तीएर 
मैले आँखा चिम्म गरे।।लामो सास फेरे।फेरी आँखा खोल्दा मेरो मानस अदालत को कारबाही  सकिसकेको रहेछ।

नयाँ जोस र  जाँगर बोकेर म बहिर निस्के।नयदिन को शुरुवात गर्न।  दिन अनी मौसम दुबै   खराब  थियो
कुहिरो को काग झै हाराए म  आफुलाई खोज्दै। एकछिन अघिको  को नयाँ मान्छे मैले फेरी भेटाउन  सकिन।

अस्तु
12/11/2010
12.46 PM
अबु धाबी 
c

Comments