गजल एक प्रयास



बेग्लै मजा छ यहाँ जल्न पनि


रित्तिएको बोतल झै ढल्न पनि


मन को के कुरा यसै पनि बहकिन्छ


बेग्लै मजा छ सम्हाल्न पनि



बाँकी नै छ चढ्न बिप्लेटो सिखर

बेग्लै मजा छ यहाँ गल्न पनि


दिनको घाम झै छर्लङग छ नजर

बेग्लै मजा छ आँफैलाई छल्न पनि

बेग्लै मजा छ यहाँ जल्न पनि

रित्तिएको बोतल झै ढल्न पनि ।।

(
गजल एक प्रयास)

आबु धाबी

12/01/2011

१०:४५

Comments

  1. सबै रचनाहरु उत्कृष्ट लाग्यो,साहित्य लेखनको निरन्तरता को कामना त गर्नै पर्नेहुन्छ । कलम हमेशा ससक्त ढंगले अक्षर पोख्न वाध्य रहोस् है त mr.शिसिर .......

    ReplyDelete
  2. सर्बप्रथम नमस्कार सिसिर जी तपाईंले लेख्नु भयको रचनाहरु भावपूर्ण छन
    यसरिनै साहीत्य लेखहरु लाई नीरन्तरता को कामना..

    ReplyDelete

Post a Comment