पन्छी,सिमाना र सपना !!!

अवशादको तानपुरा माथिंगल टनकिने गरि बजिरहेछ ।मृत्युपश्चात बजाइने एकोहोरो संख ध्वनि जस्तै ।बार बार एउटा  कथा गुम्सिरहेको छ छाति भरि अनि आखाभरी यस कथाका पात्रहरु वृत चित्र झैँ घुमी रहेका छन् ।बस लेख्ने हिम्मत गर्न सकी रहेको छैन ।
म आखा बन्द गर्न चाहन्छु ।कान थुन्न चाहन्छु अनि अनुभव सुन्य भएर,प्रश्न सुन्य भएर एक क्षण बिताउन चाहन्छु ।तर यस कथा का पात्रहरु भुत झैँ मलाइ तर्साइ रहेछन अनि म भागि रहेछु। यस बाहेक केहि गर्न सक्दिन ।
आफ्नै एउटा कथाका पात्र हरु बाट लखेटिएको,तर्साइएको अनि रुवाइएको यो मेरो पहिलो अनुभव हो ।साच्चै मलाइ पछुतो लागि रहेको छ यो कथा को प्लट को कल्पना गरेकोमा। यो कोरा कल्पना र काल्पनिक पात्र हरुको अनुभुतीले पनि मलाइ रेटी रहेको छ ।नलाग्ने करौतिले नली हाड रेटे जस्तै ।
यो कथामा एउटी ८ बर्षकी केटी छिन । म आफै उनको नाम राखी दिएको छु  “तारा “
तारा को एउटा दाइ छ ।उसको नाम पनि म पनि आफै राखी दिन्छु “प्रकाश” ।

म आखा चिम्म गरि बसेको छु ,प्रकाश मसंग कुरा गर्न खोज्दै छ ।यस्तो लाग्छ कि उसलाई धेरै कुरा बाड्न छ म संग। उसको आकृति को कल्पना गर्छु म ।एउटा कलिलो माया लाग्दो किशोर ।


उ मलाइ डोर्याउदै छ उसको घर तिर ।म लाग्दै छु उसको पछि पछि।

उसको घर भित्र छु म ।यानी मेरो हँस वा भनौ मेरो मानस स्वरूप ।
रक्सीले मातेको एउटा पुरुष आफ्नी श्रीमती माथि अफ्नो पुरुस्त्व प्रदशन गरि रहेछ ।ति अबला रुदै छिन ।
यातनाका प्रयोग भइ रहेका छन् त्यहा ।तारा र प्रकाश सिरक भित्र लुकेर कान बन्द गरि रहेका छन् ।
सिरक बाहिर को संसार हिटलर को यातना गृह जस्तो लाग्दछ ।
लात र मुड्की अनि मुटु सेरिने अश्लिल गालिहरु पछि त्यो बहादुर पुरुस सिथिल हुन्छ र लाश झैँ पल्टिन्छ ।
प्रकाश र तारा लाइ छातीमा चेपेर ति आमा रुन्छिन। अवाज बाहिर केहि आउदैन घाटी तेजाबले पोलेझाई पोल्दो हो उनको ।आमाका सरीर भरि निलडाम सुम्सुमाउदै तारा आमाको छातीमा टासिन्छे ।

म हेर्न सक्दिन ।उफ्फ !!!

आखा खोल्छु म ।म अब आखा बन्द गर्ने हिम्मत गर्न सकिरहेको छैन ।

मलाइ लाग्छ म बौलाउछु । सिगरेट सल्काएर म कौच म ढल्किन्छु ।
धुवाका अमुर्त  आकृति भित्र मा देखि रहेछु ।
प्रकाश आफ्नो बाबाको चितामा आगो लगाउदै छ । उसको चेहेरामा कुनै दर्द छैन ।बाबु गुमाउनु को दर्द ।
उ पहिलो पल्ट मलाइ हेरेर मुस्कुरायो ।

मलाइ चिता जल्दा सन्तोक लागेको यो अनुभुती नौलो लाग्यो ।  कपाल मुडुलो बनाएर अर्धनंग्न पुत्र दाग बत्तिको अगुल्टो हातमा लिएर मुस्कुराई रहेको मानस चित्र पनि अजिब लाग्यो ।
“मान्छे लाइ सुख र दुख पनि सापेक्षिक हुदा रहेछन ।“आफैलाई भनेर म सन्तोक मान्छु ।

