Posts

Showing posts from May, 2012

देश,दर्शन र जेठ १४

राजनीति देश र जनता को हित लाइ केन्द्र मा राखेर गरिन्छ वा निश्चित दर्शन र सिद्धान्तमा जड बनेर त्यलाइ भरण पोषण गर्न  मा केन्द्रित रहन्छ ?? अहिले मुकुक जुन अनिर्णय को बन्दि बनेको छ,यो संग यो प्रश्नको निकै गहिरो सम्बन्धित छ/बिगत चार बर्ष देखि भइ आएका सहमति र असहमति का कारण हरुपनि यहि प्रश्न संग सम्बन्धित छ र नेपालि राजनीति को परिदृश्यमा हाम्रा राजनीतिक पार्टी अनि नेतृत्वहरु यो प्रश्नको केवल ओठे जवाफ दिन सक्छन तर वास्तविकता जो जनाताले अनुभुती गरे त्यो संग उनीहरु को जवाफ ले कुनै तुक राख्दैन/
हरेक पार्टीले अङ्गीकार गरेका आफ्ना आफ्ना दर्शन ,आदर्श अनि दृष्टिकोण छन्/तर आखिर यी दर्शन, आदर्श अनि दृष्टिकोणको के अर्थ जब यी सबै देश को सामुल स्वार्थ अनि जनताका समस्या हरु सम्बोधन गर्न सक्दैनन?सिद्धान्त को बिन बजाएर जनता नचाउने हरु अब कुन बिन बजाएर जनता नाचाउछौ ?

भोड्का vs श्रीमती (हास्ने हैन त ??)

एउटा जड्याह भट्टीमा रुदै पिउदै रहेछ
छेउमा बसेको अर्को जड्याहले सोधेछ "भाइ किन रोएको के भयो ?"
अनि रुने वाला ले भनेछ 'मैले भर्खर मेरो श्रीमतीलाई १ बोतल भोड्का संग साटे सधै को लागि !"
छेउ को जड्याह :ऐ श्रीमती को याद आएर रोको होला हैन ?
रुने वाला जड्याह भोड्का को अन्तिम चुस्की लिएर :"ओह्ह्ह हैन नि ,यो बोतल सकियो तर मेरो प्यास मेटिएन '
कास  फेरी साट्न सक्थे  !!!"

नंग टोक्ने बानि को इलाज (हाँस्ने हो कि )

दुइ जना एकदम  बुढी आइमाई हरु आफ्ना श्रीमान का कुरा गर्दै रहेछन ,
 एउटी ले भनिछिन :"मेरो श्रीमान को दात तोक्ने बानि ले मलाइ हैरान पार्छ !! दोस्री ले भनिछिन :म पनि पहिला निकै दिक्दार थिए तर अहिले चै ठिक छ !! पहिली ले सोधिछिन :"हो ???अनि कसरि बानि छुट्यो त मलाइ नि भन न ! दोस्री बुढी :आजकल म बुढा को नक्कली दात को सेट लुकाई दिन्छु अनि खाने बेला मा मात्र दिन्छु !!

गैदे ए रात ....!!

Image
शब्द /संगीत :शिशिर परियार
स्वर :नबिन बस्नेत

अन्योलता मा ................

Image

परदेश दुख्छ

Image

अन्तिम इक्ष्या

कुनै दिन , देशको निम्ति लड्दा लड्दै , वा जनताको निम्ति भिड्दा भिड्दै यो देश को माटो मेरो आलो रगतले भिजाएछु भने पहाड जस्तै मृत्यु लाइ आलिंगन गरेछु भने मेरो निम्ति एक अन्तिम उपकार गर्नु मेरो शालिक कहिल्यै  नबनाउनु कहिँ कतै नबनाउनु !!!

