Posts

Showing posts from September, 2011

मामा घर स्मृति को कोलाज मा ..............

फेस बुक को वाल मा टासिएको एउटा फोटोले मेरो ध्यान खिची रहेको छ । फोटो एउटा सुन्दर ठाउको हो।म पुगेको ठाउ मैले प्रतक्ष्य अनुभूत गरेको बतास बहने ठाउ..जहाँ को बतासमा म गोठालो को बासुरी र विथोभेन को सिम्फोनी एकैपल्ट गुन्जेको आभाष पाउछु ।त्यहा सुन्दर हिमाल हरु पाखा भरि उम्रेका सुनगाभा हेरी लोभिन्छन ,गुरासँ को योवनमा पुलकित भइ क्षण क्षण पग्लिन्छन, यो ठाउ संग मेरो बाल्यकाल गासिएको छ,यहाँ को बर पिपल को चौतारा अनि पैयुका बुढा रुख हरु मेरो बाल्यकाल देखि का साक्षी हुन् .. फोटो हरु हेर्दै गए अनि मा हेर्दै फोटो विचरण गर्दै छु बर्खा माशको सिमसिमे जुम्रा पर्ने झरी मा रुझ्दै बाल सखा हरु संग मामा घरको आगनमा एक खुट्टे खेल्दै छु। मेरी माइजु भान्छा मा खाना बनाउदै हुन्हुन्छ, “नानी भित्र आउनु अब मामा आउने बेला भयो ,गालि गर्नु हुन्छ ....।“ माइजु भित्र बाटै मलाई बोलाउनुहुन्छ। “आए माइजु ....”माइजु लाइभन्न त भन्थे तर एक खुट्टे खेल्न बाट मलाइ फुर्सद कहाँ ? घास को डोको गोठ मा बिसाएर मेरो मामा आगन निर बिरालो छाल मा आइ पुग्नु हुन्थ्यो अनि मलाई पछाडी बाट समातेर बोक्नु हुन्थ्यो ..”तिम्लाई कैली... कति बेला बाट होला यो पानि मा …
Image