म आखा चिम्म गरि सिगरेट को कस लिइ रहेको छु ।
प्रकाश फेरी मलाइ उसको घर तिर तान्छ ,आनाकानी गरा गर्दै मेरो मानस स्वरूप उपस्थित बनि दिन्छ उसको घरमा ।मेरो कल्पना मेरो बसमा छैन ।म गुलाम छु मेरो कल्पना अनि यसमा खेली रहेका मान्छे हरुको ।

प्रकाश कि आमा साउदी जाने रे ।म कतै गुनगुन सुन्छु ।उनलाई आफ्ना छोरा छोरी को सुन्दर भबिस्यको निकै चिन्ता छ ।
घरेलु कामदार मा जाने रे ‘ “साउदी भनेर हुन्छ र घर भित्र को काम त घर भित्रकै हो नि!!”
कोहि ढाडस दिदै छ उनलाई ।
“घर भित्र चरा खस्ने गरि घाम चर्किदैना क्या रे,साउदी भनेर हुन्छ र ?? ‘”
अर्को मान्छे उनलाई बिस्वस्त पार्दै छ ।

उनि र एउटी अर्की गाउकै आइमाई साउदी जाने संकलप् गर्छन,उनि हरु दुवै को कथा ब्यथा एउटै छ ।
दुबैलाई आफ्ना सन्तानको भबिस्यको चिन्ता छ ।घर बारी बन्दक राखेर पासपोर्ट बनाए दलाल लाइ पैसा बुझाए अनि
साउदी उड्ने दिनको प्रतिक्ष्या हुन थाल्यो ।
त्यो दिन पनि आयो ।प्रकाश र तारा लाइ हजुर आमा को भर मा छोडेर आमा बाटो लागिन ।
“बैनीको ख्याल राखेस है म २ वर्ष पछि आउछु रंगिन टि.भी, साइकल अनि धेरै मिठाइ लिएर ।“
हिड्ने बेला प्रकाश लाइ सम्झाई उनले,उ रंगिन टि भी को कल्पना गरेर मस्त भयो ।तारा मिठाइ र साइकल सम्झेर रुन बिर्सी ।

चरा जस्तो जहाज चढेर उनीहरु कि आमा गईन ।

खरानी दानिमा चूरोट ठोसेर म केहि आनन्द बिभोर भए ।यस्तो लाग्यो अब सब ठिक छ ।कथा यहि नेर टुंग्याउनु पर्छ।

म आखा चिम्म गर्छु फेरी।मलाइ प्रकाश र तारा लाइ हेर्न मन लागि रहेछ ।

आज तारा को आखामा निद छैन। धेरै अबेर मात्र निदाएकी थिइ ,कति बेला भन्ने उसलाई नै पत्तो थिएन । उ आजकल दार्शनिक जस्तो कुरो गर्छे जो कोहि बुझ्न सक्दैनन सबैको  पिर यति मात्र हो कतै तारा बौलाउन त बौलाइन ?बिहानै राता आखा हरु लिएर उ झ्याल नेर  बसेकी छे ,र मूल बाटो तिर आखा गाडेर टोलाई रहेकी छे   ,मन अन्तै कतै उडी रहेको छ ,बेला बेला झ्याल बाहिर चिर्बिराउने चरा हरुले उसको सोचाइमा लगाम लगाउछ अनि उ झ्याल नेर आएर चरा हरु हेरेर मुस्कुराउछे ।ति भुर्रर उडेर जान्छन अनि उ फेरी मलिन हुन्छे ।


तारालाइ  चराहरु मन पर्छन।चरा हरु उडेको मन पर्छ ,चराहरु कुरा गरेको मन पर्छ ,चराहरु ले दाना टिपेको मन पर्छ ।सबै भन्दा मन पर्छ उसलाई चरा हरुको स्वतन्त्रता ।
उ प्रकाशलाइ  प्रश्न गर्छे,”हामी पनि चरा जस्तै उड्न पाए है दाइ ?”
प्रकाश केवल हासी दिन्छ उसको कुरामा मौन सहमति जनाउदै।
“त उड्न सक्ने भए कहा जन्थिस नि दाइ?”उ फेरी प्रश्न गर्छे ।
प्रकाश  केहि बेर गमेर जवाव फर्काउछ,”म त स्विजरल्याण्ड जान्थे !!अहा कति राम्रो ठाउ पो छ रे त्यो ।“
उसलाई प्रभाव पार्ने रवाफका साथ भन्छ उ ।
उसको बिचार बुझ्न भन्दा पहिला  तारा अफ्नो मन को कुरो भन्छे।
“म त साउदी अरब जान्थे दाइ ।“
प्रकाश  अवाक बनेर उभिन्छ । उ  सोध्न पनि चाहन्न उ किन साउदी जान चाहन्छे भनेर ।
उ फेरी भन्छे दाइलाई ,”आमालाइ सोध्न पाए नेपाल जान्थे भन्नु हुन्थ्यो होला है ?”
उसका गह भरि आशु भरिएका थिए,र प्रकाशको  आवाज गला भित्रै अड्किरह्यो। बिशाल पहाड मुनि दबिएको ज्वालामुखी को लावा जस्तै ।
आशु पुछ्दै उसले भनि,”हामी सप्पै चरा हुन पाए है दाइ ।“


