Posts

Showing posts from March, 2013

“शुभ यात्रा !!!”

“ल त अब घर  पुगेर फोन गर्छु !!”
मेरो साथीले बिदाइ को हात हल्लाउदै बस मा सवार भयो ,मैले गर्हुँगो मन बनाएर उसलाई बिदा गरे ।
धेरै पल्ट हामीले एक अर्का लाइ बिदा गरेका छौ अनि धेरै पल्ट एक अर्कालाई लिन यहि बस पार्कमा उभिएका छौ ।
तर यसपाली मन गह्रुंगो छ ।नजाओस जस्तो लागि रहेको छ ।साच्चै साथि यात्रा नभएर कुनै लडाई मा जान लागेको अनुभुती भैरहेको छ मलाइ ।
बसपार्क कै पत्रिका स्टल मा आखा डुलाए ,रास्ट्रीय अखबार को समाचार कोलमा मा सडक दुर्घटना को समाचार छापिएको रहेछ ।मन अझ गर्हुँगो भयो ।अखबार बाट आखा हटाए !!बस गुडी सकेछ ।
दुर्घटना को त्यो समाचार ले वास्तवमै  मलाइ हल्लाई रहेको थियो ।
भरे राति साथिले सकुशल घर पुगेको खबर गर्यो अनि बल्ल म ढुक्क भएर निदाउन सके ।
यो अनुभव मेरो मात्र हैन ।बसपार्क मा होस् वा बिमान स्थलमा ।आफन्त र साथि हरुलाइ बिदा गर्न जाने र कोही आउने प्रतिक्ष्यामा उभिएका हर कोहि यो त्रास मा हल्लिएको पाउछु म।किनकि दुर्घटना हुनु र
यात्रु हरु को ज्यान जानु अखबार को लागि एउटा सस्तो समाचार बनि सकेको अवस्था छ ।
दुर्घटना हुनु यात्रु को ज्यान जानु .अनुसन्धान को नाम मा प्रतिबेदन बुझाउनु र फाइल बन…

प्रतिक्ष्या !!

हजारौ मिल को दुरी पार गरि
एक झोका बताश
स्पर्श गरोस मलाइ ...
जुन बताश तिम्रो केश को
मिठो सुबाश बोकेर आउदछ !!!

यी अनिदा रात हरु
बोकेर आओस तिनै तारा हरु
अनि बताओस
तिम्रा अनिदा रात हरुको कहानी !!

घडी घडी पल पल
शताब्दी जस्तै लम्बिएका छन्
या मेरो नाडी घडी का सूई हरु
थाकेर कतै निदाएका छन्
वा समय ठप्प छ .......!!!

पन्छी,सिमाना र सपना !!!

Image
अवशादको तानपुरा माथिंगल टनकिने गरि बजिरहेछ ।मृत्युपश्चात बजाइने एकोहोरो संख ध्वनि जस्तै ।बार बार एउटा  कथा गुम्सिरहेको छ छाति भरि अनि आखाभरी यस कथाका पात्रहरु वृत चित्र झैँ घुमी रहेका छन् ।बस लेख्ने हिम्मत गर्न सकी रहेको छैन ।
म आखा बन्द गर्न चाहन्छु ।कान थुन्न चाहन्छु अनि अनुभव सुन्य भएर,प्रश्न सुन्य भएर एक क्षण बिताउन चाहन्छु ।तर यस कथा का पात्रहरु भुत झैँ मलाइ तर्साइ रहेछन अनि म भागि रहेछु। यस बाहेक केहि गर्न सक्दिन ।
आफ्नै एउटा कथाका पात्र हरु बाट लखेटिएको,तर्साइएको अनि रुवाइएको यो मेरो पहिलो अनुभव हो ।साच्चै मलाइ पछुतो लागि रहेको छ यो कथा को प्लट को कल्पना गरेकोमा। यो कोरा कल्पना र काल्पनिक पात्र हरुको अनुभुतीले पनि मलाइ रेटी रहेको छ ।नलाग्ने करौतिले नली हाड रेटे जस्तै ।
यो कथामा एउटी ८ बर्षकी केटी छिन । म आफै उनको नाम राखी दिएको छु  “तारा “
तारा को एउटा दाइ छ ।उसको नाम पनि म पनि आफै राखी दिन्छु “प्रकाश” ।

म आखा चिम्म गरि बसेको छु ,प्रकाश मसंग कुरा गर्न खोज्दै छ ।यस्तो लाग्छ कि उसलाई धेरै कुरा बाड्न छ म संग। उसको आकृति को कल्पना गर्छु म ।एउटा कलिलो माया लाग्दो किशोर ।

बुख्याचां र सलह

Image
==================
त्यो बादल हैन जेठा !
जसले आकाश ढाक्दै छ
झरी/असिनाको डर नमान
चिमोटेर हेर त आफैलाई
कतै निदाएको त छैनौ ??
छैनौ भने मसाल तयार राख
त्यो त्यहि सलह को बगाल हो
जसले पोहोर साल
तिमीलाई एक छाकको जोहो हुन दिएन !!

बर्ष भरि एक छाक खाइ
जिम्मल बाजेको फाँट पसिनाले भिजाई
तिमी भोक नामको रोगको
संजीवनी क्याप्सुल फलाउछौ
युग साछी छ,
हड्डीको चन्दन घोटि
तिमीले के पाउछौ के गुमाउछौ!