म चाहन्न निरिह बनि उभिएर तमाशा हेर्न  यो लाश हरुको बस्तीमा रमाई रहेका  भोका गिध्ह हरुको .. म मेरो बिचार छातीमा लिएर मरुला  स्वप्न ब्यापारी हरुले   सपनाको कालो बजारी गरेको मौसममा  मेरो सपना कमसल र सस्तो हुन सक्ला ,  मेरो सपना आखा हरुमै समाधिस्त गरुला, तर छाति फुलाएर उभिएको शालिक भित्र  धुजा धुजा भएको सपना लिएर ज्वाला बोकेका आखाहरु भित्र  आँशुको सुनामी लिएर  कसिएका मुट्ठी भित्र  लाचारीको कात्रो बोकेर  उ उभिन सक्दिन म हेर्न सक्दिन  म सुन्न सक्दिन ... 

मेरो साथि! बस यति उपकार गर्नु   सहिद को ट्याग ठोकेर  बिच बजार मा उपहासको पात्र  बनाइ  मलाइ कहिल्यै नउभ्याउनु  मेरो शालिक  कहिल्यै  नबनाउनु  कहिँ कतै नबनाउनु  आशा छ , मेरो अन्तिम इक्ष्या पुरा गर्ने छौ !!!

15/05/2012 आबु धाबी 

Image

दिप निभ्नु हुदैन !!!

छायादेखि दुर एक अमुर्त आकृति
बास्ना देखि दुर एक सुकेको फुल  ताराहरु  बिहिन एक अँध्यारो रात एक अधुरो कथा जसको सुखद समाप्ति पुर्ब  कलम को मसि सकिएको छ
 निभ्न लागेको धिपधिपे  दिप  अनि एक निरब रात  केवल एक  याद को तेल मा जली रहेछ जली रहेछ ,किनकि  एक अध्याय कथा अझै बाकि छ  चिन्ता नगर प्रिय  त्यो कथा मसीको साटो आसुले लेखौला तर कथा को  बिट मारिनु पर्छ
प्रेमिल उत्सब मनाइनु पर्छ
अनि प्यासा आत्मा हरु
एक झर्को झरीमा रुझाइनु पर्छ  तर  हुरी चल्नुअघि .......................!!!
दिप निभ्नुहुदैन !!!

मान्छे हराएको सुचाना !!!!

उ बिउझियो ।
त्यो अँध्यारो कोठाको झ्यालका कापहरु बाट घाम का किरण हरु भित्र प्रवेश गरि रहेका थिए । उसको टाउको एकदम भारि भैरहेको थियो ।“अह्ह्ह्!!!”दुवै हात ले टाउको थिचेर फेरी बिस्तारमा पल्टियो ।हातमा घडी पनि थिएन ,समयको अन्दाज गर्न मुस्किल थियो । उसको अहिले को चिन्ता भनेको उसको सिर दर्द थियो ।जसले उसलाई केहि सोच्न नसक्ने बनाएको थियो ।केहि सम्झे जस्तो गर्यो उसले रक्सि पनि पिएको याद छैन अनि लुगा हरु सुघ्यो रक्सिको गन्ध कहिँ थिएन ।बिस्तारै उठेर ढोका तिर बढ्यो उ अनि खोल्ने प्रयास गर्यो ।तर ढोका बाहिर बाट बन्द गरिएको थियो ।ढोका तान्दा बाहिर  ताल्चा ठोकिएको आवाज सुनियो ।उसले अड्कल काट्यो उसलाई कसैले कैद गरेको छ । उ आत्तियो झ्याल खोल्ने कोशिस गर्यो तर झ्याल हरु पनि बन्द थिए । हर कोशिस हरू असफल भैसके पछि उ त्येही खाट मा आएर बस्यो ।घुडामा कुइन हरु टेकाई उ टाउको हात लगाई बस्यो । खाट को छेउमा एउटा बासले बनाइएको सानो टेबल थियो । एक जग पानि अनि एउटा थाल थियो अखबार ले छोपिएको । अखबार पन्छाएर हेर्यो उसले ।त्येहा ५ ओटा जति सुक्खा रोटि अनि सानो कचौरामा आलु गोवि को सब्जी थियो ।जसमा कक्रोच घुम्दै थिए । खान चिसो थ…