दृश्य फेरी धमिलो हुन्छ म आखा चिम्म गरि रहेछु ।तारा को अन्तिम वाक्य कान मा गुन्जी रहेको छ ।
”हामी सप्पै चरा हुन पाए है दाइ ।“यो गुन्जन बिस्तारै बिलुप्त हुदै जान्छ मा कल्पना गर्छु मान्छे ले बनाएका सिमाना का धर्साहरु मेटिएको पृथ्वी । यो युटोपियन fever बाट म धेरै पहिला बाट ग्रस्त छु ।

म मात्र  सोच्दै छु यो कथा को सुखद अन्त्य,अनि सुरुवात एउटा सुन्दर संसारको ।म चाहन्छु कि उनीहरु कि आमा फर्केर नेपाल आउन अनि आफ्ना सन्तान हरु संग सुख दुख बाडेर जिन्दगि बिताउन ।हो मलाइ यस्तै लेख्न मन छ ।

तर यो कथाको अन्त्य मेरो बशमा  छैन ।
अखबार का पाना हरु पल्टाउनछु ।एउटा समाचार मा गएर आखा हरु टक्क रोकिन्छन।
“दुई नेपाली महिलाको शव साउदी अस्पतालमा वेवारिसे”समाचार भन्छ “त्यहाँका  परराष्ट्र मन्त्रालयले ती शव नेपाली महिलाको भएको पुष्टी गरे पनि उनीहरुको कागजात केही फेला  नपरेकोले नाम र ठेगाना खुल्न सकेको छैन ।“
समाचार पढ्दै गए ,अलि तल साउदी स्थित नेपाली राज्दुताबाश ले उद्दार गरि नेपाल फिर्ता पठाएका चेली हरुको तस्विरको लहर देखे ।हेर्दै गए हेर्दै गए तारा अनि प्रकाश कि आमा को तस्विर कतै देखिन ।
यो कथा को अन्त्य मेरो भाग मा थिएन,हुन्थ्यो त मैले प्रकाश र तारा लाइ रंगिन टिभी मा कार्टुन हेरी रहेको पाउथे अनि आँगन  मा साइकल गुडाई रहेको पाउथे ।अनि पिढी को डिल मा बसी मुस्कुराई रहेकी उनीहरु कि आमा ।
मेरो यो बिक्षिप्त मनोदसा नै मेरो सजाय हो । एउटा समाचार भित्रका शब्द हरु कसैका लागि केवल जानकारी मुलक शब्द हुन सक्छन तर कसैका लागि त्यो आशा अनि सपना को अन्त्य हुदो रहेछ ।कुनै गहिरो इनार मा गुन्जिरहेको कर्कश चित्कार जस्तो,जो कहिले बाहिर निस्किदैन ।
प्रकाश,तारा मलाइ माफ गर !! तिमि हरु मेरो कोरा काल्पनिक पात्रहरु हैनौ । मलाइ थाछा छ,तिमीहरु अझै तिम्री आमाको बाटो हेरी चरा हुने कल्पना गर्दै छौ !! म कल्पना मा तिमीहरु लाइ चरा बनाइ साउदी पठाउन सक्दिन न त  तिम्री आमाको दुखको दर्दनाक दृश्यहरु कुनै रंगिन टिभीमा देखाउन सक्छु। बस यति भन्न चाहन्छु तिम्री आमा एउटी असल आमा थिइन र तिनले एउटा सपना देखेकी थिइन जो कहिल्यै पुरा भएन ।


(परिवारको सुखद भबिस्य को सपना बोकेर आफ्नो जिन्दगिलाइ धराप मा हालेर जिन्दगीनै उत्सर्ग गर्ने सारा ज्ञात अज्ञात नारीहरु प्रति श्रद्धा सुमन जो गुमनाम छन्,बेवारिसे छन्,बेनाम छन्  तर वास्तवमै ती महान छन् !)