Posts

Showing posts from June, 2011

मन मृग तृष्णा

सिथिल मन जब सुस्ताउछ 
अविराम युद्ध को थकित साँझमा 
शब्द हरु बिस्तारै मेटिन्छन 
अनि मेटिन्छ म हुनु को अस्तित्व ..
यो भ्रामक अनि स्थूल  अस्तित्व को भारि बोकेर ..
जब म चढ्छु आफ्नै अभिमान को शिखर 
त्यहाँ म आफैलाई भेट्दिन ,
यसलाई चाहे  sweet illusion भन  वा मृग तृष्णा 
नियति यस्तै छ 
भिड मा हराएको मान्छे लाइ जस्तै 
म आफैलाई खोज्दै छु .....
तिमिले चिनेको म 
र मैले खोजेको म 
सपना र यथार्थ जस्तै  छन् 
बस्तु र छाँया जस्तै छन् 
यो छाँया को पर्दा भित्र लुकेको म
मेरो खोज को पहिलो अध्याय ..

यो पल बिती जाओस

Image
यो पल बिती जाओस यसमा सुन्यता बाहेक केहि छैन त्यसैले म कामना गर्छु यो प्रहर बिति जाओस ..
सिसिफस को नियतिजस्तै यो बासि जीवन, उकाली ओराली गर्छ मन जिबनका यामन भारि बोकेर घडी का सुइहरु संगको प्रतिस्प्रधा आफैसंग मलाई फुर्सद छैन ...
म चाहन्छु आउने पल नव विवाहित दुलही झैँ हजार सपना आखा मा सजाएर मेरो सामु उभियोस त्यो पलमा जड बनि उभिन चाहन्छु हिमाल  झैँ ..... जम्नु र पग्लनु सारा सारा स्वीकार्य छ मलाइ समय टक्क रोकियोस ... चाहे बितोस युगौ युग .... सारा सारा स्वीकार्य छ मलाइ
मेरो प्यारो पल म तिम्रो यादमा छु प्रतिक्ष्यामा छु ... बस यो पल बिती जाओस जहाँ तिमि छैनौ .....!!